इटहरी नगरपालिका
| इटहरी नगरपालिका | |||
| [[Image:{{{तस्वीर}}}|335px]] | |||
| स्थापना : | २०५३ साल मङ्सिर ११ गते | ||
|---|---|---|---|
| अञ्चल: | कोशी अञ्चल | ||
| जिल्ला: | सुनसरी जिल्ला | ||
| क्षेत्रफल: | ४३ स्॑ | ||
| जनसंख्या: | ४१,२१० | वडा संख्या: | ९ |
| भौगोलिक अवस्थिति: | तराई | ||
| मेयर: | ?? | ||
| टेलिफोन कोड: | ०२५ | ||
| वेबसाईट: | itahari.gov.np | ||
अत्यन्तै तिब्र गतीमा बिकसीत हुदै गइरहेको पूर्वी नेपालको यातयात केन्द्रबिन्दु इटहरी सुनसरी जिल्लामा पर्दछ। यो सहर् धरान शहरको दक्षीणमा रहेको विराटनगरबाट उत्तरमा रहेको छ। पूर्वाञ्चल नेपालको यातायात केन्द्र यो शहर अत्यन्त छिटो बढीरहेको छ। यहा अञ्चल यातायात कार्यलयका साथै केही इलाका स्तारीय कार्यलय मात्र छन। यो शहरमा झन्डै ७२ हजार मानिस बसोबास गर्दछन। सुनसरी जिल्लाका तीन नगरपालिकामध्ये कान्छो नगरपालिकाका रूपमा २०५३ साल मङ्सिर ११ गते गाउँ विकास समितिबाट नगरपालिकाका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिका घोषणा भएको हो, इटहरी नगरपालिका। यहाँ पहिलोपटक सर्वध्वज साँवा प्रमुख र रेवतीरमण भण्डारी उपप्रमुख हुनुहुन्थ्यो भने पछिल्लोपटक प्रमुख र उपप्रमुखमा क्रमशः स्वर्गीय गीतानिधि रायमाझी र नुरमहमद मियाँ हुनुहुन्थ्यो। रायमाझीलाई माओवादीले गोली हानी हत्या गरेका थिए। इटहरी नगरपालिका क्षेत्रमा २०४८ सालको जनगणनाअनुसार पुरूष २३ हजार ७० र महिला २३ हजार २ सय ७ गरी कुल ४६ हजार २ सय ७७ बासिन्दा छन्। नगरमा नौ वडा छन्। समुद्र सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाइ र कुल चार हजार १७७ हेक्टरमा फैलिएको इटहरी नगरक्षेत्रमा आवास तथा व्यापारिक क्षेत्र ३० हेक्टर जमीनमा फैलिएको छ।
विषयसूची |
मानिसहरू[सम्पादन गर्ने]
यहाँ नौ हजार ७९१ घरपरिवार बसोवास गर्दछन्। यस नगरमा विभिन्न जातजाति तथा धर्म-संस्कृतिका मानिसहरूको बसोवास रहेको छ। ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, मुसहर, मुसलमान, चौधरी तथा थारूको मुख्य बसोवास रहेको इटहरी नगरक्षेत्रमा मुख्य भाषाका रूपमा नेपाली, थारू, मैथिली, राई, लिम्बु, तामाङ, सुनुवार र नेवारी भाषा बोलिन्छ।
धार्मिक केन्द्र[सम्पादन गर्ने]
इटहरी नगरक्षेत्रमा कृष्ण प्रणामी मन्दिर, राधाकृष्ण मन्दिर, शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिरलगायत विभिन्न धार्मिक मठ, मन्दिर तथा देवस्थलहरू छन्। बडादसैं, भाइटीका, तीज, होली, श्रीकृष्ण जन्माष्टमी, बुद्ध पूणिर्मा, ल्होसार, छठ, रामनवमी, इद, बकरिद तथा रमजानलगायतका चाडपर्वहरू निर्धारित समयमा भव्य रूपमा मनाइने इटहरी नगरक्षेत्रको आफ्नै प्रकारको विशेषता छ।
नाम्[सम्पादन गर्ने]
पूर्वाञ्चलको सङ्गमस्थलका रूपमा महेन्द्र राजमार्ग खुलेपछि चर्चामा आएको इटहरी नगरको नामकरण यहाँका आदिवासी थारूहरूको बोलीचालीबाट भएको स्थानीय बुढापाकाहरू बताउँछन्। पहिलेदेखि नै यस ठाउँमा इट्टाको प्रयोग विभिन्न प्रयोजनका लागि गरिँदै आएको थियो भने राणाशासनकालको उत्तरार्धमा अपराधीलाई सजाय दिने नियतले इट्टा र काठ मिलाएर बनाएको 'तुरूङ' (खुट्टालाई चेपुवाभित्र राखेर सजाय दिने एक साधन) निर्माण गरिएको थियो। यहाँका आदिवासी थारूहरूको भाषामा इट्टालाई 'इट' र काठवाट बनेको तुरूङलाई 'हरि' भनिन्छ। यसरी 'इट' र 'हरि' मिलेर 'इटहरी' नाम रहन गएको यहाँका बुढापाकाको भनाइ छ।
मौसम्[सम्पादन गर्ने]
च्हिसो मौसम्मा ०.१॑ से र गर्मिमा ४२.३ ॑से सम्म हुन्च्ह| गाढा अक्षर
|
|||||