सगरमाथा अञ्चल
स्वरूप
सगरमाथा अञ्चल | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | पूर्वाञ्चल विकास क्षेत्र |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सगरमाथा अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो।[१] खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी र सिराहा गरी छ जिल्लाहरू मिलेर बनेको थियो। यसमा हिमालयका पर्वत जिल्लाहरू (विश्वको सर्वोच्च शिखर सगरमाथा सहित) उत्तरमा, पहाडी जिल्लाहरू र दक्षिणमा तराईका उपत्यका जिल्लाहरू पर्दछन्। यस जिल्लाको उत्तरमा चीन, दक्षिणमा भारत, पूर्वमा कोशी अञ्चल र पश्चिममा जनकपुर अञ्चल पर्दछन्।
प्रशासनिक उपविभाजन
[सम्पादन गर्नुहोस्]सगरमाथा अञ्चललाई छवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी यसका उत्तरी भागमा पर्ने जिल्लाहरूलाई कोशी प्रदेश र दक्षिणी भागमा पर्ने जिल्लाहरूलाई मधेश प्रदेश मा समावेश गरिएको थियो।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
खोटाङ | पहाड | दिक्तेल | कोशी प्रदेश |
ओखलढुङ्गा | पहाड | सिद्धिचरण | |
सोलुखुम्बु | हिमाल | सल्लेरी | |
उदयपुर | तराई | त्रियुगा | |
सप्तरी | तराई | राजविराज | मधेश प्रदेश |
सिराहा | तराई | सिराहा |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू