एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना
दुर्घटना | |
---|---|
मिति | ७ अगस्ट २०२० |
सारांश | वर्षाका कारण अवतरणको क्रममा चिप्लिएको |
स्थल | कालिकट अन्तर्राष्ट्रिय विमानस्थल, करिपुर, केरल, भारत ११°०७′५९″उ॰ ७५°५८′१४″पू॰ / ११.१३३०६°N ७५.९७०५६°E |
विमान | |
विमानको प्रकार | बोइङ-३७३ |
सञ्चालक | एअर इन्डिया एक्सप्रेस |
आइएटिए उडान सं. | IX1344 |
आइसिएओ उडान सं. | AXB1344 |
परिचयक चिह्न | EXPRESS INDIA 1344 |
दर्ता नम्बर | भिटी-एएक्सएच[१] |
विमान उडान | दुबई अन्तर्राष्ट्रिय विमानस्थल, दुबई, संयुक्त अरब इमिरेट्स |
गन्तव्य | कालिकट अन्तर्राष्ट्रिय विमानस्थल, करिपुर, केरल, भारत |
सिट सङ्ख्या | १९१ |
यात्रुहरू | १८४ |
चालक दल | ६ |
मृत्यु | १९ |
घाइतेहरू | १३७ |
जोगिन सफल | १७२ |
एअर इन्डियाको एक्सप्रेस विमान १३४४ ले सन् २०२० अगस्ट ७ का दिन दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको केरल अन्तर्गत पर्ने कोझिकोड सहरको कालिकट अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडान भरेको थियो।[२][३] कालिकट अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई अवतरण गराउने क्रममा उक्त विमानको चक्का चिप्लिएर एक खोल्सामा खसेको थियो जसकारण विमानका विभिन्न पाटपूर्जाहरू ध्वस्त भएका थिए भने उक्त विमान पनि दुर्घटनाग्रस्त बनेको थियो।[४] यस विमानमा १८५ यात्रीहरू र ६ चालक दलका सदस्यहरू गरी कुल १९१ व्यक्तिहरू सवार रहेका थिए।[५] यस भयानक दुर्घटनामा दुवै विमान चालकसहित १७ यात्रुहरूको मृत्यु भएको थियो।[६][७][८][९]
उडान तथा दुर्घटना
[सम्पादन गर्नुहोस्]भारतीय वायुसेवा निगमको यो जहाज बोइङ ७३७-८एचजी थियो जसको विमान दर्ता सङ्ख्या भिटि-एएक्सएच र उत्पादन क्रमशः सङ्ख्या ३६३२३ थियो।[१०] यस विमानले पहिलोपटक सन् २००६ नोभेम्बर १५ का दिन उडान भरेको थियो भने उत्पादन मितिका हिसाबले यस विमान १३.७ वर्ष पुरानो थियो।[११] यस विमानका प्रमुख चालक सेनापति कप्तान दीपक वसन्त साठेले थिए जो एअर इन्डिया एक्सप्रेसमा भर्ती हुनु अघि भारतीय वायुसेनाका एक परीक्षण विमान चालक थिए भने यस विमानका सह चालक कप्तान अखिलेश कुमार थिए।[१२]
यस विमानले सन् २०२० अगस्ट ७ का दिन १८ बजेर १४ मिनेट जाँदा (सन् २०२० अगस्ट ७, १३:१४ अन्तर्राष्ट्रिय मानक समय) दुबईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो भने यस विमान १९ बजेर ४० मिनेट जाँदा गन्तव्य स्थान केरलाको कोझिकोड अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने भनिएको थियो। यस विमानलाई कोरोना विषाणु महामारीका समयमा विदेशमा फसिरहेका भारतीय नागरिकहरूलाई स्वदेश फिर्ता गराउनका लागि बन्दे भारत परियोजना अन्तर्गत उडान गराइएको थियो।[१३] यस विमानमा यात्रु सवार भैसकेपछि यसलाई समयमानै चलाइएको थियो भने गाडाउँदै धवनमार्गमा एक चक्कर लगाएपछि यस विमानलाई सहि समयमा उडाइएको थियो। त्यसदिन भारतको केरलामा ठूलो पानी परिरहेका कारण मौसम सफा थिएन।[१४] यस विमान गन्तव्य स्थानमा पुगेर अवतरण गर्ने बेलामा पानी परिरहेका कारण चिप्लिएर एक ३० फुट गहिरो खोल्सामा पुगि दुर्घटनाग्रस्त बनेको थियो जसकारण यस विमान दुई टुक्र भएको थियो। त्यति गहिरो खोल्सामा दुर्घटनाग्रस्त हुँदा पनि विमानमा आगलागीको कुनै समाचार बाहिर आएको थिएन।[१५]
हताहत
[सम्पादन गर्नुहोस्]यस विमानमा चालक दलका सात सदस्यहरू।सहित कुल १८९ यात्रुहरू सवार थिए।[१६] यस विमान दुर्घटनाका कारण १७ यात्रुहरूको मृत्यु भएको थियो भने ४६ जना गम्भीर घाइते भएका थिए। यस विमान दुर्घटना पश्चात् सरकारले आपतकालीन स्थितिको घोषणा गर्दै एक सहायता कक्ष स्थापना गरेको थियो[१७]। गम्भीर घाइतेहरूलाई सोहि दिन नजिकको अस्पतालमा पुर्याइएको थियो भने मृत्युहुनेहरूमा चालक दलका दुई सदस्यहरू पनि रहेका थिए। यस बाहेक यस विमानमा १० नवजात शिशुहरू पनि सवार थिए। [१८]
मृत्यु | बाँच्न सफल | जम्मा | ||||
---|---|---|---|---|---|---|
यात्रुहरू | चालकदल | जम्मा | यात्रुहरू | चालकदल | जम्मा | |
१७ | २ | १८ | १६८ | ४ | १७२ | १९१ |
उद्धार तथा प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]यो विमान दुर्घटनाग्रस्त भएपछि नागरिक उड्डयन महानिर्देशकले घटनाको विस्तृत जाँच तथा अनुसन्धान गर्ने आदेश दिएका थिए। यस घटनालाई लिएर केरलका मुख्यमन्त्री पिनाराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका थिए। मुख्यमन्त्री कार्यालयको एक सूत्रका अनुसार मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गरेका थिए भने प्रधानमन्त्रीले केन्द्रको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।[१९] केरल राज्यका मुख्यमन्त्री विजयनले राहत अभियानमा समन्वय गर्नका लागि राज्यमन्त्री एसी मोईदीनलाई तैनाथ गरेका थिए।[२०] राहत कार्यलाई नियमन गर्नका लागि एक अधिकारीलाई तैनाथ गरिएको थियो भने कोझिकोड जिल्ला र मल्लप्पुरम जिल्लाका अग्निनियन्त्रक र सुरक्षाकर्मीहरू राहत कार्यमा लागि परेका थिए।[२१] कोझिकोड मेडिकल क्याम्पसबाट प्राप्त जानकारी अनुसार, उक्त क्याम्पसमा गम्भीर घाइतेहरूलाई थप उपचारका लागि भर्ना गरिएको थियो। स्वास्थ्य मन्त्रीका अनुसार विमान दुर्घटना पश्चात् घाइते भएका यात्रुहरू मध्ये बालबालिकाको स्थिति अझै नाजुक छ।[२२]
यस घटनालाई लिएर भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका थिए। गृहमन्त्री शाहले 'केरलको कोझिकोडमा एअर इन्डिया एक्सप्रेस विमानको दुःखद दुर्घटनाको बारेमा जानेर म निकै दुःखित बनेको छु। मैले एनडिआरएफको दललाई यथाशीघ्र घटनास्थलमा पुगि राहत कार्यमा जुट्नका लागि निर्देशन दिएको छु' भन्दै एक ट्विट लेखेका थिए।[२३] दुर्घटना पश्चात् दुबईमा भारतको महावाणिज्य दूतावासले आकस्मिक सम्पर्क नम्बर जारी गरेको थियो। भारतका राष्ट्रपति राम नाथ कोविन्द, उप राष्ट्रपति वेङ्कैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरू तथा अन्य नेताहरूले घटनाप्रति दुःख प्रकट गरेका थिए।[२४] भारतीय राष्ट्रिय काङ्ग्रेसका राहुल गान्धीले 'कोझिकोडमा विमानको दुर्घटनाग्रस्त भएको विनाशकारी खबरले म चिन्तित छु। यस दुर्घटनामा मृतकका परिवार एवम् साथीहरू प्रति गहरी संवेदना प्रकट गर्दछु। घाइते भएकाहरूको शीघ्र स्वस्थलाभको कामना गर्दछु।' भन्दै एक ट्विट लेखेका थिए।[२५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "एअर इन्डियाको उडान १३४४"। एभिएसन सेफ्टी।
- ↑ "एअर इन्डिया विमान दुर्घटना : दुई विमान चालकसहित १७ जनाको मृत्यु", News of Nepal (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-०८।
- ↑ "കരിപ്പൂര് വിമാനപകടം ; യാത്രക്കാരുടെ പട്ടിക ഇങ്ങനെ"। ७ अगस्ट २०२०।
- ↑ "കരിപ്പൂരിൽ അപകടത്തിൽപ്പെട്ട വിമാനത്തിലെ യാത്രക്കാരുടെ ലിസ്റ്റ്"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "കരിപ്പൂരില് വിമാനം റണ്വേയില്നിന്ന് തെന്നിമാറി രണ്ടായിപിളര്ന്നു:മരണം ആയി"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "സംസ്ഥാനത്തെ അണക്കെട്ടുകള് സുരക്ഷിതം; തുറക്കേണ്ട സാഹചര്യമില്ല - കെഎസ്ഇബി ചെയര്മാന്"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ सेतोपाटी, एजेन्सी, "एयर इन्डियाको जहाज दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु (अपडेट)", सेतोपाटी, अन्तिम पहुँच २०२०-०८-०८।
- ↑ "दक्षिण भारतको केरलामा दुबईबाट आएको यात्रुवाहक विमान दुर्घटना" (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-०८।
- ↑ "दुई टुक्रा भएर दुर्घटना भयो भारतीय विमान", KathmanduToday.com (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-०८।
- ↑ "കരിപ്പൂര് വിമാനപകടം ; യാത്രക്കാരുടെ പട്ടിക ഇങ്ങനെ"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "കരിപ്പൂർ വിമാനാപകടം: തകർന്ന ദുബായ്-കോഴിക്കോട് എയർ ഇന്ത്യ വിമാനത്തിലെ യാത്രക്കാരുടെ ലിസ്റ്റ്"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "വിക്കിഗ്രന്ഥശാല"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "ভেঙে পড়ার আগে বারবার এয়ারপোর্টের ওপরে চক্কর কেটেছিল এয়ার ইন্ডিয়ার বিমান"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "ভেঙে পড়ার আগে বারবার এয়ারপোর্টের ওপরে চক্কর কেটেছিল এয়ার ইন্ডিয়ার বিমান"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "কেরালায় এয়ার ইন্ডিয়ার উড়োজাহাজ দুই টুকরো, নিহত অন্তত ১৪"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "কেরালা বিমান দুর্ঘটনা: এয়ার ইন্ডিয়ার যাত্রীবাহী বিমান দুই টুকরো, মারা গেছে ১৮ জন, বহু আহত"। বিবিসি বাংলা। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "কেরালা বিমান বিপর্যয়ে তদন্ত কমিটি গঠন কেন্দ্রের"।
- ↑ "ভারতের কেরালার বিমান দুর্ঘটনায় বহু হতাহত"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "കരിപ്പൂര് വിമാനാപകടം: എയർ ഇന്ത്യ വിമാനത്തിലുണ്ടായിരുന്നത് 191 പേർ: 10 കുട്ടികളും വിമാനത്തിൽ!!"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "കരിപ്പൂരിൽ റൺവേയിൽ നിന്ന് തെന്നിമാറി വിമാനം താഴേക്ക് പതിച്ചു; പൈലറ്റടക്കം 18 പേർ മരിച്ച"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "കരിപ്പൂരിൽ വിമാനം രണ്ടായി പിളർന്നു, നിരവധിപ്പേർക്ക് ഗുരുതര പരിക്കുണ്ട്', എന്ന് കൊണ്ടോട്ടി സിഐ..."। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ "ആളുകളെ രക്ഷിക്കാൻ സഹായിച്ച എയർപ്പോർട്ട് സമീപവാസിയുടെ കുറിപ്പ്"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ Amit Shah [@AmitShah] (अगस्ट ७, २०२०), "Distressed to learn about the tragic accident of Air India Express aircraft in Kozhikode, Kerala. Have instructed NDRF to reach the site at the earliest and assist with the rescue operations." (ट्विट), अन्तिम पहुँच अगस्ट ७, २०२० – ट्विटरद्वारा।
- ↑ "കരിപ്പൂരിൽ വിമാനം റൺവേയിൽ നിന്നും തെന്നിമാറി ഇടിച്ച് പിളർന്നു; പൈലറ്റടക്കം 18 പേർ മരിച്ചു!"। सङ्ग्रह मिति ७ अगस्ट २०२०।
- ↑ RG [@RahulGandhi] (अगस्ट ७, २०२०), "Shocked at the devastating news of the plane mishap in Kozhikode. Deepest condolences to the friends and family of those who died in this accident. Prayers for the speedy recovery of the injured." (ट्विट), अन्तिम पहुँच अगस्ट ७, २०२० – ट्विटरद्वारा।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- भारतीय विमान दुर्घटनाको अद्यावधिक जानकारी वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१२ मिति - एअर इन्डिया एक्सप्रेस
- विमान दुर्घटनाको जानकारी: एअर इन्डिया एक्सप्रेस