किराँती भाषा

नेपाली विकिपीडियाबाट
(किरांत भाषाहरु बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

किरांत भाषाहरू नेपालका प्रमुख भाषा परिवार मध्ये एक हो। यो भाषा परिवार अन्तर्गत लिम्बू भाषा तथा राई भाषाहरू पर्दछन्। कोही-कोही विद्वानहरू यो परिवार भित्र नेपाल भाषालाई पनि राख्न रुचाउँछन्।

पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा भनिन्छ। पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरेको समयको प्रमाणहरूलाई हेर्दा दोलखा, रामेछापसिन्धुली वल्लो किरातमा पर्छ भने सुनकोशी देखि अरुण नदीसम्मका भाग माँझ किरातमा पर्दछ। अरुणदेखि पूर्व मेची नदीसम्मको भूभाग लिम्बुवान भित्रपर्दछ। वेद, पुराण, रामायण, महाभारत आदिमा अनार्यहरू सवैलाई किराती समुदायभित्र समेटेको देखिन्छ। यसरी हेर्दा चिनियाँ, तिव्वती र नेपालका गुरुड,तामाङ, थकाली, शेर्पा, मगर आदि सवै किराती सम्प्रदायभित्र पर्दछन्। तर यी जातिहरूले आफूलाई किराती जातिको रूपमा स्विकार गर्दैनन्। किराती सम्प्रदायभित्र आफू परेको प्रष्टरूपमा स्वीकार गर्ने जातिहरू सुनुवार, राई, याक्खा र लिम्बू हुन्। वल्लो किरातमा भाषिक दृष्टिकोणले किराती विशेषता देखाउने भाषाहरूमा हायू र सुनुवार छन्। हायू रामेछाप र सिन्धुलीमा थोरै सख्याका वक्ताहरूले बोल्छन्। त्यसैगरि सुनुवार भाषा सुनकोशी वरिपरि सुनुवार जातिका मानिसहरूले बोल्दछन्। सुनुवार जस्तो हायुहरू आफूलाई प्रष्टरूपमा किराँती भन्दैनन्। तर उनीहरूको भाषाको वर्ण निर्माण, क्रियारूपावली र वाक्य सरचना हेर्दा उनीहरूको भाषाको नाता किराती भाषाहरूसँग भएको स्पष्ट हुन्छ। यो भाषामा अन्य किराती भाषाहरूमा नपाइने अघोष, कण्ठय उष्ण वर्ण पाइन्छ।

माझ किराँतको सुदुर पश्चिम ओखलढुङ्गा जिल्लामा उम्बुले वा वाम्बुले र बाहिड राई बोलिन्छ। उम्बुले राईमा अन्य किराती भाषाहरूमा नपाइने अन्तस्फोट द्वयोष्ठय वर्ण र अन्तस्फोट दन्त्य वर्ण पाइन्छ। उत्तर पश्चिम सोलुखुम्बु जिल्लामा खालिङ् र थुलुङ् बोलिन्छ। यी भाषाहरू टोनल हुन्। खोटाङ जिल्लाको उत्तर पश्चिममा नाच्छिरिङ्, दुमी आदि भाषाहरू बोलिन्छन्। यिनीहरू मध्ये दुमी ज्यादै कम त्यस्तामा पनि पाका वक्ताहरूले मात्र बोल्दछन्। खोटाङ जिल्लाकै दक्षिणी भागमा भने चाम्लिड र पुमा भाषा बोलिन्छ। करेन एवर्टका अनुसार चाम्लिड भाषामा अरू किराती भाषाहरूमा नपाइने दन्त्योष्ठय उष्णवर्ण पाइन्छ। भोजपुर जिल्लाको दक्षिण भाग र पूर्वी भागमा वान्तवा राई बोलिन्छ। यसबाहेक दुङ्माली राई, साङ्पाङ् राई, कुलुङ् राई पनि यो जिल्लामा बोलिन्छ।

पल्लो किरात वा लिम्बुवानको पश्चिम क्षेत्रमा छिन्ताड राई बोलिन्छ। वीच भागमा बेलहारे राई र आठपरे राई बोलिन्छ। छिन्ताङ् गाउँ विकास समिति र बेलहरा गाउँ विकास समितिमा बोलिने राई भाषा भएकाले यिनीहरूलाई क्रमशः छिन्ताड राई र बेलाहारे राई भाषा भनिएको हो। आठपरे राई सदरमुकाम वरिपरि र भिर गाउँ गाउँ विकास समितिमा बसोबास गर्दछन्। पूर्वतिर धनकुटा जिल्लाका केही भागहरू ताङ्खुवा, तेलिया, परेवादिन, मूर्तिढुङ्गा, हात्तिखर्क आदि गाउँ विकास समितिहरूमा र तेह्रथुम जिल्लाका सुदाप, ओख्रे, बसन्तपुर, हमर्जुड, पञ्चकन्या पोखरी जस्ता केही गाउँ विकास समितिहरूछत्थरे लिम्बू बोलिन्छ। फेदापे, पान्थरे र तमरखोले लिम्बुहरू तेह्रथुम, पाँचथरताप्लेजुङमा बोलिन्छ। उत्तर तर्फ सङ्खुवासभा जिल्लामा याम्फे, लोहोरुङ् र मेवाहाङ् भाषाहरू बोलिन्छ।

नेपालमा बोलिने किराती भाषाहरू क्रमशः लोप हुँदै जाँदैछन्। धनकुटा जिल्ला सदरमुकामबाट उत्तर तर्फ बोलिने मुगाली, फाङ्दुवाली र लुम्बा याक्खाहरू अहिले बोलिन छोडिएका छन्। आठपरिया, साम, बुङ्लाबा, मेवाहाङ्, तिल्लुङ् भाषाहरूका वक्ताहरू पनि ५०० भन्दा कमै सङ्ख्यामा देखिन्छन्। तुलनात्मकरूपमा राम्रो वक्ता सडख्या भएको चाम्लिड राई भाषाको स्थितिमा समेत चिन्ता व्यक्त गर्नु थालिएको छ। अहिलेसम्म भएका किराँती भाषाहरूमा वान्तवा राई र लिम्बू मात्र १ प्रतिशत भन्दा बढि मातृभाषीहरूले बोल्दछन्। यी भाषाहरूमा पाठ्य पुस्तक, सन्दर्भ सामाग्री, साहित्यिक रचना आदि लेखन भइरहेकेको छ र रेडियोमा समचार र गोरखापत्रमा लेखहरू आइरहेका छन्। यति हुँदाहुँदै पनि यी भाषाहरूको स्थिति पनि दिनानुदिन कमजोर हुँदै गइरहेको छ।

  • [१] भाषा/साहित्य समीक्षा, डा. गोविन्दबहादुर तुम्बाहाड, गोरखापत्र

किराँती भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो।

[सम्पादन गर्ने] सन्दर्भ सामग्री

[सम्पादन गर्ने] बाह्य सूत्र

भाषाहरूको ISO कोड

अथवा यो हेर्नुहोस्

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा