अरिजीत सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरिजीत सिंह
Arijit Singh
व्यक्तिगत विवरण
जन्म (1987-04-25) २५ अप्रिल १९८७ (उमेर ३६)[१]
जियागञ्ज, मुर्शिदाबाद, पश्चिम बङ्गाल, भारत
पेशागायक
सक्रिय वर्ष२००७–हाल

अरिजीत सिंह (जन्म २५ अप्रैल १९८७)[२] एक भारतीय पार्श्व गायक हुन्।[३] उनले मुख्यतः हिन्दी र बङ्गालीमा गाउँछन तर विभिन्न भारतीय भाषाहरूमा पनि प्रदर्शन गरेका छन् ।[४] अरिजीत सिंह गायन रियलिटी शो फेम गुरुकुल (२००५) को प्रतिभागिहरु मध्ये एक थिए जसमा उनी शीर्ष ५ मा पनि पर्न सकेनन् ।[५]

करियर[सम्पादन गर्नुहोस्]

प्रारम्भिक करियर[सम्पादन गर्नुहोस्]

सिंहको सङ्गीत करियर तब सुरु भएको थियो जब आफ्नो गुरु राजेन्द्र प्रसाद हजारीले जोड दिएपछि १८ वर्षको उमेरमा आफ्नो गृहनगर छोडेर उनले वास्तविकता कार्यक्रम फेम गुरुकुल (सन् २००५) मा भाग लिएका थिए। यद्यपि कार्यक्रममा उनी छैटौं स्थानमा रहेका थिए। कार्यक्रमको समयमा, चलचित्र निर्माता सञ्जय लीला भन्सालीले उनको प्रतिभालाई पहिचान गरेका थिए र उनलाई आफ्नो आगामी चलचित्र साँवरियामा "यूँ शबनमी" गीत गाउनका लागि अनुरोध गरेका थिए। तर चलचित्र निर्माणको समयमा त्यसको पटकथा फेरियो र चलचित्रमा गीतको आवश्यकता रहेन, र सोही कारण यसलाई कहिल्यै जारी गरिएन। फेम गुरुकुल पछि, टिप्स म्युजिकको प्रमुख, कुमार तौरानीले उनलाई एक एल्बमको लागि हस्ताक्षर गरेका थिए, तर त्यो पनि कहिल्यै जारी हुन पाएन।

त्यसपछि उनले फेरि अर्को वास्तविकता कार्यक्रम, १० के १० ले गए दिलमा भाग लिएका थिए, र कार्यक्रमको विजेता भएका थिए। सन् ​​२००६ मा उनले मुम्बई प्रवेश गरेका थिए, र सहरको लोखन्डवाला क्षेत्रमा भाडाको कोठामा बस्न थालेका थिए। यहाँ उनले १० के १० ले गए दिल वास्तविकता कार्यक्रमबाट प्राप्त भएको १० लाख रुपैयाँको पुरस्कार रकम लगानी गरेर आफ्नो रेकर्डिङ स्टुडियोको निर्माण गरेका थिए। उनी एक सङ्गीत निर्माता भएका थिए, र उनले विज्ञापन, समाचार च्यानलहरू र रेडियो स्टेसनहरूको लागि सङ्गीतको रचना सुरु गरेका थिए। सिंहले आफ्नो सुरुवाती सङ्गीत करियरमा शङ्कर-एहसान-लोय, विशाल-शेखर, मिथुन शर्मा, मोन्टी शर्माप्रीतम चक्रवर्ती जस्ता सङ्गीत निर्देशकहरूको लागि सङ्गीत निर्माताको रूपमा काम गरेका थिए। अन्य सङ्गीतकारहरूसँग काम गर्दै उनी मुख्यतः गायकहरू र कोरस सेगमेन्टहरूको पर्यवेक्षण गर्थें, तर प्रीतमसँग काम गर्दा उनले आफ्नै सङ्गीत तैयार गर्न सुरु गरेका थिए।

सन् २०१०–२०१३: गायनमा प्रवेश तथा आशिकी २[सम्पादन गर्नुहोस्]

सन् २०१० मा, सिंहले प्रीतमसँग तीन चलचित्रहरू गोलमाल ३, क्रूकएक्सन रिप्लेमा काम गर्न सुरु गरेका थिए। सोही वर्ष उनले तेलुगु चलचित्र केडीबाट तेलुगु चलचित्र उद्योगमा सन्दीप चौटाको "नीवे ना नीवे ना" गीतसँग गायनको सुरुवात गरेका थिए। सन् २०११ मा, सिंहले मिथुनद्वारा रचित मर्डर २ चलचित्रको गीत "फिर मोहब्बत" बाट बलिउडमा एक गायकको रूपमा सुरुवात गरेका थिए, यद्यपि उनले यसलाई सन् २००९ मा नै रेकर्ड गरेका थिए। सोही वर्ष, जब उनी एजेन्ट विनोद (सन् २०१२) को गीत "राब्ता"को लागि प्रोग्रामिङ गरिरहेका थिए, तब प्रीतमले उनलाई यसलाई गाउनका लागि अनुरोध गरेका थिए। गीतको सबै चार संस्करणहरूमा उनको गाएको भागलाई कायमै राखिएको थियो, र त्यसमध्ये एक संस्करणमा उनले पुरा रचनालाई गाएका थिए। एजेन्ट विनोद बाहेक, अरिजीतले त्यो वर्ष प्रदर्शित भएको तीन अन्य चलचित्रहरू प्लेयर्स, बर्फी!ककटेलमा पनि प्रीतमको लागि गाएका थिए।

उनले १९२०: इभिल रिटर्न्समा चिरन्तन भट्टको लागि "उसका ही बनाना" गीत गाएका थिए। ग्ल्यामस्यामले यस गीतको समीक्षामा अरिजीतले गीतलाई धेरै भावुक र भावनात्मक रूपमा उच्च पिचमा गाएका थिए भनेर लेखेका थिए। उनले चलचित्र साङ्घाईमा विशाल-शेखरको रचना "दुआ"लाई गाएका थिए। यसले उनलाई आगामी पुरुष पार्श्व गायक पुरस्कारको मिर्ची सङ्गीत पुरस्कार जिताएको थियो। उनलाई बर्फीको गीत "फिर ले आया दिल"को लागि पनि यसै श्रेणीमा नामाङ्कित गरिएको थियो। अरिजीतलाई व्यापक सफलता सन् २०१३ को चलचित्र आशिकी २ बाट मिलेको थियो, जसको एल्बमको लागि उनले ६ गीत गाएका थिए। चलचित्रको शीर्षक गीत "तुम ही हो" विशेषगरी प्रसिद्ध भएको थियो, र यस गीतको लागि उनलाई धेरै पुरस्कार प्राप्त भएको थियो, जसमा सर्वश्रेष्ठ पार्श्वगायकको लागि फिल्मफेयर पुरस्कार पनि सामेल थियो।

अरिजीतले प्रीतमसँग काम जारी राखे र ये जवानी है दीवानी चलचित्रको लागि "दिल्लीवाली गर्लफ्रेन्ड", "कबीरा" र "इलाही" गीत गाएका थिए, जबकि "कबीरा" र "बलम पिचकारी" गीतहरूमा उनले सङ्गीत निर्माताको रूपमा काम गरेका थिए। प्रीतमको लागि उनले २ अन्य गीत फटा पोस्टर निकला हिरोको "मैं रंग शर्बतों का", र आर... राजकुमारको "धोका धडी" गाएका थिए। उनले चेन्नई एक्सप्रेसको गीत "कश्मीर मैं तू कन्याकुमारी"मा शाहरुख खानको लागि गाएका थिए, जसलाई विशाल-शेखरले सङ्गीतबद्ध गरेका थिए। नीती मोहनसँग बोसको "हर किसी को"को युगल संस्करणलाई प्रस्तुत गर्नु बाहेक, सिंहले ज्याकपटको "कभी जो बादल बरसे" गीतमा शारिब-तोशीसँग र गोलियों की रासलीला राम-लीलाबाट अर्द्ध शास्त्रीय गीत, "लाल इश्क"मा सञ्जय लीला भन्सालीसँग काम गरेका थिए। पछि, सिंहले "कभी जो बादल बरसे"लाई आफ्नो व्यक्तिगत मनपर्ने गीतहरू मध्ये एकको रूपमा चयन गरेका थिए, जबकि उनले मिकी भाइरसको "तोसे नैना"लाई आफ्नो मनको सबैभन्दा करीब" चयन गरेका थिए।

सन् २०१४–२०१६[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा, सिंहलाई आफ्नो दुई मनपर्ने सङ्गीत निर्देशकहरू, साजिद-वाजिदए आर रहमानसँग काम गर्ने मौका मिलेको थियो। उनले साजिद-वाजिदको लागि मैं तेरा हिरोमा दुई गीत र हिरोपन्तीमा एक गीत, "रात भर" गाएका थिए, जबकि ए आर रहमानको लागि "मेधुवागथाथन"को हिन्दी संस्करण "दिल चस्पिया" शीर्षकको गीत डब गरेका थिए। यसको अतिरिक्त त्यो वर्ष उनले अमित त्रिवेदीको लागि "हङ्गामा हो गया", प्रीतमको लागि यारियाँको "लभ मी थोडा और", शारिब-तोशीको लागि हम्प्टी शर्मा की दुल्हनियाको "समझावाँ", शङ्कर-एहसान-लोयको लागि २ स्टेट्सको "मस्त मगन", सोहेल सेनको लागि गुन्डेको "जिया", र अर्को प्रावो मुखर्जीको लागि हेट स्टोरी २ को "आज फिर" गीत गाएका थिए। सिंहले विशाल भारद्वाजसँग हैदरको दुई गीतहरूको रेकर्डिङ गरेका थिए र ह्याप्पी इन्डिङमा "जैसे मेरा तू"मा सचिन-जिगरसँग काम गरेका थिए। यस वर्ष उनले टोनी कक्कडपलाश मुच्छल सहित धेरै अन्य सङ्गीत निर्देशकहरूसँग पनि काम गरेका थिए।

अरिजीत सिंह लाइभ कन्सर्ट इन नेपाल[सम्पादन गर्नुहोस्]

अरिजीत सिंहको लाइभ कन्सर्ट नेपालमा मिति २०२३ को नोभेम्बर २५ मा सम्पन्न भयो। यो कन्सर्ट दिउँसो २ बजेदेखि हायाट रिजेन्सी, काठमाडौँमा आयोजित गरिएको थियो। ग्यारेज एन्टरटेनमेन्टले यस अविस्मरणीय सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Happy Birthday Arijit Singh: From Tum Hi Ho to Gerua, his Top 10 songs", The Indian Express, २५ अप्रिल २०१६, अन्तिम पहुँच २७ अप्रिल २०१६ 
  2. Arijit Singha's Biography
  3. "Arijit to sing in Spyro Gyra's next album", द टाइम्स फ इण्डिया, ७ जून २०११।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१२ मिति
  4. Bose, Pramita (२९ डिसेम्बर २०१४), "Fast 5 with Aditi Singh Sharma", Asian Age, मूलबाट ५ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "Arijit Singh: Lesser known facts", २०१५-०४-२५, अन्तिम पहुँच २०१९-०२-१३ 
  6. ""Arijit Singh Live Concert In Nepal"", अन्तिम पहुँच २०२३-१२-०५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]