कुलचन्द्र गौतम (१९३२-२०१५)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाग्मती अञ्चल अन्तर्गत नुवाकोट जिल्लाको जीवनपुरमा जन्मिएका कुलचन्द्र गौतमले प्रथम श्रेणीमा संस्कृत साहित्याचार्य उत्तीर्ण गरेका हुन् । उनी विद्वत् शिरोमणि पदले पनि विभूषित व्यक्ति हुन् । उनको विद्वत्ता प्रशंसनीय थियो । गौतमका प्रकाशित कृतिहरू यसप्रकार छन् ः

  • पुरुषार्थ कल्पबल्ली (पद्य १९५६),
  • अमरकोष (नेपाली टीका १९५८),
  • स्वयंवैदय (आयुर्वेद १९७२),
  • अलङ्कार चन्द्रोदय (समालोचना १९७८),
  • राघवालङ्कार (२०१६),
  • तुलसीकृत रामायण (नेपाली १९९६),
  • संस्कृत नेपाली शब्दकोष (२०५४) । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]