गोर्जियस (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"गोर्जियस"
टेलर स्विफ्टको एकल
सार्वजनिक१२ जनवरी २०१८
ढाँचा
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ मिडिया
किसिमपप
लम्बाई:२९
लेबलबिग मेसिन
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
टेलर स्विफ्ट एकल कालक्रम
"न्यु इयर्स डे"
(२०१७)
"गोर्जियस"
(२०१८)
"डेलिकेट"
(२०१८)

"गोर्जियस" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसन लागि रेकर्ड गराइएको थियो। यस गीतलाई रेपुटेसन एल्बमको एकलको गीतको रूपमा सन् २० अक्टोबर २०१७ मा बिग मेसिन रेकर्डस्द्वारा सार्वजनिक गरिएको थियो। यस गीतले अमेरिकाको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १०० मा १३ औँ स्थान र बेलायती आधिकारिक चार्ट कम्पनीमा १५ औँ स्थान ओगट्न सफल भएको थियो। सन् १२ जनवरी २०१८ मा यस गीत चौँथो युरोपेली एकल र रेपुटेसन एल्बमको पाँचौँ एकल गीतको रूपमा सार्वजनिक भएको थियो।

पृष्ठभूमि र सार्वजनिक[सम्पादन गर्नुहोस्]

१३ अक्टोबर २०१७ मा आयोजना गरिएको एक समारोहमा स्विफ्टले उनका विभिन्न देशमा रहेका १००अौँ अनुयायीहरू माझ उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका केही गीतहरूको प्रस्तुति दिएकी थिइन्।[१][२] १९ अक्टोबरमा स्विफ्टले आफ्नो व्यक्तिगत इन्टाग्रामा खाता मार्फत रेपुटेसनको नयाँ एकल गीतको रूपमा "गोर्जियस" गीत सार्वजनिक गर्ने घोषणा गरेकी थिइन्।[३][४] बिलबोर्डले व्याख्या गरे अनुसार यस गीतको केही भागहरूमा बच्चाको आवाज हालिएको थियो। यस गीतलाई त्यस अर्को दिन बिज्ञापन एकलको रूपमा सार्वजनिक गरिएको थियो र त्यही दिन गीतको सार लेखिएको एक भिडियो पनि प्रसारण गरिएको थियो।[५] यो गीत स्विफ्टले खास गरी उनको प्रेमी जो एलनको सम्बोधनमा लेखेकी हुन्।[६] यस गीतमा बच्चाको आवाज पनि समावेश गराइएको थियो जुन गायक जोम्स रोनल्डकी छोरीको थियो भन्ने कुरा पछि खुलाइएको थियो।[७] जनवरी २०१९ का अनुसार यस गीतको आधिकारिक सार लेखिएको भिडियोले युट्युबमा ९५ मिलियन अवलोकन प्राप्त गरेको छ।

रचना[सम्पादन गर्नुहोस्]

टेलर स्विफ्टलले यस गीतलाई रेकर्ड निर्माताहरू म्याक्स मार्टिन र सेलब्याकको साझेदारीमा रचना गरेकी हुन्।[८] यस गीतलाई एक पप सङ्गीत गीतको रूपमा वर्णन गरिएको छ। यस गीत मार्फत स्विफ्टले आफ्नो प्रेमीलाई उनको माया र मायाको रुचिको वर्णन गरेकी छन्।[९] युएसए टुडेका मेभ म्याकडेर्मोटका अनसार यस गीतको राखिएको पृष्ठभूमि आवाज केइटी पेरीको केही गीतसँग मिल्दो जुल्दो छ। एलि पत्रिका अनुसार यस गीत एक युवकलाई दर्शाउन खोजिएको छ जुन हाल स्विफ्टका प्रेमी बेलायती अभिनेता जो एलन हुन्।[१०] यस गीत ९२ बिट प्रति मिनेटको अवधिका रचिएको छ जहाँ स्विफ्टको स्वर c३ देखि f५ सम्म फैलिएको छ।[११]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

संयुक्त राज्यको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १००मा यस गीतले १३अौँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो र त्यसको साथसाथै यस गीतले स्ट्रिमिङ सङ चार्टमा १६.९ मिलियन पटक बजाएपछि चार्टमा १६अौँ ओगट्न सफल भएको थियो भने तात्कालिक समयमा यसले गीतले ६८.००० प्रतिलिपीहरू बिक्री गरेको थियो। यो गीत डिजिटल सङ चार्टमा शीर्ष स्थान हासिल गर्ने स्विफ्टको व्यक्तिगत १४अौँ गीत बनेको थियो।[१२] अस्ट्रेलियाको आधिकारिक चार्ट कम्पनी एरिया चार्टमा यस गीत ९अौँ स्थानमा आउन सफल भएको थियो।[१३]

बेलायतको आधिकारिक चार्टमा यस गीत १५अौँ स्थानमा आउन सफल भएको थियो।

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

स्विफ्टले गोर्जियस गीत क्रमश बि९६ सिकागो र २०१७ पेप्सी जङ्गल बेस गरी दुई छुट्टाछुट्टै कार्यक्रममा ७ डिसेम्बर २०१७ मा पहिलो पटक प्रस्तुति दिएकी थिइन्।[१४] स्विफ्टले लण्डनमा आयोजित जङ्गल बेल २०१७ नाम एक कार्यक्रममा पनि प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१५][१६] यस गीतलाई स्विफ्टले आफ्नो रेपुटेसन विश्व भ्रमणका बेलामा विभिन्न देशका सहरहरूमा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१७]

कर्मचारीहरू[सम्पादन गर्नुहोस्]

  • टेलर स्विफ्ट – स्वर, लेखक र पृष्ठभूमि स्वर
  • म्याक्स मार्टिन – सह- गीतकार, निर्माता, प्रोगामिङ, सामग्री व्यवस्थापन
  • सेलब्याक – रेकर्ड निर्माता, किबोर्ड
  • माइकल एलबर्ट – इन्जिनियर
  • सर्बन गिनि – समायोजन
  • जोन हेन्स – समायोजनमा सहयोग
  • रेन्डि मिरिल – मास्टरिङ

चार्ट[सम्पादन गर्नुहोस्]

चार्ट (२०१७–१८) शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[१८]
 अस्ट्रिया (Ö३ अस्ट्रिया शीर्ष ४०)[१९] ३२
बेल्जियम बेल्जियम (अल्ट्राटिप भ्लान्दरेन)[२०]
बेल्जियम बेल्जियम (अल्ट्राटिप वलोनिया)[२१] १७
 क्यानडा (क्यानडेली हट १००)[२२]
 क्यानडा (क्यानडा हट एसी)[२३] ४५
चेक गणतन्त्र चेक गणतन्त्र (एकल डिजिटल शीर्ष १०० सङ्गीत)[२४] २४
 जर्मनी (आधिकारिक जर्मन चार्ट)[२५] ४५
 हङ्गेरी (सिङ्गल टप ४०)[२६]
 हङ्गेरी (प्रवाहित शीर्ष ४० सङ्गीत)[२७] २३
 आयरल्यान्ड (आरआइएमए)[२८] १८
 इटाली (एफआइएमआई)[२९] ६६
 जापान (जापान हट १००)[३०] ५२
 लेबनान (लेबनान टप २०)[३१] १५
 मलेसिया (आरआइएम)[३२]
नेदरल्यान्ड नेदरल्यान्ड्स (एकल शीर्ष १०० गीत)[३३] ६०
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[३४] १९
 नर्वे (भिजि-लिस्ता)[३५] २८
फिलिपिन्स फिलिपिन्स (फिलिपिन्स हट १००)[३६] १३
 पोर्तगाल (एएफपी)[३७] ४०
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[३८] १२
स्लोभेनिया स्लोभाकिया (एकल डिजिटल टप गीत)[३९] १७
स्लोभेनिया स्लोभेनिया(स्लोटप ५०)[४०] २६
स्विडेन स्वीडेन (टप लिस्टा)[४१] ४१
स्विट्जरल्यान्ड स्कटल्यान्ड (स्विस ह्याटफ्रिड)[४२] ४६
संयुक्त अधिराज्ययुके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[४३] १५
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[४४] १३

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देश (कम्पनी) प्रमाणपत्र बिक्री
 अस्ट्रेलिया (एरिया)[४५] प्लेटिनम
७०,०००
 संयुक्त अधिराज्य (बिपिआई)[४६] सिलभर
२००,०००
 संयुक्त राज्य अमेरिका (आआइएए)[४७] गोल्ड
५००,०००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

क्षेत्र मिति ढाँचा लेबल सन्दर्भ
विभिन्न २० अक्टोबर २०१७
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ मिडिया
बिग मेसिन
 संयुक्त अधिराज्य १२ जनवरी २०१८ समकालीन हिट रेडियो [४८]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. मेकलडन, एमी (अक्टोबर १४, २०१७), "टेलर स्विफ्टले लण्डनमा कार्यक्रम आयोजना गरिन्", एलि पत्रिका, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  2. ड्रायस, जेनिफर (अक्टोबर १३, २०१७), "टेलर स्विफ्टको रेपुटेसन एल्बमको एक कार्यक्रम", इन्टरटेन्मेन्ट विक्ली, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  3. बेली, एलिसा (अक्टोबर १९, २०१७), "टेलर स्विफ्टले रेपुटेसन एल्बमको एकल गीत सार्वजनिक गरिने घोषणा गरिन्", एलि पत्रिका, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  4. केर्सन, सिरा (अक्टोबर १९, २०१७), "टेलर स्विफ्टको गोर्जियस गीत", बिलबोरड पत्रिका, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  5. "गोर्जियस गीत", आइट्युन्स, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  6. "गोर्जियस - टेलर स्विफ्ट", भिभो, अक्टोबर २०, २०१७, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  7. "जोर्जियस गीतमा बच्चाको आवाज समावेश", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर १०, २०१७ 
  8. "टेलर स्विफ्टको गोर्जियस गीत", टाइडल, अक्टोबर २०, २०१७, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  9. म्याकइनटायर, ह्युग (अक्टोबर २०, २०१७), "टेलर स्विफ्टले रेपुटेसन एल्बमबाट एक नयाँ गीत सार्वजनिक गरिन् '", फोर्बस्, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  10. बेइली, एलिस (अक्टोबर २०, २०१७), "टेलर स्विफ्ट र जो एलनको प्रेम कहानी", एलि पत्रिका, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  11. "टेलर स्विफ्ट - गोर्जियस", म्युजिक नोट डटकम, अन्तिम पहुँच अक्टोबर २१, २०१७ 
  12. ट्रस्ट, ग्रे (अक्टोबर ३०, २०१७), "टेलर स्विफ्टको गोर्जियस गीत डिजिटल चार्टको शीर्ष स्थानमा", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर ९, २०१७ 
  13. "पोस्ट मेलन र २१ स्याभेजको रकस्टार गीत चार्टको शीर्ष स्थानमा", अस्ट्रेलिया रेकर्ड उद्योग सङ्घ, अक्टोबर २८, २०१७, अन्तिम पहुँच नोभेम्बर ९, २०१७ 
  14. केलिन, जोसुवा (डिसेम्बर ८, २०१७), "जङ्गल ब्यास कार्यक्रममा टेलर स्विफ्ट र ब्याक स्ट्रिटब्वाइज", सिकागो ट्रुब्युन, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  15. "टेलर स्विफ्टले दिइन् एक ठूलो प्रत्यक्ष प्रस्तुति", क्यापिटल रेडियो, डिसेम्बर १०, २०१७, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  16. "टेलर स्विफ्टको प्रत्यक्ष प्रस्तुति", Independent.ie (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुन २३, २०१८ 
  17. "टेलर स्विफ्टको रेपुटेसन विश्व भ्रमण", बिलबोर्ड (अमेरिका), २२ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  18. "Australian-charts.com – टेलर स्विफ्ट – गोर्जियस" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- २ मे २०१८.
  19. "Austriancharts.at – टेलर।स्विफ्ट – गोर्जियस" (जर्मनेेेलीमा). Ö३ अस्ट्रिया शीर्ष ४० अन्तिम पहुँच मिति- १ नोभेम्बर २०१७.
  20. "Ultratop.be – टेलर स्विफ्ट – गोर्जियस" (नेदरल्यान्डेेेेेली भाषामा) अल्ट्राटिप अन्तिम पहुँच मिति- १८ नोभेम्बर २०१७.
  21. "Ultratop.be – टेलर स्विफ्ट – गर्जियस" (फ्रान्सेलीमा). Ultratip. अन्तिम पहुँच मिति- १८ डिसेम्बर २०१७.
  22. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=793 "टेलर स्विफ्ट – चार्ट इतिहास" क्यानडेली हट १०० टेलर स्विफ्ट. अन्तिम पहुँच मिति ३१ अक्टोबर २०१७.
  23. ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1242&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी टेलर स्विफ्ट. अन्तिम पहुँच मिति १५ नोभेम्बर २०१७.
  24. "ČNS IFPI" (चेकमा). Hitparáda – Digital Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 2017४३ into search. अन्तिम पहुँच मिति- ७ नोभेम्बर २०१७.
  25. "Offiziellecharts.de – टेलर स्विफ्ट – गोर्जियस" जिएफके इन्टरटेनमेन्ट तालिका अन्तिम पहुँच मिति २७ अक्टोबर २०१७.
  26. "Archívum – Slágerlisták – MAHASZ" (हङ्गेरीयाली भाषामा) हङ्गेरीयाली रेकर्ड कम्पनी सङ्घ, Magyar Hanglemezkiadók Szövetsége अन्तिम पहुँच २ नोभेम्बर २०१७.
  27. "Archívum – Slágerlisták – MAHASZ" (in Hungarian). Stream Top 40 slágerlista. Magyar Hanglemezkiadók Szövetsége. अन्तिम पहुँच मिति २ नोभेम्बर २०१७.
  28. "आरआइएमए – आइरिस चार्ट", आयरल्यान्ड रेकर्ड उद्योग सङ्घ, अन्तिम पहुँच २८ अक्टोबर २०१७ 
  29. "Italiancharts.com – टेलर स्विफ्ट – गोर्जियस" शीर्ष डिजिटल डाउनलोड अन्तिम पहुँच मिति २ मे २०१८.
  30. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=848 "टेलर स्विफ्ट – चार्ट इतिहास" जापानी हट १०० टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २१ नोभेम्बर २०१७.
  31. "टेलर स्विफ्ट - लेबनान टप २० आधिकारिक चार्ट", लेबनान टप २०, २७ नोभेम्बर २०१७, अन्तिम पहुँच १ डिसेम्बर २०१७ 
  32. "मलेसिया आधिकारिक चार्ट", मलेसिया रेकर्ड उद्योग सङ्घ, अन्तिम पहुँच ३ नोभेम्बर २०१७ 
  33. "Dutchcharts.nl – टेलर स्विफ्ट – गोर्जियस" (नेदरल्यान्डेेेेेलीमा) एकल शीर्ष १०० गीत अन्तिम पहुँच मिति २८ अक्टोबर २०१७.
  34. "Charts.org.nz – टेलर स्विफ्ट – गोर्जियस" शीर्ष ४० एकल अन्तिम पहुँच मिति २ मे २०१८.
  35. "Norwegiancharts.com – Taylor Swift – Gorgeous". भिजि-लिस्ता अन्तिम पहुँच मिति २ मे २०१८.
  36. "बिलबोर्ड पिएच हट १००", बिलबोर्ड फिलिपिन्स, अन्तिम पहुँच १४ नोभेम्बर २०१७ 
  37. "Portuguesecharts.com – टेलर स्विफ्ट – गोर्जियस" (एएफपी डिजिटल हट १०० गीत) अन्तिम पहुँच मिति ४ नोभेम्बर २०१७.
  38. "Archive Chart: 20171027" स्कटिस सिङ्गल टप ४० अन्तिम पहुँच मिति २८ अक्टोबर २०१७.
  39. "SNS IFPI" (स्टोभाकमा) ह्याटफ्रेड – एकल डिजिटल शीर्ष गीत Note: insert 201743 into search. अन्तिम पहुँच मिति ७ नोभेम्बर २०१७.
  40. "स्लोटप ५० – स्लोभेनिया आधिकारिक चार्ट कम्पनी", slotop50.si, अन्तिम पहुँच ३० अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-१८ मिति
  41. "Swedishcharts.com – टेलर स्विफ्ट – गोर्जियस". Singles Top 100. अन्तिम पहुँच मिति २ मे २०१८.
  42. "Swisscharts.com – टेलर स्विफ्ट – गर्जियस" स्विस् एकल तालिका अन्तिम पहुँच मिति३० अक्टोबर २०१७.
  43. "Archive Chart: 20171027" बेलायती एकल तालिका अन्तिम पहुँच मिति २८ अक्टोबर २०१७.
  44. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=379 "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड हट १०० for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति ३१ अक्टोबर २०१७.
  45. "टेलर स्विफ्ट - एरिया चार्ट इतिहास", अस्ट्रेलिया रेकर्ड उद्योग सङ्घ, ८ नोभेम्बर २०१८। 
  46. "अमेरिकी एकल प्रमाणपत्र", अमेरिकी रेकर्ड उद्योग सङ्घ, अन्तिम पहुँच २७ जुलाई २०१८ 
  47. "बेलायत एकल प्रमाणपत्रहरू", बेलायती फोनोग्राफीक उद्योग, अन्तिम पहुँच ११ डिसेम्बर २०१७ 
  48. "बीबीसी – रेडियो १ –", बीबीसी रेडियो १, मूलबाट १२ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]