इटहरी नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इटहरी
इटहरी
—  नगरपालिका  —
आदर्श वाक्य: हरियो,शान्ति
इटहरी is located in नेपाल
इटहरी
नेपालमा रहेको इटहरी नगरपालिका
निर्देशांक: 26°40′N 87°17′E / 26.667, 87.283
देश  नेपाल
अञ्चल कोशी अञ्चल
जिल्ला सुनसरी जिल्ला
सरकार
 - प्रकार इटहरी नगरपालिका
क्षेत्रफल
 - जम्मा ८७.३३०१ किमी (३३.७ वर्ग मी)
जनसङ्ख्या (सन् २०११)
 - जम्मा ७४,५०१
 - जनघनत्व ८५३.१/किमी (२,२०९.५/वर्ग मी)
 - धर्मावलम्बी हिन्दू, बौद्ध
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड
टेलिफोन कोड ०२५
वेबसाइट itahari.gov.np

इटहरी सुनसरीमा पर्ने एउटा नगरपालिका हो । यो तिब्र गतिमा बिकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्रबिन्दु शहर हो । यो शहर धरान शहरको दक्षिणमा र बिराटनगरबाट उत्तरमा रहेको छ । यहाँ अञ्चल यातायात कार्यलयका साथै केही इलाका स्तरीय कार्यलयहरु छन । यो शहरमा झन्डै ७२ हजार मानिस बसोबास गर्दछन । सुनसरी जिल्लाका तीन नगरपालिकामध्ये कान्छो नगरपालिका, इटहरी नगरपालिकाका रूपमा २०५३ साल मङ्सिर ११ गते गाउँ विकास समितिबाट नगरपालिकाका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिका घोषणा भएको हो । यहाँ पहिलोपटक सर्वध्वज साँवा प्रमुख र रेवतीरमण भण्डारी उपप्रमुख भएका थिए भने पछिल्लोपटक प्रमुख र उपप्रमुखमा क्रमशः स्वर्गीय गीतानिधि रायमाझी र नुरमहमद मियाँ भएका थिए। रायमाझीलाई तत्कालिन समयमा माओवादीले गोली हानी हत्या गरेका थिए । इटहरी नगरपालिका क्षेत्रमा २०४८ सालको जनगणनाअनुसार पुरूष २३ हजार ७० र महिला २३ हजार २ सय ७ गरी कुल ४६ हजार २ सय ७७ बासिन्दा छन् । नगरमा नौ वडा छन् । समुद्र सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाइ र कुल चार हजार १७७ हेक्टरमा फैलिएको इटहरी नगरक्षेत्रमा आवास तथा व्यापारिक क्षेत्र ३० हेक्टर जमीनमा फैलिएको छ ।

मानिसहरू[सम्पादन गर्ने]

यहाँ नौ हजार ७९१ घरपरिवार बसोवास गर्दछन्। यस नगरमा विभिन्न जातजाति तथा धर्म-संस्कृतिका मानिसहरूको बसोवास रहेको छ । ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, मुसहर, मुसलमान, चौधरी तथा थारूको मुख्य बसोवास रहेको इटहरी नगरक्षेत्रमा मुख्य भाषाका रूपमा नेपाली, थारू, मैथिली, राई, लिम्बु, तामाङ, सुनुवार र नेवारी भाषा बोलिन्छ ।

धार्मिक केन्द्र[सम्पादन गर्ने]

इटहरी नगरक्षेत्रमा कृष्ण प्रणामी मन्दिर, राधाकृष्ण मन्दिर, मानवधर्म सेवा समिति, शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिरलगायत विभिन्न धार्मिक मठ, मन्दिर तथा देवस्थलहरू छन् । बडादसैं, भाइटीका, तीज, होली, श्रीकृष्ण जन्माष्टमी, बुद्ध पूणिर्मा, ल्होसार, छठ, रामनवमी, इद, बकरिद तथा रमजानलगायतका चाडपर्वहरू भव्य रूपमा मनाइने इटहरी नगरक्षेत्रको आफ्नै प्रकारको विशेषता छ ।

नाम[सम्पादन गर्ने]

पूर्वाञ्चलको सङ्गमस्थलका रूपमा महेन्द्र राजमार्ग खुलेपछि चर्चामा आएको इटहरी नगरको नामकरण यहाँका आदिवासी थारूहरूको बोलीचालीबाट भएको स्थानीय बुढापाकाहरू बताउँछन् । पहिलेदेखि नै यस ठाउँमा इट्टाको प्रयोग विभिन्न प्रयोजनका लागि गरिँदै आएको थियो भने राणाशासनकालको उत्तरार्धमा अपराधीलाई सजाय दिने नियतले इट्टा र काठ मिलाएर बनाएको 'तुरूङ' (खुट्टालाई चेपुवाभित्र राखेर सजाय दिने एक साधन) निर्माण गरिएको थियो । यहाँका आदिवासी थारूहरूको भाषामा इट्टालाई 'इट' र काठवाट बनेको तुरूङलाई 'हरि' भनिन्छ । यसरी 'इट' र 'हरि' मिलेर 'इटहरी' नाम रहन गएको यहाँका बुढापाकाको भनाइ छ ।

मौसम्[सम्पादन गर्ने]

चिसो मौसममा १०-१८ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ भने गर्मियाममा ३०-४२.३ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ ।