धनचौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनचौर
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लाअर्घाखाँची
जनसङ्ख्या
 (1991)
 • जम्मा३९९२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

धनचौर नेपालको पश्चिमाञ्चल विकास क्षेत्र लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला जिल्लाको एक गाँउ विकास समिति हो। धनचौर गाविस सन्धिखर्क नगरपालिका देखि करीव (मोटरबाटोको हिसावले) २० किलोमिटर पश्चिम-दिक्षिणमा पर्दछ। यो गाबिस भरमा १ उच्च मावि २ निमावि ५ प्रावि गरी जम्मा ८ विद्दालय छन्। समथर बारीहरू रहेको यो ठाउँमा मकै गहुँ कोदो फापर जस्दा खाद्दानबालीहरू लगाइन्छ। प्रयाप्त चौरको व्यवस्था भएको यो ठाउँ उच्च स्थानमा रहेको छ। तल्लो स्थान छिर्लिङ खोलादेखि माथिल्लो स्थान मशिनेको लेख सम्म रहेको छ। यहाँ विभिन्न गाउँहरू रहेका छन् जसमा क्रमश: वडा नं१ बुढिचौर पुत्के, २ हल्दे, ३ सेङलेङ , ४ आरिचौर, ५ टोड्के, ६ धनचौर, ७ डडुवा, ८ तल्लो पाकु, ९ उपल्लो पाकु। विजया दशमीको तेश्रो दिन तिरादशीका दिन पाकुको देउरालीमा सराँय खेलिन्छ। पुरुषमात्र सरायँ खेलिन्छ भन्ने रुढिवादी सोचलाई परिवर्तन गर्दै पहिलोचोटी सरायँमा महिला सहभागिता भएको सम्भवत: पहिलो मन्दिर हो। यहाँ सो दिन विहान ९ बजेदेखि साझ ६ बजेसम्म निरन्तर सरायँ खेल्दै पँधेरोमा लगि सेलाईन्छ।यस गाबिसको वडा न ३ सेङलेङ डाडाबाट तराइको समथर भुमी र बिभीन्न हिमालहरूको अबलोकन गर्न सकिनछ । यस गा वि समा वर्ड लिंकको इन्टरनेट टावर समेत रहेको छ ।

गाविसको जनसङ्ख्या २०६८[सम्पादन गर्नुहोस्]

घरधुरी:८५६, महिला:२१८१, पुरुष:१६२३, कूल जम्मा:३८०४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]