कर्पस हेमोर्‍याजिकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्पस हेमोर्‍याजिकम स्त्री प्रजनन प्रणालीमा डिम्बाशयबाट डिम्ब उत्सर्जन हुनेबित्तिकै तर कर्पस ल्यूटम बनिसक्नु अघिको अवस्थामा देखिन्छ। फोलिकलको फोलिकुलर एन्ट्रमबाट डिम्ब र फोलिकुलर फ्लुड निस्कने क्रममा केही रक्तश्राब हुने भएकोले त्यो सरचनालाई कर्पस हेमोर्‍याजिकम भनिएको हो, जुन त्यसपछि क्रमश कर्पस ल्यूटममा विकसित हुन थाल्छ।