मुख्तियार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल अधिराज्यको मुख्तियार
मुख्तियार भीमसेन थापा
सम्बोधनश्री मुख्तियार जर्नेल
मुख्तियार साहेब
निवासभिन्न
आसनवसन्तपुर दरबार
नियुक्तिकर्तानेपालको राजा
अग्रगामीदामोदर पाँडे (नेपालको मूलकाजी)
गठनसन् १८०६ फेब्रुअरी २६
प्रथम धारकरणबहादुर शाह
अन्तिम धारकमाथवरसिंह थापा
खारेजसन् १८४३ डिसेम्बर २५
उत्तराधिकारमाथवरसिंह थापा (नेपालको प्रधानमन्त्री)

मुख्तियार शाहकालिन नेपालको सर्वोच्च भारदारको पद थियो । यस पद प्रशासनिक एवम् सैनिक शक्तिको सर्वोच्च निर्देशनकेन्द्र थियो । यो आधुनिक प्रधानमन्त्री सरहको पद थियो । मुख्तियार शब्दको संरचना मुख्यअख्तियार दुई शब्दमा हुन्छ । मुख्यको अर्थ प्रमुख र अख्तियारको अर्थ शक्ति हुन्छ । त्यसैले मुख्तियार देशको प्रमुख शक्ति अर्थात् प्रधान मन्त्री हो । नेपालमा मुख्तियार पदमा आसिन पहिलो व्यक्ति राजा रणबहादुर शाह हुन् । राजगद्दीको त्याग गरेपश्चात उनले सत्ता हत्याउन मुख्तियार को उपाधि लिएका थिए । उनको देहान्त पछि भीमसेन थापाले यस पदको उपयोग गरेका थिए । सङ्ख्या निम्न छ (राणा वंशको उत्तराधिकारी मुख्तियारहरू हटाइएको):

नेपाल अधिराज्यका मुख्तियारहरूको सूची[सम्पादन गर्नुहोस्]

क्र.स. तस्विर नाम
(जन्म–मृत्यु)
कार्यकाल राजनीतिक दल
कार्यालयमा अवकाश
रणबहादुर शाह
(1775–1806)
26 February 1806 26 April 1806 स्वतन्त्र
भीमसेन थापा
(1775–1839)
1806 1837 स्वतन्त्र
रणजङ्ग पाँडे
(1789–1843)
1st time
1837 1837 स्वतन्त्र
रङ्गनाथ पौड्याल
(1773–?)
1st time
1837 1838 स्वतन्त्र
पुष्कर शाह
(1784–1846)
1838 1839 स्वतन्त्र
(३) रणजङ्ग पाँडे
(1789–1843)
2nd time
1839 1840 स्वतन्त्र
(४) रङ्गनाथ पौड्याल
(1773–?)
2nd time
1840 1840 स्वतन्त्र
फत्तेजङ्ग शाह
(1805–1846)
1st time
November 1840 January 1843 स्वतन्त्र
माथवरसिंह थापा
(1798–1845)
November 1843 25 December 1843 स्वतन्त्र

प्रधानमन्त्री माथवरसिंह थापा पहिलो पटक प्रधानमन्त्रीको पदमा आसित थिए । उनीपछि प्रधानमन्त्रीहरू नै सरकार प्रमुख भए । मुख्तियार पद फेरि राणा वंशको शासनमा दोस्रो सरकार प्रमुख पद (वा श्री ३ को उत्तराधिकारी) बन्न पुग्यो । राणा शासनको अन्त्यसँगै मुख्तियार पदको प्रयोग समाप्त भयो ।

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]