योनीमार्ग
| Vagina | |
|---|---|
स्त्री प्रजनन प्रणालीमा योनीमार्ग | |
योनीमार्गको द्वार सहित योनी | |
| विबरण | |
| पहिचान | |
| ल्याटिन | Vagina |
| चिकित्सा विषय शीर्षकहरू | D014621 |
| TA | A09.1.04.001 |
| एनाटोमीको आधारभूत मोडेल | 19949 |
| शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू | |
योनीमार्ग स्त्री प्रजनन प्रणाली अन्तर्गत पर्ने रेशादार मांसपेशीले बनेको नलि आकारको अङ्ग हो। यो स्त्रीजातिका स्तनधारी प्राणीहरूको पाठेघर देखि योनीद्वार सम्म फैलिएको हुन्छ। मानिसमा महिलाको दुई तिघ्राको कापमा गुदद्वार र मुत्रमार्गको बीचमा अगाडिबाट माथि तिर उठ्दै पछाडि तिर लगभग ४५ डिग्री कोण बनाई तेर्सो परेको हुन्छ।
स्थान र संरचना
१ - क्लिटोरिस हुड, २ - भगांकुर,
३ - मूत्रद्वारको छिद्र, ४ - योनिमार्ग,
५ - बाहिरी भगोष्ठ, ६ - भित्री भगोष्ठ, ७ - गुद्वार]]
योनिको बाहिर देखिने भागलाई योनी वा भग भनिन्छ। यो दुई तिघ्रा बिच तलतिर रहेको मूत्रद्वार तथा प्रजनन अङ्ग हो। बयस्क महिलामा यो चारैतिरबाट रौँ ले घेरिएको हुन्छ। यो छालाको धेरै तह मिलेर बनेको हुन्छ, जसले भित्री अङ्गहरूलाई सुरक्षा प्रदान गर्दछ। योनिमार्ग पाठेघरको मुखदेखि योनिको बाहिरी भाग सम्म लगभग ८ देखि १० सेमी लामो नली हो जुन मूत्राशय र मूत्रमार्गको पछाडि तथा मलाशय एंवम् गुद्दार को अगाडि रहेको हुन्छ। एक वयस्क स्त्रीमा योनीको पछिल्लो भाग उसको अगिल्लो भाग भन्दा धेरै लामो हुन्छ र पाठेघरको साथ समकोण बनाउछ।
योनीको भित्ताहरू मुख्यतः चिल्ला मांशपेशी र फाइब्रोइलास्टिक यौन उत्पेरकले बनेको हुन्छ। सामान्य अवस्थामा योनीको भित्ताहरू आपसमा टाँसिएर रहने गर्छन् संभोग क्रियाको बेलामा लिंग प्रबेश हुदा यिनीहरू अलगिन्छन्।
योनिको अम्लीय वातावरण शुक्राणुहरूको प्रतिकुल हुन्छ तर पुरुषको लिंग ग्रंथिबाट निस्कने पदार्थ क्षारीय हुन्छ, जसले योनिको अम्लियपनलाई निष्क्रिय गर्नमा मदत गर्छ।