मोन्स प्यूबिस
मोन्स प्यूबिस | |
---|---|
![]() रौं सहितको महिलाको मोन्स प्यूबिसको दृष्य | |
विबरण | |
Precursor | Genital tubercle |
पहिचान | |
ल्याटिन | mons pubis |
TA | A09.2.01.002 |
एनाटोमीको आधारभूत मोडेल | 20218 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
मानव शरीररचनामा वा स्तनधारिहरूमा सामान्यतया, मोन्स प्यूबिस (ल्याटिन "pubic mound") वयस्क महिलाहरूको प्यूबिक हाडको माथी, प्यूबिक सिम्फाइसिसको अगाडि रहेको बोसोयुक्त तन्तुले बनेको भाग हो। यसलाई मोन्स भेनेरिज (ल्याटिन "mound of Venus") पनि भनिन्छ। मोन्स प्यूबिस योनीको अग्रभाग हो।
मोन्स प्यूबिसको आकार शरीरमा रहेको हार्मोन र बोसोको स्तर अनुसार फरक-फरक हुने गर्छ। यौवन अवस्था पछि यसको आकार बढ्नुका साथै यो रौंले ढाकिन्छ। यसले संभोगको क्रममा प्यूबिक हाडलाई संरक्षण प्रदान गर्दछ। महिलाहरूमा मोन्स प्यूबिस पुडेन्डल क्लेफ्टको दुवैतिर छुट्टिएर बाह्य भगोष्ठ बन्दछ र भित्री भगोष्ठ, भगांकुर, योनीद्वार र भल्बल भेस्टिब्युलका अन्य भागको वरिपरि रहेको हुन्छ। यौवन अवस्थाको शुरुवात सँग सँगै अलग ढिस्कोको आकारमा आउने कारण मोन्स प्यूबिसको बोसोयुक्त तन्तु एस्ट्रोजन प्रति संवेदनशील हुन्छ। यसले बाह्य भगोष्ठको अग्रभागलाई प्यूबिक हाडबाट बाहिर र टाढा धकेल्छ।
![]() |
संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |