सामग्रीमा जानुहोस्

दमननाथ ढुङ्गाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दमननाथ ढुङ्गाना
प्रतिनिधि सभाका दोस्रो सभामुख
कार्यकाल
वि.सं. २०४७ – वि.सं. २०५०
एकाधिपतिराजा वीरेन्द्र
प्रधानमन्त्रीकृष्णप्रसाद भट्टराई
उतराधिकारीरामचन्द्र पौडेल
निर्वाचन क्षेत्रकाठमाडौँ २
व्यक्तिगत विवरण
जन्म१९९८ माघ २
मृत्यु२०८१ मङ्सिर २
बानेश्वर, काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली काङ्ग्रेस
जीवन साथीभुवन ढुङ्गाना

दमननाथ ढुङ्गाना (२००३ जेठ ३ - २०८१ मङ्सिर २) एक नेपाली राजनीतिज्ञ र प्रतिनिधि सभाका सभामुख थिए। उनले २०५९ देखि २०६४ सम्म नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।[] वि.सं. २०४६ मा संवैधानिक राजसंस्था स्थापना भएपछि पहिलो सभामुखका रूपमा उनले निर्वाह गरेको भूमिका उदाहरणीय मानिन्छ। उनी २३ वर्षको अन्तरालपछि २०७४ सालमा सक्रिय राजनीतिमा फर्किएका थिए।

उनले वि.सं २०२८ सालमा सर्वोच्च अदालत बार एशोसिएशनको महासचिवको रूपमा पनि काम गरेका थिए। उनी २०४६ मा जनवादी क्रान्तिपछि पहिलो सदनका सभामुख थिए।[] ढुङ्गानाले सदनको सभामुखको रूपमा आफ्नो भूमिकामा, सामान्य अन्तर्राष्ट्रिय अभ्यास अनुसार, प्रधानमन्त्रीबाट सम्बोधन गर्नु अघि विपक्षी नेतालाई संसदलाई सम्बोधन गर्न अनुमति दिने नजिर स्थापित गरेको मानिन्छ।[] उनलाई एक गैर-पक्षपातपूर्ण सभामुखको रूपमा चिनिन्छ।

आम निर्वाचन २०५१मा पराजित भएपछि उनले दलीय राजनीतिबाट सन्यास लिएका थिए र नागरिक समाजको सदस्यको रूपमा ख्याति कमाएका थिए। शान्ति प्रक्रियाको क्रममा पद्मरत्न तुलाधर सहित ढुङ्गाना तत्कालीन सरकार र नेकपा माओवादीबीच एक महत्वपूर्ण सहजकर्ता र मध्यस्थकर्ता थिए।[] उनी नेपालको शान्ति प्रक्रियाको पर्यवेक्षक, वार्ताकार र सल्लाहकार थिए। उनी नेपाली काङ्ग्रेसमा आबद्ध भए पनि शान्ति प्रक्रियाका बेला उनी माओवादीसँग 'धेरै नजिक' रहेको बताइन्छ। बि.सं. २०६४ मा, उनले सबै पार्टीमा शान्ति पक्षधरहरूलाई बलियो बनाउन एक उच्च-स्तरीय समिति गठन गर्ने प्रस्ताव गरेका थिए, जुन प्रस्तावलाई पछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले अनुमोदन गरेका थिए।[]

बि.सं. २०७४ मा उनले २३ वर्षको अन्तरालपछि सक्रिय राजनीतिमा आश्चर्यजनक पुनरागमन गरेका थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ मा नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवार महेश बस्नेतविरुद्ध नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए तर उनी पराजित भएका थिए।[]

उनको निधन २०८१ मङ्सिर २ गते बानेश्वर, काठमाडौँमा भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पूर्वसभामुख दमननाथ ढुंगानाको निधन", अन्नपूर्ण पोस्ट, २०८१ मङ्सिर २। 
  2. "दमननाथ ढुंगानाको स्वीकारोक्ति : टिकट लिएर दौडिनु मेरो कमजोरी भयो", अनलाइन खबर 
  3. "Speaker flayed for ignoring precedent", The Himalayan Times, १९ जुन २०१९। 
  4. "Human Rights Activist, Politician Tuladhar dies at 78", The Himalayan Times, ४ नोभेम्बर २०१८। 
  5. "Dhungana makes a comeback to politics after 23 years", kathmandupost.com 
  6. "मानक सभामुख", अनलाइन खबर, २०८१ मङ्सिर २। 
  7. "अस्ताए शान्ति र न्यायका सर्वकालिक वकिल", अनलाइन खबर, २०८१ मङ्सिर २।