भारतीय प्राविधिक संस्थान
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
भारतीय प्राविधिक संस्थान अर्थात आई आई टी (इंडियन इंस्टीट्यूट्स आफ़ टेक्नालजी) भारतको ७ स्वायत्त प्राविधिक शिक्षा संस्थान हो। यो संस्थान भारत सरकार द्वारा स्थापित गरिएको "राष्ट्रीय महत्वको संस्थान" हो। ईसवी सन २००६को अनुमान अनुसार सबै आई आई टी जोडेर हेर्दा १७,००० पूर्व-स्नातक तथा १३,००० स्नातक छात्र छन्। आई आई टीको वर्तमान तथा पूर्व विद्यार्थीलाई आईआईटियन भनिन्छ। भारतमा पन्द्र आई आई टी छन :
- आई आई टी दिल्ली, दिल्ली
- आई आई टी मुंबई, महाराष्ट्र
- आई आई टी चेन्नई, तमिलनाडु
- आई आई टी कानपुर, उत्तर प्रदेश
- आई आई टी खडगपुर, पश्चिम बंगाल
- आई आई टी रुड़की, उत्तराखण्ड
- आई आई टी गुवाहाटी, असम
- आई आई टी हैदराबाद, आन्ध्र प्रदेश
- आई आई टी रोपड, पंजाब
- आई आई टी गांधीनगर, गुजरात
- आई आई टी भुवनेश्वर, उड़ीसा
- आई आई टी पटना, बिहार
- आई आई टी जोधपुर, राजस्थान
- आई आई टी इन्दौर, मध्य प्रदेश
- आई आई टी मण्डी, हिमाचल प्रदेश
विषयसूची |
[सम्पादन गर्ने] इतिहास
भारतीय प्राविधिक संस्थानहरूको स्थापनाको इतिहास ईसवी सन १९४६ पुग्छ जब जोगेंद्र सिंहले भारतमा उच्च शिक्षाको संस्थानको स्थापनाको लगी एक समिति गठन गरे। नलिनी रंजन सरकारको अध्यक्षतामा गठित समितिले भारत भरीमा यस्तो संस्थानहरूको गठनको सिफ़ारिश गरे। यि सिफ़ारिसहरूलाई ध्यानमा राख्दै पहिलो भारतीय प्राविधिक संस्थानको स्थापना कलकत्ताको नजीक स्थित खडगपुरमा १९५०मा भयो। शुरुआतमा यो संस्थान हिजली कारावासमा अवस्थित थियो। १५ सेप्टेम्बर १९५६मा भारतको संसदले "भारतीय प्राविधिक संस्थान ऐन" लाई मन्जुरी दिदै आई आई टी लाई "राष्ट्रीय महत्वको संस्थान" घोषित गरिदियो।
यसै सिलसिलामा अन्य आई आई टीको स्थापना मुम्बई (१९५८), मद्रास (१९५९), कानपुर (१९५९), तथा नयाँ दिल्ली (१९६१)मा भयो। असममा छात्र आन्दोलन चन्दै गर्दा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले असममा पनि एक आई आई टीको स्थापनाको वचन दिए जिसके परिणामस्वरूप १९९४मा गुवाहाटीमा आई आई टी की स्थापना भयो। सन २००१मा रुड़की स्थित रुड़की विश्वविद्यालय लाई पनि आई आई टीको दर्जा दिईयो।
[सम्पादन गर्ने] आई आई टीको महत्व
आई आई टीमा शिक्षित ईन्जिनियर तथा शोधार्थिहरूको चिन्हारी पुरै भारत, र केही हदसम्म, अमेरिकामा पनि छ। यद्यपि, यो परिचय मुख्यतः ती ईन्जिनियरहरूसँग छ जसले यहाँबाट बी टेक की डिग्री लिएका छन्। आई आई टीको प्रसिद्धीको कारण, भारतमा ईन्जिनियरको पढन इच्छुक प्रत्येक विद्यार्थी यि संस्थानहरूमा प्रवेश पाउने 'महत्वाकांक्षा' राख्दछन। यि संस्थानहरूमा स्नातक स्तरको पढाईमा प्रवेश एक संयुक्त प्रवेश परीक्षा (JEE)को आधारमा हुदछ। यो परीक्षा धेरै कठिन मानिन्छ र यसको तैयारी गराउनको लागि देश भरमा हजारौ 'कोचिंग क्लासेस्' चलाईएको छ। आई आई टी तन्त्रको कहिले कहि आलोचना गरिन्छ कि भारतको गरीब जनताको पैसामा यसमा पढेर आएकाहरू पैसा कमाउने लालचमा देश छोडेर यूएसए वा अरु कुनै देशमा जान्छन, जसको कारण यसबाट भारतलाई अपेक्षित लाभ प्राप्त हुदैन।
[सम्पादन गर्ने] बाहिरी कडिहरू
- प्राविधिकको क्षेत्रमा केन्द्रिय संस्थाहरु :भारतीय प्राविधिक संस्थानहरु (IITs)
- आई आई टी कानपुर
- आई आई टी दिल्ली
- आई आई टी रुड़की
- आई आई टी मुंबई
- आई आई टी गुवाहाटी
- आई आई टी खड़गपुर
- आई आई टी चेन्नई
- आई आई टी हैदराबाद
- आई आई टी रोपड़
[सम्पादन गर्ने] समाचार
- आईआईटी-आईआईएमको फ्याकल्टीमा दम छैन, छात्रहरुको भरोसामा छ यिनीहरुको नाम : जयराम रमेश
- आईआईएम र आईआईटी ले भारत लाई बर्बाद गरे
ढाँचा:भारतीय प्राविधिक संस्थान