हिडन ट्रिजर फेन्टा मिस नेपाल प्रतियोगिता २०१५[१]मिस नेपाल प्रतियोगिताको २०औं संस्करण रहेको थियो जुन सन् २०१५ अप्रिल १८ मा काठमाडौँको अन्नपूर्ण होटलमा सम्पन्न भयो ।[२] मिस नेपाल २०१४ सुविन लिम्बूले २०१५ को उपाधि इभाना मानन्धरलाई प्रदान गरिन । विजेता मानन्धरले अब २०१५ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन ।