१९७९ तेल सङ्कट
को भाग | |
मिति | १९७९ | –1980
---|---|
यो नामले पनि चिनिन्छ | दोश्रो तेल सङ्कट |
सन् १९७९ को तेल सङ्कट (अर्थात दोस्रो तेल सङ्कट) इरानी क्रान्ति पछि विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो। विश्वव्यापी तेल उत्पादनमा मात्र करिब ४% गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो। तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेलबाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरू पुनः देखा परे; जुन १९७३ तेल सङ्कटको समयमा प्रयोगमा आएका थिए।[२]
सन् १९८० मा इरान-इराक युद्ध भएपछि इरानले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकिएको थियो। संयुक्त राज्य अमेरिका र अन्य देशहरूमा आर्थिक मन्दी सुरु भएतापनि तेलको मुल्यमा सन् १९८० को दशकसम्म कुनै गिरावट आएको भने थिएन।
सन् १९८० पछि [[खाडी युद्ध]को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भएक थियो। जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो। सन् १९७३ तेल सङ्कटमा झैँ वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखिएको थियो। मेक्सिको, नाइजेरिया, र भेनेजुएला जस्ता तेल उत्पादक देशहरूले आफ्नो उत्पादन विस्तार गर्दा सोभियत सङ्घ विश्वको सबैभन्दा ठुलो उत्पादक बनेको थियो। सन् १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र नर्वेले ठूलो मात्रामा तेललाई सञ्चयगरि राखेको जस्तो देखिएको थियो।
इरान
[सम्पादन गर्नुहोस्]इरानको इस्लामिक क्रान्तिको समयमा ठुलो जनप्रदर्शन पछी, सन् १९७९ को पूर्वार्धमा इरानी राजा शाह, मोहमद रेजा पहलवी आफ्नो देश छाडेर भागे र आयोत्योल्ला खमेनी तत्काल इरानको नयाँ नेता बने । यो आन्दोलनले इरानको तेल क्षेत्रमा ठुलो झट्का दियो र तेलको उत्पादन र निर्यात शुन्यमा पुग्यो । १९७८ नोबेम्बर इरानको तेल प्रशोधन उद्योगका ३७,००० कामदारले बन्द गरे र तेल उत्पादन प्रति दिन ६०लाख ब्यारेलबाट १५ लाख ब्यारेलमा पिग्यो । [३] विदेशी कामदारहरु देश छाडेर भागे ।[४]
असर
[सम्पादन गर्नुहोस्]अन्य ओपेक राष्ट्र
[सम्पादन गर्नुहोस्]तेलको मुल्यमा वृद्धि अन्य ओपेक सदस्य राष्ट्रहरूलाई फाइदा पुग्यो र कीर्तिमानी नाफा बनाए । जब इरानको नयाँ सरकारले जब आफ्नो उतपादन र निर्यात सुचारु गर्यो तेलको मुल्यमा उतारचढाव आयो । साउदी अरब र अन्य ओपेक राष्ट्रले आफ्नो उत्पादन ४ % ले बढाए ।[७]
अमेरिका
[सम्पादन गर्नुहोस्]तेल सङ्कटले अमेरिकाले दोहोरो असर देखियो । अमेरिकाको कुनै भागमा तेलोको उत्पादन हुन्थ्यो बने कुनै भागमा तेल खपत हुन्थ्यो । रास्ट्रपति रिचार्ड निक्सनले आन्तरिक तेल नियन्त्रणको नीति ल्याए ।
अन्य तेल आयातकर्ता राष्ट्र
[सम्पादन गर्नुहोस्]१९७० को दशकमा तेल सङ्कट देखा परे पछि , औद्योगिक राष्ट्रले ओपेकको तेलमा निर्भरता कम गर्ने पाइला चाले । विद्युतीय सामग्रीहरु तेलबाट कोइला, प्राकृतिक ग्यास , र परमाणु उर्जातिर सर्यो । [८] ओपेकको बजार हिस्सा १९७९ मा ५० % पुग्यो भने १९८५ मा २९ % मा झर्यो ।[९]
यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Monthly Energy Review", U.S. Energy Information Administration, नोभेम्बर २०१५।
- ↑ "1970s: Education", National Association of Convenience Stores।
- ↑ "Another Crisis for the Shah", Time, १९७८-११-१३, अन्तिम पहुँच २००९-१२-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२३ मिति
- ↑ "1979: Shah of Iran flees into exile", BBC, १९७९-०१-१६, २९ अक्टोबर २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०५।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "OPEC Revenues Fact Sheet", US Energy Information Administration, जनवरी १०, २००६, मूलबाट जनवरी ७, २००८-मा सङ्ग्रहित।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "OPEC Revenues Fact Sheet", U.S. Energy Information Administration, जुन १४, २०१६, अन्तिम पहुँच अगस्ट २५, २०१६।
- ↑ "Oil Squeeze", Time, १९७९-०२-०५, ७ मार्च २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २००८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ७ मार्च २००८ मिति - ↑ ।
|title=
रितो (सहायता)|title=
অনুপস্থিত বা খালি (सहायता) - ↑ ।
|title=
रितो (सहायता)|title=
অনুপস্থিত বা খালি (सहायता)