घिमिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घिमिरे
भाषानेपाली
भाषाको उत्पत्तिखस भाषा
अन्य नाम
अर्थजैसी घिमिरे
यो पनि हेर्नुहोस्ढकाल, पौडेल, पोखरेल, खनाल, अर्याल, सुवेदी

घिमिरे भनेको कश्यप गोत्रको नेपालीहरूले प्रयोग गर्ने एउटा थर हो। घिमिरे 3 प्रकारका हुन्छ्नः बाहुन, क्षेत्री, कामी। यस जात कश्यप गोत्र अन्तर्गत पर्छ । यिनीहरु नेपालको पहाडी क्षेत्र र भारतमा बसोबास गर्छन। घिमिरे थर भएका कैयौँ नेपालीले कला, साहित्य, राजनिती, स्वास्थ्य, खेल्कुद लगायतका क्षेत्रमा उल्लेख्य योगदान गरेका छन् । घिमिरे दुई प्रकारका हुन्छन। एक प्रकारले गाई तिहारको विशेष दिन लक्ष्मी पुजा (औंसीको रात)को दिनमा पुजा गर्छन् तिनीहरूलाई चि-पखाला भने अर्का प्रकारले औंसीको भोलि पल्ट पुजा गर्छन तिनीहरु बुडी पोला हुन। यी बुडीपोला र चि-पखाला रहनुमा पनि विशेष कथा जोडीएको छ। कुनै समय घिमिरे एकै थिए। एक घिमिरे परिवारको पहाडमा घर थियो। जेठो छोरो गोठ हेर्न बेँसी बस्थ्यो त कान्छो लेक घरमा बिमारी आमाको हेरचाह गर्न बसेको थियो। आमा लेकमा खसिछीन (लक्ष्मी पुजाको) दिन बिहान खेर। उता जेठो छोरोलाई पत्तै भएन। उसले गाई पुजि सकेको थियो। अनि उसले आमाको चिता मात्र पखाल्न पाएको हुनाले चि-पखाला भनिएको हो र उता कान्छो छोरोले चाहिँ लास पोल्नु परेको हुनाले बुडिपोला भनिएको भन्ने उक्ती छ। अन्वेषक परशुराम घिमिरेका अनुसार नेपालमा करिब एक हजार वर्ष अघि नै घिमिरेहरुको बसोवास रहेको प्रमाणित भएको छ ।(पेज, घिमिरे प्रतिष्ठान,नेपाल)। घिमिरेहरुको बिबाह प्राय दाहाल हरुसँग हुन्छ ।

केही उल्लेखनीय घिमिरे हरु:[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

घिमिरे बंशावलि

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. "माधव प्रसाद घिमिरे को बारेमा", अन्तिम पहुँच ३० अक्टोबर २०११  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०११ मिति