आमाछोदिङ्मो गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आमाछोदिङ्मो गाउँपालिका
आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ
आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ
देश नेपाल
प्रदेशप्रदेश नं. ३
जिल्लारसुवा जिल्ला
स्थापनाफाल्गुन २०७३
क्षेत्रफल
 • जम्मा६८२ किमी (२६३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५,४९०
 • घनत्व८�०/किमी (२१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

आमाछोदिङ्मो गाउँपालिका रसुवा जिल्लाको एक गाउँपालिका हो ।[१][२] यस गाउँपालिकामा साबिकको गत्लाङ, गोल्जुङ, चिलिमे गाविस र हाकु गाविसको वडा नं १ देखि ७ सम्मका वस्तीहरू समावेस गरिएको छ । यस गाउँपालिका घोषणाा हुँदा पार्वतीकुण्ड गाउँपालिकाको नामले नामाकरण भएको थियो । जसको केन्द्र गोल्जुङ तोकिएको थियो । गाउँपालिकाको प्रथम गाउँसभाले गाउँपालिकाको नाम 'आमाछोदिङ्मो' गाउँपालिका नामाकरण गर्ने र केन्द्र गोल्जुङबेसी कायम गर्ने भनी गरेको निर्णय बमोजिम नामसहित केन्द्र परिवर्तन भएको हो । नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उक्त जानकारी गराएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (५) बमोजिम पार्वतीकुण्ड गाउँपालिकाको गाउँसभाको सिफारिसमा उक्त नाम र केन्द्र परिवर्तन भएको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार पौष २४, २०७४बाट उक्त कार्यान्वयन भएको हो ।[३][४][५]

नामाकरण[सम्पादन गर्नुहोस्]

स्थानीय तामाङ भाषामा 'आमा' भनेको पार्वती र 'छोदिङ्मो' भनेको कुण्ड हो । यसरी हेर्दा नेपाली भाषाबाट तामाङ भाषाको रूपान्तरण नै आमाछोदिङ्मो गाउँपालिका हो ।

आकर्षण[सम्पादन गर्नुहोस्]

यस गाउँपालिकामा तामाङ सम्पदा मार्ग अर्थात ग्रामीण पर्यटनका पूर्वाधारहरू रहेका छन् र वर्षेनी आन्तरिक तथा वाह्य पर्यटकहरूको आवागमन भइरहेको छ । गणेश हिमाल, साञ्जेन हिमाल, पाल्दोरपिक जस्ता हिमाल तथा धार्मिक र पर्यटकीय स्थल पार्वतीकुण्डका कारण यहाँ दीगो पर्यटन व्यावसाय सञ्चालन गर्न सकिन्छ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

आमाछोदिङ्मो गाउँपालिकाको क्षेत्रफल ६८२.२३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या ५,४९० रहेको छ ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "पार्वतीकुण्ड गापाको नाम परिवर्तन", www.rasuwakhabar.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-११  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१३ मिति
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]