प्रयोगकर्ता वार्ता:Ramesh S.Bohara/अभिलेख १

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Ramesh S.Bohara/अभिलेख १जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,००४ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!


रमेशजी तपाइँले विकिपीडिया फेरी अर्को खाता बनाउनु भएछ यसो गर्नु हुन्नथ्यो। किन भने तपाइँले पहिलो खाताबाट दिएको योगदान नयाँ खातामा जोडिन्न। तैपनि ठिकै छ विकिपीडियामा फोटो अपलोड गर्दा सबै फोटोहरू आफैले खिचेको हुनु पर्छ । फोटो अपलोड गर्न यो लिंकमा गएर त्यहाँ फारम भर्नु पर्छ। फोटो अपलोड भै सकेपछी सम्बन्धीत लेखमा गएर फाइलको लिंक दिएर लक्ड गर्नु पर्छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१५:३५, १४ मे २०१४ (युटिसी(UTC))

रमेशजी विकिपीडियामा तपाइँको योगदान देखेर खुसी लाग्यो साथै तपाइँ नेपाली सेनामा कार्यरत हुनुहँदो रहेछ यसमा पनि धेरै खुसी लाग्यो नेपाली विकिपीडियालाई तपाइँ जस्तो योगदान कर्ताको खाँचो छ। तपाइँलाई फोटो अपलोड गर्नको लागी मैले लिंक दिएको थिएँ। त्यो लिंकमा गएर फोटो अपलोड गर्नुहोला अपलोड गरियको फोटोलाई आफूले लेखेको लेखमा राख्न जान्नु भएन भने मलाई भन्नु होला फोटो अपलोड गर्दा आफुले बनाएको अथवा खिचेको फोटो मात्र अपलोड गर्नुहोला। साथै तपाइँको परिचय पृष्ठमा मैले केही सुधार गरेको छु अरु पनि लेख्नु होला। विकिपीडियामा योगदान गर्दै जानुहोस् सिक्दै जानु हुनेछ। एकै दिनमा सबै सिक्न सकिन्न। पहिले पहिले हामीलाई पनि यस्तै भएको थियो न आतिएर एउटै लेखमा सम्पादन गर्ने कोशिस गर्नुहोला। यहाँ तपाइँले लेखेको लेखमा अरुले पनि सुधार गर्न सक्छन्। त्यो भएकोले कुनै लेख बिग्य्रो भनेर चिन्ता नगरी योगदान गर्दै जानुहोला। धन्यवाद! -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०८:३३, १८ मे २०१४ (युटिसी(UTC))

नेपाली विकिमा सम्पादन गर्नु भएकोमा धन्यबाद । नयाँ पृष्ठ निर्माण गर्दा त्यो पृष्ठ पहिला नै यस नेपाली विकिमा निर्माण भैसकेको छ छैन त्यो चेक गर्नुहोला ..तथा तपाईले फोटोको समस्याको बारेमा प्रश्न राख्नु भएको थियो ..... तपाईले यदि कुनै लेखमा फोटो राख्नु पर्यो भने आफुले स्वतन्त्र रुपमा खिंचेको कुनै फोटो यस विकिमा यो लिंकमा अपलोड गर्न सक्नुहुनेछ अथवा यदि अरु भाषामा लेखिएको लेखमा फोटो छ भने त्यसलाई तपाईले यहाँ प्रयोग गर्न सक्नुहुनेछ । कुरा गर्ने बिप्लब आनन्द ११:२७, १८ मे २०१४ (युटिसी(UTC))

मद्दत सम्बन्धमा[सम्पादन गर्नुहोस्]

रमेश सिंह बोहरा जी नमस्कार, नेपाली विकिपिडियामा यहाँको सक्रियता प्रशंसनिय छ । विकिपिडियाको लेख फेसबुकमा शेयर गर्नको लागी पेजको लिकं कपि गरी फेसबुकको स्ट्याटस राख्ने ठाँउमा पेस्ट गर्नुहोला । जस्तै मठैराज मन्दिर पृष्ठलाई शेयर गर्नका लागी यो https://ne.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%A0%E0%A5%88%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0 लिकं फेसबुकको स्ट्याटस राख्ने ठाँउमा पेस्ट गर्नुहोला । कृपया केहि प्रश्न वा मद्दतको आवश्यकता परेमा यहाँ आफ्नो विचार प्रस्तुत गर्नुहोला । धन्यवाद -Nabin K. Sapkota (कुरा गर्ने) १६:०८, १९ मे २०१४ (युटिसी(UTC))

रमेश हजुर कुनै नयाँ पेज बनाएपछि त्यसको तल सन्दर्भ, इतिहास, यो पनि हेर्नुस् आदि लेखिएको हुन्छ यो कसरी लेख्ने हो बताईदिनु भए हुन्थो !जयन्ती जानू (कुरा गर्ने) ०२:०७, २२ अक्टोबर २०१४ (युटिसी(UTC))

अचेल मैले कुनै पनि नयाँ लेख बनाउन सकिराखेकी छैन किन होला ? केई गल्ति ? साथै मेरो प्रयोगकर्ता पृष्ठ पनि मिलाईदिनु भए खुसी हुन्थेँ, तर यदि नया लेख बनाउन अनुमति मिल्छ भने मात्र पृष्ठ सम्पादन गरिदिनु | अन्यथा कष्ट नगरिदिनु किनकी नेपाली विकीलाई कमसेकम ९५ बाट ९४ औं स्थान सम्म पनि पुगाउन सहयोग गरुँ भनेर विकी जोईन गरेकी, अब नयाँ पृष्ठ नै नबनाउन पाए विकी छोड्ने निधो गरेकी छु |जयन्ती जानू (कुरा गर्ने) ११:१७, २६ अक्टोबर २०१४ (युटिसी(UTC))

फेसबुक या सामाजिक सन्जालमा सेयर गर्ने तरिका[सम्पादन गर्नुहोस्]

रमेश सिंह जी नमस्ते !

सर्वप्रथम विकिपिडियामा गर्नुभएको योगदानको लागि धन्यवाद !

विकिपिडियामा सेयर( साझेदारी) को लागि नेपाली विकिपिडियाका लिङ्कहरू धेरै लामो हुने गर्दछन् ( ब्राउजरहरूले अझै पनि address बारमा नेपाली अक्षरलाई code point को रुपमा रेन्डरगर्ने भएकोले ) तसर्थ तपाईँले कुने युआर एल छोटो गर्ने सेवा जस्तै :

  • goo.gl
  • bitly.com

जस्ता सेवाको प्रयोग गरेर छोटो युआरएल बनाइ सेयर गर्न सक्नुहुन्छ ।

अर्को तरिका लिङ्कलाई फेसबुक या गुगल+मा लगरेर पेस्ट गर्नुहोस् , एक छिनमा जब फेसबुकले प्रिभ्यु बनाउँछ तव युआरएल मेट्नुहोस र त्यसको जानकारी लेख्नुहोस् ।

अझै स्पष्ट भएन ? कृपया इमेल गर्न या +9779818824745 मा फोन गर्न पनि सक्नुहुन्छ ।

धन्यवाद ! --सरोज(Saroj) (कुरा गर्ने) ०२:२८, २० मे २०१४ (युटिसी(UTC))

ठुटा लेखहरू[सम्पादन गर्नुहोस्]

रमेशजी विकिपीडियामा तपाइँले देखाउनु भएको योगदान देखेर खुसी लाग्यो नयाँ लेखहरू बनाएमा लेख सानो छ भने त्यसमा {{ठुटो}} राख्नुहोला। साथै लेख कुन श्रेणी अन्तर्गत पर्छ त्यो पनि छुट्टाउनु पर्ने हुन्छ। त्यसको लागी तपाइँले आफुले बनाएको लेखमा श्रेणी राख्नु होला श्रेणी राख्नको लागी जस्तै तपाइँले बनाउनु भएको लेखमा [[श्रेणी:गाउँ]] राख्नु होला। विकिपीडियामा लेखिएको लेखमा श्रोत खुलाउनु पर्ने हुन्छ त्यसकालागी लेखिएको भागमा <ref>श्रोत प्राप्त बिवरण</ref> राखेर लेखको अंतमा {{श्रोत}} राख्नु होला। विकिमा योगदान गर्दै जानुहोला नजानेको खण्डमा अरुसँग परामर्श लिनुहोला। धन्यवाद! -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०२:१२, २१ मे २०१४ (युटिसी(UTC))

गणेश धुरा पर्वत[सम्पादन गर्नुहोस्]

रमेशजी तपाइँले गणेश धुराको नाममा अर्को लेख बनाएकोले त्यो लेखलाई मेटाइएको छ। तपाइँले त्यहाँ सम्पादन गरेका थप सामाग्रीहरूलाई यहाँ राखिएको छ -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०२:११, २३ मे २०१४ (युटिसी(UTC))

परिचय पृष्ठ[सम्पादन गर्नुहोस्]

रमेशजी तपाइँको परिचय पृष्ठमा मैले केही सुधार गरिदिएको छु त्यसमा तपाइँ आफ्नो फोटो अपलोड गर्नुहोला चित्र अपलोड गर्नकोलागी तपाइँको परिचय पृष्ठमा रहेको "चित्ररमेश सिंह बोहरा" लेखिएको रातो लिंकमा क्लिक गर्नुहोला त्यहाँ तपाइँलाई चित्र अपलोड गर्ने फारम खुले पछी आफ्नो एल्बमबाट फोटो छानेर अपलोड गर्नुहोला त्यहाँ तपाइँलाई शारांश भन्ने फारममा {{self|cc-by-sa-3.0,2.5,2.0,1.0}} राख्नु होला। तल तपाइँलाई केही पनि छानिएको छैन भन्ने बाकस मिल्छ त्यो बाकस खोलेर त्यसमा भएका कुराहरूमा कुनै एक छानेर अपलोड गर्नु होला धन्यवाद! -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१३:२३, २४ मे २०१४ (युटिसी(UTC))
रमेशजी तपाइँको परिचय पृष्ठमा मैले सुधार गरिदिएको छु तपाइँ त्यहाँ आफ्नो फोटो अपलोड गर्नुहोला। फोटो अपलोड गर्दा माथीको निर्देशन पालन गर्नुहोला। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
०१:१८, २५ मे २०१४ (युटिसी(UTC))

सन्दर्भ समाग्री[सम्पादन गर्नुहोस्]

रमेशजी विकिपीडियामा तपाइँको योगदान श्रहरिणिय रहेको छ यो निरन्तर रहिरहोस्। विकिपीडिया लेखहरू लेख्दा त्यहाँ लेखिएको समाग्री कहाँबाट साभार गरिएको हो त्यसको व्यहोरा खुलाइएको हुनु पर्छ। तपाइँले लेख्दै गरेका लेखहरूमा राखिएका समाग्रीहरू कहाँबाट प्राप्त गर्नु भएको हो कुनै किताब, कुनै पत्रिका, कुनै वेबसाइट आदी जुन माध्यम द्वारा तपाइँलाई लेख्ने समाग्री मिल्यो त्यसको नाम लिंक सहित यो समाग्री यहाँबाट लिएको हो भनेर खुलाउनु होला। धन्यवाद!-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

११:३४, ११ जुन २०१४ (युटिसी(UTC))

रमेश सिंह बोहरा जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:१७, १४ जुन २०१४ (युटिसी(UTC))

सुन्दर हृदय अलङ्कार[सम्पादन गर्नुहोस्]

सुन्दर हृदय बार्नस्टार सुन्दर हृदय अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं मित्रहरु सँग सुमधुर सम्बन्ध कायम गर्नुभएको हुनाले कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ । बिप्लब आनन्द ११:१४, १८ जुन २०१४ (युटिसी(UTC))


चित्र राख्ने तरिका[सम्पादन गर्नुहोस्]

रमेशजी तपाइँले फोनमा मलाई भन्नु भए अनुशार यदी तपाइँले कुनै लेखमा चित्र अथवा फाइल राख्न जान्नु भएन त्यसको लागी म यहाँ विस्तारसँग भन्दै छु हेर्नुहोला।

  • फाईल अपलोड गरि सके पछि त्यस फाईलको पुरा नाम राम्ररी हेर्नुहोस। फाईलको नाम सित .jpg, .png, .avg, .ogg, .svg आदी जोडीएको हुन्छ त्यो पनि ध्यान राखनुहोस् त्यो फाइलको प्रकार हो र निश्चित पृष्ठमा फाईललाई यस प्रकार लोकेट गर्नुहोस:-
चित्र:फाइलको नाम.jpg|200px|thumb|फाइलको बारेमा केही लेख्नुस।
  • अब उपरोक्त लेखेको दुबै तिर यो [[ ]] लगाउनुहोस।
  • 200px फाईलको साईज हो। यसलाई तपाँई ईच्छानुसार बढाउन घटाउन सक्नु हुन्छ।

उदाहरणको लागि तल एउटा फोटो लगाईएको छ यसलाई सम्पादन गरेर हेर्नुहोला।

नेपालको झण्डा

आशा छ तपाईंले मेरो भनेको बुझेर सिक्नु भयो होला कसरी फाईल लोकेट गर्ने। अर्को कुरा तपाइँले मलाई फोनमा आफ्नो प्रयोगकर्ता पृष्ठ मिलाउनको लागी भन्नु भएको थियो त्यो पनि मिलाइ दिन्छु तर यसलाई पटक पटक बिगार्ने काम नगर्नुहोला। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०२:००, २० जुन २०१४ (युटिसी(UTC))

-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०५:३४, २७ जुन २०१४ (युटिसी(UTC))

FYI --Nemo bis (कुरा गर्ने) १२:१०, २ जुलाई २०१४ (युटिसी(UTC))

रमेश जी,

मतदान गर्दा कृपया अन्यको मतदानमा परिवर्तन गर्नुको सट्टा स्वतन्त्र मतदात गर्नु हुन अनुरोध छ । Nirjal stha (कुरा गर्ने) १३:१५, ७ जुलाई २०१४ (युटिसी(UTC))

व्याकरण शुद्धता[सम्पादन गर्नुहोस्]

रमेशजी विकिपीडियामा तपाइँको योगदान प्रसंसा योग्य छ तपाइँले लेख्दा खेरी व्याकरण शुद्धतामा ध्यान पुर्याउनु आवस्यक छ जस्तै तपाइँ हरू लेख्दा हरु लेख्नु हुन्छ त्यसलाई सुधार्ने कोशिस गर्नुहोला। साथै तपाइँले लेखेको धेरै जसो शब्दहरूमा "मा" जोड्दा अलग्गै राखेको देखिन्छ यसलाई पनि ध्यान दिनुहोला र पूर्ण विराम राखेको ठाउँबाट स्पेस दिएर अर्को लेखाइ सुरू गर्नुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१८:२६, ८ जुलाई २०१४ (युटिसी(UTC))

तपाइको प्रयोगस्थल एकदम सहि छ ../ कृपया अब चेक गर्नुहोला !!! बिप्लब आनन्द ०५:०३, ११ जुलाई २०१४ (युटिसी(UTC))

धन्यवाद बिप्लब जि तर ब्लक कसरी ब्लक हुन पुग्यो होला ? --R.S.Bohara रामेश सिंह बोहरा (कुरा गरौँ) २१:२३, १२ जुलाई २०१४ (युटिसी(UTC))

प्रमुख चित्र सम्बन्धमा[सम्पादन गर्नुहोस्]

रमेश जी, तपाईले प्रमख चित्रको लागि अहिले लाई (नयाँ नियम लागु नभएसम्म) यहाँ क्लीक गरेर पेजको वार्तालापमा आफ्नो चित्रको लिंक राख्दिनुहोला ...भरै त्यसलाई म अथवा @Nirjal stha: जी ले त्यसलाई प्रमुख चित्रमा राखदिन्छौ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:५३, १४ जुलाई २०१४ (युटिसी(UTC))

समाचार सम्बन्धमा[सम्पादन गर्नुहोस्]

रमेश जी, तपाईको प्रमुख समाचारमा सम्पादन उत्साहजनक छ । मैले के भन्न खोजेको थिए भने अब देखि प्रमुख समाचार शिर्षकमा प्रमुख समाचार मात्र राख्ने तथा समसामयिक समाचारलाई यहाँ राख्ने गरि मैले मिलाएको छु । त्यहाँ सम्पादन गर्नका लागि हालको महिना (जुलाई) को माथिपट्टि सम्पादन बक्समा क्लिक गर्नुहोला । कुनै समस्या भएमा निर्धुक्क भन्नुहोला । तपाईको साथ पाउने छु भनी आशा राखेको छु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१८, २८ जुलाई २०१४ (युटिसी(UTC))

@बिप्लब आनन्द जि सुझावको लागि धेरै -धेरै धन्यवाद ।म सदा तपाईंकै साथ हुनेछु धन्यवाद ।रमेश सिंह बोहरा (कुरा गरौँ) १४:५४, २८ जुलाई २०१४ (युटिसी(UTC))

प्रमुख चित्र[सम्पादन गर्नुहोस्]

रमेश जी, तपाईको प्रमुख चित्रमा सहभागिता प्रशंसनिय छ, तपाईले प्रमुख चित्र तयार गर्दा मिति लेख्दा नेपाली अंक लेख्नु होला अन्यथा प्रमुख चित्रमा देखिदैन् । इतिहासमा आज खण्डमा पनि तपाईको सहयोगको अपेक्षा गरेको छु । कुरा गर्ने १५:२३, ३० जुलाई २०१४ (युटिसी(TC))

Nirjal stha जि तपाइँले भनेको विषयमा मेरो पुरा सहयोग हुनेछ । धन्यवाद । रमेश सिंह बोहरा (कुरा गरौँ) १६:१४, ३० जुलाई २०१४ (युटिसी(UTC))

बार्नस्टार अलङ्कार[सम्पादन गर्नुहोस्]

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
११:४४, १ अगस्त २०१४ (युटिसी(UTC))

रमेशजी तपाइँले मलाई हस्ताक्षरको ढाँचा बनाइदिन भन्नु भएकोले मैले तपाइँको हस्ताक्षरको ढाँचा बनाइ दिएको छु । हेर्नुहोला {{रमेश}} यसलाई तपाइँ सम्पादन गरेर आफुले चाहे जस्तो बनाउन सक्नु हुन्छ र प्रयोग गर्नको लागी आफ्नो अभिरूचीमा गएर हस्ताक्षरको बाकसमा रमेश लेखर यसको दुवैतिर {{}} यस्तो लगाउनु होला । त्यसपछी अभिरुची संग्रह गरेर हेर्नुहोला । धन्यवाद ! -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१२:५९, ७ अगस्त २०१४ (युटिसी(UTC))

सहयोग को अपेक्षा[सम्पादन गर्नुहोस्]

तपाईको सूचनाको लगि धन्यवाद। मलाई तपाई जस्तो सहयोगीको आवश्यकता छ।

धन्यवाद रमेश जी, यहाँहरु जस्तो साथीहरुको साथ पाएर विकिपीडियामा मैले पनि थोरै भएपनि योगदान गर्न सकिरहे छु !


विकीमा फोटो अप्लोड गर्न के गर्नु पर्छ ?जयन्ती जानू (कुरा गर्ने) ०५:५५, २१ अक्टोबर २०१४ (युटिसी(UTC))

आदरणीय रमेश सिंह बोहराज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०६:०८, १ अक्टोबर २०१४ (युटिसी(UTC))

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।[सम्पादन गर्नुहोस्]

बाेहाेराजी, नमस्कार । मेराे एउटा लेख गात्रीस्वरूप ब्रह्मचारीबाहेक सबै लेखमा सन्दर्भ सामग्री र श्रेणी समावेश भएका छन् । अब अाउने लेखमा पनि हुनेछन् । सुझाबका लागि धन्यवाद । --काेमलप्रसाद पाेखरेल ०२:२५, ७ अक्टोबर २०१४ (युटिसी(UTC))

प्रेरणाको लागि धन्यवाद! - Shresthakedar (कुरा गर्ने) १३:३०, ९ अक्टोबर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ![सम्पादन गर्नुहोस्]

रमेश सिंह बोहराजी , विगत ३० दिनहरुमा ३८० सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५६, १८ अक्टोबर २०१४ (युटिसी(UTC))

विकिथन-३ सम्बन्धमा[सम्पादन गर्नुहोस्]

आर्दणीय रमेश सिंह बोहरा ज्यू, नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको विकिथन प्रतियोगिताको तेस्रो संस्करण विकिथन-३ मा यहाँको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार व्यक्त गर्दै विकिथन-३ प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धी जानकारी गराउन चाहन्छौं । -Nabin K. Sapkota (कुरा गर्ने) १५:१८, २८ नोभेम्बर २०१४ (युटिसी(UTC))


बधाई तथा शुभकामना[सम्पादन गर्नुहोस्]

@रमेश सिंह बोहरा जी, नेपाली विकिपेडियामा तपाइले प्रबन्धकको जिम्मेवारी पाउनु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना । आगामी दिनमा नेपाली विकिपेडियाले तपाइको अझै योगदान निरन्तर पाउने छ भन्ने आशा छ ।--Janak Bhatta (कुरा गर्ने) ०४:४१, २ डिसेम्बर २०१४ (युटिसी(UTC))

@जनक भट्ट जि शुभकामनाको लागि धेरै धेरै धन्यवाद । म सधैं विकिपीडियाको साथै रहनेछु ।रमेश सिंह बोहरा

(✉✉) ०९:२०, ३ डिसेम्बर २०१४ (युटिसी(UTC))

प्रबन्धकको जिम्मेवारी पाउनु भएकोमा हार्दिक बधाई रमेश जी ! देबेन डट कम १२:३१, ११ डिसेम्बर २०१४ (युटिसी(UTC))

मान बहादुर केसी[सम्पादन गर्नुहोस्]

रमेश सिंह बोहरा जी! यस पृष्ठको सन्दर्भमा मान बहादुर केसी लेखिएको छ तर तपाईले सही नाम भनेर मान बहादुर के.शी. बनाउनु भयो । हामीले कुनै पनि लेखहरू बनाउदा सन्दर्भलाई नै आधार मान्ने हो । यसकारण यस्तो कुरामा अलि ध्यान पुर्याउनु पर्ला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १७:४९, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))


क्रिसमसको शुभकामना[सम्पादन गर्नुहोस्]

डडेलधुरा जिल्ला to डडेल्धुरा जिल्ला[सम्पादन गर्नुहोस्]

डडेलधुरा जिल्ला लाई डडेल्धुरा जिल्ला मा परिवर्तित गर्दा ढाँचा नेपालका जिल्लाहरू यो पनि संपादन गर्नु पर्ने थियो जस्तो लाग्छDevrajpoudel22 १३:१०, ७ जनवरी २०१५ (युटिसी(UTC))

नमस्ते!

विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/आयुर्वेद बारे आफ्नो राय दिनुहोला।

Editswikifornepali (कुरा गर्ने) १३:०४, १३ जनवरी २०१५ (युटिसी(UTC))

मकर संक्रांति[सम्पादन गर्नुहोस्]

@देवराज जि धन्यवाद ! तपाइलाइ पनि सोहि अनुरूप शुभकामना छ ।रमेश सिंह बोहरा(✉✉)
२०७१ सालको माघे संक्रांतिको उपलक्ष्यमा सपरिवार हजुरलाई हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्छु --Rajesh (कुरा गर्ने) ०३:०१, १७ जनवरी २०१५ (युटिसी(UTC))
@Rajesh जि धन्यवाद हजुरलाइ पनि सोही अनुरुप शुभकामना छ ।रमेश सिंह बोहरा(✉✉)

Impressed with your profile ( barnstar )[सम्पादन गर्नुहोस्]

रमेश जी, विकीपिडियामा तपाइको Impressive वार्तालाप पृष्ठ र तपाइका योगदानहरु देख्दा खुसी लाग्यो। --Rajesh (कुरा गर्ने) ०३:५२, १७ जनवरी २०१५ (युटिसी(UTC))

प्रमुख समाचार सम्बन्धमा[सम्पादन गर्नुहोस्]

रमेश जी,

हाल नेपाली विकिपीडियामा प्रमुख समाचारमा कुनै पनि नयाँ समाचार राख्नका लागी निर्वाचित हुने व्यवस्था मिलाइएको छ । जसको लागि तपाईले विकिपीडिया:प्रमुख समाचार/उम्मेदवारमा नयाँ समाचारलाई प्रस्ताव गर्न सक्नुहुनेछ । साथै प्रमुख समाचार मापदण्डका लागी विकिपीडिया:प्रमुख समाचार/मापदण्ड हेर्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:०९, १९ जनवरी २०१५ (युटिसी(UTC))

चौतारी तथा मुख्य पृष्ठको सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नेपाली विकीका प्रशासक/प्रवन्धक ज्यू, नमस्कार ! मैले चौतारीको व्यबस्थापन तथा मुख्य पृष्ठ अलि बढी रंगीचंगी भएकोले यसलाई सामान्य देखिने बनाउनको लागि मेरो प्रयोगस्थलमा दुबैको नमूना तयार गरेको छु । कृपया त्यसलाई हेरी त्यसको तल सल्लाह सुझावमा वा मेरो वार्तालापमा टिप्पणी गर्नु होला । -निर्मल दुलाल (कुरा गर्नुहोस) १३:५०, २४ जनवरी २०१५ (युटिसी(UTC))

प्रमुख समाचार[सम्पादन गर्नुहोस्]

The article parameter must be defined. Usage of this template has recently changed; please see Template:ITN notice for details.

रमेश सिंह जी, तपाइले बिसिडीओ (BCDO) लेख त बनाउनु भयो यो छोटो नाम होला वा के हो बुझिएन। मैले गुगलमा खोज्दा यो भेट्टाए । अनि त्यसमाथि शिर्षकमा अंग्रेजी शब्दको प्रयोग गरेर बनाउनु भयो । एक प्रवन्धक भए पछि यस्ता कार्य रोक्नु चाही पर्ने हो, तर झन यस्तो आफुले मात्र बुझ्ने र अंग्रेजी शब्द भएको लेख बनाउनु ठिक नहोला । यसकारण त्यो पृष्ठ पुरा नाममा सार्नु होला । कृपया यस्ता कुरामा अलि ध्यान पुर्याउन अनुरोध !! - निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:२०, ७ फेब्रुअरी २०१५ (युटिसी(UTC))


जानकी बोहरा पृष्ठमा चाँडै मेटाउनु पर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:

विकीमा कुनै सामान्य व्यक्तिको जीवनी लेख्न उपयुक्त नहोला ।

Under the criteria for speedy deletion, articles that do not meet basic Wikipedia criteria may be deleted at any time.

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला ऀ