धवलागिरी अञ्चल

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

धवलागिरि अन्चल नेपाल को पश्चिमाअन्चल बिकाश क्षेत्रमा पर्दछ। यसमा पर्बत ,बाग्लुङ ,म्याग्दि र मुस्ताङ जिल्लाहरु रहेका छन् । धवलागिरि हिमाल को नामबाट यस अन्चल को नामाकरण गरिएको हो। धार्मिक तथा पर्यटकिय स्थानहरु प्रशस्त भएर पनि प्रचार-प्रसार को कमीले गर्दा पर्यटनको राम्रो बिकास हुन सकेको छैन । प्रसिध्द तिर्थ स्थल मुक्तिनाथ,बाग्लुङ कालिका भगवति मन्दिर लगायत का प्रशस्त धार्मिक तिर्थ स्थलहरु रहेका छन् भने पर्यटकिय क्षेत्रमा कालिगण्डकि नदिमा गरिने राफ्टीङ, मुस्ताङ पद यात्रा,म्याग्दिको तातो पानि क्षेत्र ,ढोरपाटन निकुन्ज लगायतका ठाउ छन। साथै प्रचार-प्रसार को कमी ले गर्दा पछाडि परेको पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारको छेउमा रहेको गुप्तेश्वर गुफा ( २ कि.मि. लामो)पनि पर्यटकिय तथा धार्मिक रुपले महत्वपुर्ण मानिन्छ । यि ४ जिल्ला मध्ये मुस्ताङ सबैभन्दा विकट जिल्ला हो । मुस्ताङलाई हिमाल पारिको जिल्ला को नामले पनि चिन्ने गरिन्छ । वृत्तचित्रमा गुप्तेश्वर गुफा '


गुप्तेश्वर गुफाभित्र जोगी बस्यो ध्यान जोगीजस्तै ध्यान बसे आउँथ्यो कि त ज्ञान ! गीतकार शान्तिनारायण श्रेष्ठ आफ्ना कतिपय गीतहरूमा गुप्तेश्वर गुफाको वर्णन गर्ने गर्छन् । कुश्मामा बसेर साहित्य, संस्कृति र समाज सेवामा निरन्तर जागिरहेका यी सत्तरी बर्षीय कविले पर्वत जिल्लालाई पर्यटकीय गन्तव्य बनाउन लोकसंस्कृति र प्राकृतिक दृश्यहरूलाई आफ्ना साहित्यिक कृतिमा पनि उत्तिकै स्थान दिएका छन् । तर, यसपटक भने उनले सदरमुकाम कुश्माको गुप्तेश्वर गुफालाई वृत्तचित्रमै उतार्ने कामको नेतृत्व गरेका छन् । जिल्ला विकास समितिको आर्थिक सहयोगमा निर्मित वृत्तचित्रको लेखन र निर्देशन साहित्यकार श्रेष्ठले नै गरेका हुन् । वृत्तचित्रबाट पर्यटकलाई आकर्षण गर्न जिल्लामा रहेका लघुउद्यम, व्यापारिक क्षेत्र र अन्य पर्यटकीय स्थलसमेत समेटिएका छन् पर्वतमा गुप्तेश्वर गुफा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गुफाको गेटसम्म रमाउँदै पुग्छन् । तर, त्यहाँ पुगेपछि भित्री भागसम्म सबै नपुगेका हुन सक्छन् । गुफा ठूलो र धेरै लामो भएकाले र अँध्यारोमा जान गाह्रो पनि हुने भएकाले एक्लै आउने पर्यटक गुफाको भित्री भागसम्म नपुगेका हुन सक्छन् । गुफाको भित्रसम्म नपुगेका र एकपटक गुफा हेर्न चाहनेका लागि अब वृत्तचित्रले सघाउनेछ । उनीहरूले वृत्तचित्रमार्फत गुफाको जानकारी मात्रै होइन, अवलोकनसमेत गर्न पाउने भएका छन् ।

प्राकृतिक दृष्टिले अनौठो र पुरातात्त्विक महत्त्वसमेत रहन सक्ने गुप्तेश्वर गुफालाई स्थानीयवासीले धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न चाहेका छन् । वि.स. १९९१ मा स्थानीय रत्नबहादुर कार्की, दलबहादुर राना, रूपनारायण श्रेष्ठ, सर्वजित खत्री र श्यामप्रसाद जोशीलेयो गुफा फेला पारेका थिए । गुफा पाँच सय ८७ मिटर लम्बाइको छ । मोदीखोला र कालीगण्डकीको दोभान माथि रहेको कुश्माबजार आफैमा सुन्दर स्थान हो भने यसको पश्चिमतिर कालीगण्डकी किनारभन्दा थोरै माथि रहेको गुप्तेश्वर गुफाले पर्यटकलाई अझ बढी आकर्षण गरिरहेको छ ।

गुप्तेश्वर गुफाको यही महत्त्वलाई उद्घाटन गर्दै पर्यटन प्रर्वद्धन गर्न जिल्ला विकास समितिले यो वृत्तचित्र तयार पारेको हो । पर्वतको सदरमुकाम कुश्मा बजारदेखि पाँच सय मिटरको दूरीमा रहेको यस गुफालाई प्रचारमा ल्याएर आन्तरिक तथा बाह्य पर्यटकद्वारा अवलोकन गराउनु वृत्तचित्रको उद्देश्य हो । सार्वजनिक भएको एक साता नबित्दै पर्वतसँगैका छिमेकी जिल्ला बाग्लुङ, कास्की (पोखरा)लगायतका पर्यटकीय महत्त्व बोकेका स्थानमा यसको प्रदर्शन भइसकेको छ । ३० मिनेट लामो वृत्तचित्र अन्य जिल्लाका स्थानीय टेलिभिजन केबुलहरूबाट पनि प्रदर्शन गरिँदै आएको छ ।

वृत्तचित्रमा गुफाका विभिन्न आकर्षणहरू र छिमेकी सहर पोखरालाई समेत समेटिएको छ । पोखरादेखि गुफासम्म आउने बाटो पनि समावेश गरिएको छ । वृत्तचित्रको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न जिल्लामा रहेका लघुउद्यम, व्यापारिक क्षेत्र र अन्य पर्यटकीय स्थलसमेत समेटिएको छ । वृत्तचित्रमा मुलुकभरिमै उचाइमा पहिलो र लम्बाइमा दोस्रो निर्माणाधीन झोलुंगे पुलको दृश्यसँगै मोदी-बेनीको संगमस्थल र कुश्मा बजारको दृश्य समावेश गरिएको छ । गुफाभित्र भएका विभिन्न देव-देवालयका आकृति, ताल-तलैयासमेत वृत्तचित्रमा छन् ।

जिल्लाको पर्यटन प्रवर्द्धन र प्राकृतिक तथा ऐतिहासिक स्थलको संरक्षणमा सहयोग पुगोस् भनेर जिल्लामा आउने राजनीतिक केन्द्रीय नेताहरूलाई स्थानीयवासीले गुफाको अवलोकन गराउने गर्छन् । तर, केही सहयोग पाएनन् पर्वतवासीले । 'गुफा अवलोकनपश्चात् धेरै आश्वासन सबैले दिने गरेका छन्,' वृत्तचित्रका निर्देशक तथा साहित्यकार शान्तिनारायण श्रेष्ठले भने, 'तर, सहयोग कतैबाट पनि मिलेको छैन ।'

गुप्तेश्वर गुफाको संरक्षणका लागि वि.स. २०४३ मा गुप्तेश्वर विकास समिति गठन गरिएको थियो । हाल गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले गुफाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्दै आएको छ । संस्था अन्तर्गत वेदवेदांग संस्कृत पाठशालासमेत सञ्चालनमा छ । पाठशालामा ३० जनाभन्दा बढी विद्यार्थी संस्कृत शिक्षा लिँदै आएका छन् । संरक्षण र ऐतिहासिक महत्त्वको गुफा जिल्लामा आउने आगन्तुक तथा पर्यटकको समेत आकर्षणचाहिँ बनिरहेको छ ।

स्रोत :- 2009-04-16 को नया पत्रिका बाट साभार गरिएको