गया जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

गया जिल्ला भारतको झारखण्डबिहारको सिमाना र फाल्गु नदीको किनारामा बसेको गया बिहार प्रान्तको एक प्रमुख शहर हो। वाराणसी जस्तै गयाको प्रसिद्धी मुख्य रूपमा एक धार्मिक नगरीको रूपमा छ। पितृपक्षको अवसरमा यहाँ हजारौं श्रद्धालु पिण्डदानको लागि आउने गर्छन। नवनिर्मित गया अन्तरराष्ट्रिय हवाई अड्डा द्वारा यो थाईल्याण्ड सित पनि सीधै जोडिएको छ। गया देखि १७ किलोमीटरको दूरीमा बोधगया रहेको छ जुन बौद्ध तीर्थ स्थल हो र यहीं बोधी वृक्ष तल भगवान बुद्धलाई ज्ञानको प्राप्ति भएको थियो।

गया बिहारको महत्वपूर्ण तीर्थस्थानहरू मध्ये एक हो। यो शहर खासगरि हिन्दू तीर्थयात्रीहरूको लागि धेरै नै प्रसिद्ध छ। यहांको विष्णुपद मन्दिर पर्यटकहरूको बीच लोकप्रिय छ। किदवन्ती छ कि भगवान विष्णुको पगचिन्हको निशानमा यस मंदिरको निर्माण गराईएको छ। हिन्दू धर्ममा यस मंदिरलाई अहम स्थान प्राप्त छ। गया पितृदानको लागि पनि प्रसिद्ध छ। भनिएको छ यहाँ फाल्गु नदीको किनारमा पिण्डदान गर्दा मृत व्यक्तिलाई बैकुण्ठको प्राप्ति हुन्छ।

गया मध्य बिहारको एक महत्वपूर्ण शहर हो, जुन गङ्गाको सहायक नदी फाल्गुको पश्चिमी तटमा स्थित छ। यो बोधगया देखि १३ किलोमीटर उत्तर तथा राजधानी पटना देखि १०० किलोमीटर दक्षिणमा स्थित छ।

मौसम[सम्पादन गर्ने]

यहाँको मौसममा गर्मीको दिनहरूमा यहाँ धेरै गर्मी हुन्छ र जाडोको दिनहरूमा औसत जाडो हुन्छ तर वर्षा ऋतुमा यहांको दृश्य धेरै नै रोचक हुन्छ।

इतिहास[सम्पादन गर्ने]

गयाको उल्लेख महाकाव्य रामायणमा पनि पाइन्छ। गया मौर्य कालमा एक महत्वपूर्ण शहर थियो। उत्खननमा सम्राट अशोक सित संबंधित आदेश पत्र पाईएको छ। मध्यकालमा यो शहर मुगल सम्राटहरूको अधीन थियो। मुगलकालको पतन पछि गया माथि अनेकौँ छेत्री राजाहरूले शासन गर्‍यो। १७८७मा होल्कर वंशको साम्राज्ञी महारानी अहिल्याबाईले विष्णुपद मंदिरको पुनर्निर्माण गराएको थियो।