स्वामी प्रपन्नाचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

डा स्वामी प्रपन्नाचार्य
Swami prapannacharya.jpg
तस्वीरमा प्रपन्नाचार्य…
उपनाम:काले राई
जन्म: १९८० कात्तिक ३ [१]
पाँचथर कालीखर्क बरडाँडा
मृत्यु:२०७२ भदौ ४
काठमाण्डौ  नेपाल
कार्यक्षेत्र:
राष्ट्रियता:नेपाली
भाषा:नेपाली
काल:विक्रम सम्बत
विषय:वेदान्त
पुरस्कार:मदन पुरस्कार
आधात्मिक नेता

डा स्वामी प्रपन्नाचार्य हिन्दू धर्मका एक महान् सन्त थिए ।विसं १९८० मा नेपालको पाँचथर जिल्लामा जन्म लि ३० बर्ष सम्म काले राई नाम जानिएक उनी विद्याका लागि बनारस गएर वेदान्त विषयबाट विद्यावारिधि प्राप्त गरेका थिए ।

जीवनी[सम्पादन गर्ने]

पाँचथर जिल्लाको लालीखर्क वरडाँडामा वि.सं. १९८० मा जन्मिएका प्रपन्नाचार्य सुरुमा काले राई नामले चिनिन्थे। ३० वर्षका छँदा उनी अध्ययनका लागि भारतको बनारस गएका थिए। बनारस संस्कृत विश्वविद्यालयबाट वेदान्त शास्त्र विषयमा आचार्य र विद्यावारिधि गरेका उनी सन्यास ग्रहण गरी स्वामी प्रपन्नाचार्य भएका हुन्। उनका प्रकाशित पुस्तक यसप्रकार छन् :[२] [३]

निधन[सम्पादन गर्ने]

डा स्वामी प्रपन्नाचार्यको ९२ बर्षको उमेरमा २०७२ भदौ ४ गते बिहान पशुपतिको मृगस्थलीमा निधन भएको थियो ।[४]

पुस्तकहरू[सम्पादन गर्ने]

१.सम्मार्ग दर्शन (०३३)
२.प्रचीन हिन्दूविज्ञान (२०३६)
३.वेदमा के छ ?(२०३७)
४.पद्मस्मृति ग्रन्थ (सं.२०४०)
५.किरातहरू मङ्गोलियाबाट आएका शरणार्थी होइनन् (२०४७)
६.भावामृत व्याख्या (सं.२०४९)
७.काले रार्इका क्वाँटी कविता (२०५०)
८.प्राचीन किरात इतिहास (२०५१)
९.मानव अधिकार हनन के हो ? (२०५१)
१०.कार्तविर्योदय महाकाव्य (सुकृतिदत्तकृत सं. २०५१)
११.योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ (सं.२०५४)
१२.महागुरु फाल्गुनन्द सरस्वती सत्यहाङ्माको जीवनी (२०५४)
१३.संक्षेपमा मेरो जीवनयात्रा (२०५९)

विद्याक्षेत्र[सम्पादन गर्ने]

खोज, अनुसन्धान र विवेचनामा रुचि राख्ने विद्वान् प्रपन्नाचार्यले नेपाली जनजीवनमा प्रचीन आर्यदर्शन प्रस्तुत गर्ने कार्यमा निकै ठूलो योगदान गरेका छन् । संस्कृत, नेपाली र हिन्दी तिनै भाषामा उनका गहन ग्रन्थहरू छन् । गुणराज, पाणिनी, आदि शंकराचार्य, ज्ञानविज्ञान आदि पुरस्कारद्वारा पुरस्कृत तथा सम्मानित प्रपन्नाचार्य हाम्रो हिन्दु धर्मसंस्कृति आधुनिक विज्ञानसँग समन्वित छ भन्ने विचार व्यक्त गर्दछन् । उमेरमै घर छाडेर तपस्वी जीवन बिताउने प्रपन्नाचार्यले वेदमा विद्यावारिधि गरेर ब्राह्मणले मात्र वेद पढ्नुहुन्छ भन्ने कुरालार्इ असत्य प्रमाणित गरिदिएका छन् । यसरी हेर्दा उनी ब्राह्मणका पनि ब्राह्मण हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. avenues.tv
  2. भट्टरार्इ घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौं लष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  3. मदन पुरस्कार
  4. अन्नपूर्णापोस्टमा छापिएको खबर

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]