सामग्रीमा जानुहोस्

आमाछोदिङ्मो गाउँपालिका

आमाछोदिङ्मो गाउँपालिका
आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ
आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ
आमाछोदिङ्मो गाउँपालिका रसुवा जिल्ला-को अवस्थिति
आमाछोदिङ्मो गाउँपालिका
आमाछोदिङ्मो गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
आमाछोदिङ्मो गाउँपालिका
आमाछोदिङ्मो गाउँपालिका नेपाल-को अवस्थिति
आमाछोदिङ्मो गाउँपालिका
निर्देशाङ्क: {२८°१०′ उत्तर ८५°१९′ पूर्व / २८.१७° उत्तर ८५.३१° पूर्व / 28.17; 85.31
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारसुवा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षबुचुङ तामाङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षचण्डिका तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६८२.२३ किमी२ (२६३.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,६७३
 • घनत्व९.८/किमी२ (२५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रगोल्जुङ वेशी
वेबसाइटआधिकारिक वेबसाइट

आमाछोदिङ्मो गाउँपालिका रसुवा जिल्लाको एक गाउँपालिका हो।[३][४] यस गाउँपालिकामा साबिकको गत्लाङ, गोल्जुङ, चिलिमे गाविस र हाकु गाविसको वडा नं १ देखि ७ सम्मका वडाहरू समावेस गरिएको छ। यस गाउँपालिका घोषणाा हुँदा पार्वतीकुण्ड गाउँपालिकाको नामले नामाकरण भएको थियो। जसको केन्द्र गोल्जुङ तोकिएको थियो। गाउँपालिकाको प्रथम गाउँसभाले गाउँपालिकाको नाम 'आमाछोदिङ्मो' गाउँपालिका नामाकरण गर्ने र केन्द्र गोल्जुङबेसी कायम गर्ने भनी गरेको निर्णय बमोजिम नामसहित केन्द्र परिवर्तन भएको थियो।।राजपत्रमा प्रकाशित सूचना अनुसार पौष २४, २०७४बाट उक्त कार्यान्वयन भएको थियो।[५][६][७]

नामाकरण

[सम्पादन]

स्थानीय तामाङ भाषामा 'आमा' भनेको पार्वती र 'छोदिङ्मो' भनेको कुण्ड हो । यसरी हेर्दा नेपाली भाषाबाट तामाङ भाषाको रूपान्तरण नै आमाछोदिङ्मो गाउँपालिका हो ।

आकर्षण

[सम्पादन]

यस गाउँपालिकामा तामाङ सम्पदा मार्ग अर्थात ग्रामीण पर्यटनका पूर्वाधारहरू रहेका छन् र वर्षेनी आन्तरिक तथा वाह्य पर्यटकहरूको आवागमन भइरहेको छ । गणेश हिमाल, साञ्जेन हिमाल, पाल्दोरपिक जस्ता हिमाल तथा धार्मिक र पर्यटकीय स्थल पार्वतीकुण्डका कारण यहाँ दीगो पर्यटन व्यावसाय सञ्चालन गर्न सकिन्छ ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आमाछोदिङ्मो गाउँपालिकाको कुल जनसङ्ख्या ६,६७३ रहेको छ भने यहाँ १,६६४ घरधुरी रहेका छन्।[२]

आमाछोदिङ्मो गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१हाकु (३-७)१,४९११३०.९७११.३८
२हाकु (१-२) र गत्लाङ (७-८)९८२१७.०७५७.५३
३गत्लाङ (१-६,९)१,३५३२५.४४५३.१८
४गोल्जुङ१,०८०७.७९१३८.६४
५चिलिमे१,७६७५००३.५३
जम्मा६,६७३६८१.२७९.८०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  4. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  5. ↑ "पार्वतीकुण्ड गापाको नाम परिवर्तन", www.rasuwakhabar.com (नेपालीमा), मूलबाट २०१८-०१-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-११।
  6. ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
  7. ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।