स्वामी प्रपन्नाचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वामी प्रपन्नाचार्य

डा स्वामी प्रपन्नाचार्य हिन्दु धर्मका एक महान् सन्त थिए। वि.सं. १९८० मा नेपालको पाँचथर जिल्लामा जन्म लि ३० वर्ष सम्म काले राई नाम जानिएक उनी विद्याका लागि बनारस गएर वेदान्त विषयबाट विद्यावारिधि प्राप्त गरेका थिए।

जीवनी[सम्पादन गर्नुहोस्]

पाँचथर जिल्लाको लालीखर्क वरडाँडामा वि.सं. १९८० मा जन्मिएका प्रपन्नाचार्य सुरुमा काले राई नामले चिनिन्थे। ३० वर्षका छँदा उनी अध्ययनका लागि भारतको बनारस गएका थिए। बनारस संस्कृत विश्वविद्यालयबाट वेदान्त शास्त्र विषयमा आचार्य र विद्यावारिधि गरेका उनी सन्यास ग्रहण गरी स्वामी प्रपन्नाचार्य भएका हुन्। उनका प्रकाशित पुस्तक यसप्रकार छन् :[१][२]

निधन[सम्पादन गर्नुहोस्]

डा स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा २०७२ भदौ ४ गते बिहान पशुपतिको मृगस्थलीमा निधन भएको थियो।[३]

पुस्तकहरू[सम्पादन गर्नुहोस्]

१.सम्मार्ग दर्शन (०३३)
२.प्रचीन हिन्दुविज्ञान (२०३६)
३.वेदमा के छ ?(२०३७)
४.पद्मस्मृति ग्रन्थ (सं.२०४०)
५.किराँतहरू मङ्गोलियाबाट आएका शरणार्थी होइनन् (२०४७)
६.भावामृत व्याख्या (सं.२०४९)
७.काले राईका क्वाँटी कविता (२०५०)
८.प्राचीन किराँत इतिहास (२०५१)
९.मानव अधिकार हनन के हो ? (२०५१)
१०.कार्तविर्योदय महाकाव्य (सुकृतिदत्तकृत सं. २०५१)
११.योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ (सं.२०५४)
१२.महागुरु फागुनन्द सरस्वती सत्यहाङ्माको जीवनी (२०५४)
१३.संक्षेपमा मेरो जीवनयात्रा (२०५९)

विद्याक्षेत्र[सम्पादन गर्नुहोस्]

खोज, अनुसन्धान र विवेचनामा रुचि राख्ने विद्वान् प्रपन्नाचार्यले नेपाली जनजीवनमा प्रचीन आर्यदर्शन प्रस्तुत गर्ने कार्यमा निकै ठुलो योगदान गरेका छन्। संस्कृत, नेपाली र हिन्दी तिनै भाषामा उनका गहन ग्रन्थहरू छन्। गुणराज, पाणिनी, आदि शंकराचार्य, ज्ञानविज्ञान आदि पुरस्कारद्वारा पुरस्कृत तथा सम्मानित प्रपन्नाचार्य हाम्रो हिन्दु धर्मसंस्कृति आधुनिक विज्ञानसँग समन्वित छ भन्ने विचार व्यक्त गर्दछन्। उमेरमै घर छाडेर तपस्वी जीवन बिताउने प्रपन्नाचार्यले वेदमा विद्यावारिधि गरेर ब्राह्मणले मात्र वेद पढ्नुहुन्छ भन्ने कुरालाई असत्य प्रमाणित गरिदिएका छन्। यसरी हेर्दा उनी ब्राह्मणका पनि ब्राह्मण हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:स्रोत

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

  1. भट्टराई घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ लष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  2. मदन पुरस्कार
  3. अन्नपूर्णापोस्टमा छापिएको खबर वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-२३ मिति