एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने खेलाडीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतका रोहित शर्मा एकमात्र खेलाडी हुन जसले एकदिवसीय अन्तर्राष्ट्रियमा १ पल्ट भन्दा बढी दोहोरो शतक (२०० वा सो भन्दा बढी रन) बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा दोहोरो शतक (२०० वा सो भन्दा बढी रन) विभिन्न ५ जना खेलाडीहरूले ६ पल्ट बनाउन सफल भएका छन् । यी खेलाडीहरू टेस्ट खेल्ने राष्ट्रहरू मध्ये तीनवटा राष्ट्रहरू (भारत, वेस्ट इन्डिज, न्युजिल्यान्ड)बाट छन् ।[१] अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्काजिम्बाब्वेका कुनै पनि खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा दोहोरो शतक बनाउन सकेका छैनन् ।[१]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो दोहोरो शतकको किर्तिमान भारतीय खेलाडी सचिन तेन्दुलकरको नाममा रह्यो । उनले २०१० को दक्षिण अफ्रिका विरुद्धको द्विपक्षीय शृङ्खलाको दोस्रो एकदिवसीयमा यो सफलता प्राप्त गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने ब्याट्सम्यानको संख्या ह्याट्रिक गर्ने बलरको संख्या भन्दा ज्यादै कम छ । २०१५ को अक्टोबर सम्म ६ दोहोरो शतक विरुद्ध ३९ ह्याट्रिकको अवस्था छ ।[२] दोहोरो शतक प्रहार सबैभन्दा बढी खेलाडी भारतका छन् । क्रिकेट विश्वकपमा २ वटा दोहोरो शतकहरू बनेका छन् । यी दुवै दोहोरो शतकहरू २०१५ को संस्करणमा बनेका हुन् ।

संकेतहरू[सम्पादन गर्नुहोस्]

  • * ले ब्याट्सम्यान अविजित रहेको जनाउँछ ।
  • रन ले ब्याट्सम्यानले बनाएको रनलाई जनाउँछ ।
  • S/R ले ब्याट्सम्यानको स्ट्राइक रेट लाई जनाउँदछ ।(१०० बलमा बन्ने औषत रन)
  • इनिङ ले ब्याट्सम्यानले दोहोरो शतक बनाएको टिमको इनिङलाई जनाउँछ ।
  • मिति ले खेल सुरु भएको मितिलाई जनाउँछ ।
  •   dagger  ले त्यो समयको भएको सबैभन्दा बढी ओडिआइ ब्यक्तिगत रनलाइ जनाउँछ ।
  •      ले विश्वकपमा दोहोरो शतक बनेको हो भन्ने जनाउँछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने खेलाडीहरूको सूची[सम्पादन गर्नुहोस्]

एकदिवसीय क्रिकेटमा दोहोरो शतकहरूको सूची[१]
क्र.सं. रन ब्याट्सम्यान S/R इनिङ राष्ट्र विरुद्ध ओडिआइ स्थान मिति
२००* dagger तेन्दुलकर, सचिनसचिन तेन्दुलकर[१] १३६.०५  भारत  दक्षिण अफ्रिका दोस्रो Captain Roop Singh Stadium, Gwalior, India २४ फेब्रुअरी २०१०
२१९ dagger सहवाग, वीरेन्द्रवीरेन्द्र सहवाग[२] १४६.९८  भारत  वेस्ट इन्डिज चौथो होल्कार स्टेडेयम, इन्दौर, भारत ८ डिसेम्बर २०११
२०९ शर्मा, रोहितरोहित शर्मा[३] १३२.२८  भारत  अस्ट्रेलिया सातौँ M. Chinnaswamy Stadium, Bangalore, India २ नोभेम्बर २०१३
२६४ dagger शर्मा, रोहितरोहित शर्मा[४] १५२.६०  भारत  श्रीलङ्का चौथो एडेन गार्डेन, कोलकाता, भारत १४ नोभेम्बर २०१४
२१५ गेल, क्रिसक्रिस गेल[५] १४६.३०  वेस्ट इन्डिज  जिम्बाब्वे समूह चरणको १५औं खेल मनुका ओभल, क्यानबेरा, अस्ट्रेलिया २४ फेब्रुअरी २०१५
२३७* गुप्टिल, मार्टिनमार्टिन गुप्टिल[६] १४५.४०  न्युजिल्यान्ड  वेस्ट इन्डिज चौथो क्वाटरफाइनल Wellington Regional Stadium, Wellington, New Zealand २१ मार्च २०१५

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

नोटहरू[सम्पादन गर्नुहोस्]

  1. ^ पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा ४०१ रन बनायो । तेन्दुलकरले दोस्रो विकेटका लागि दिनेश कार्तिक (७९) सँग १९६, तेस्रो विकेटका लागि युसुफ पठान (३६) सँग ८१ र चौथो विकेटका लागि महेन्द्र सिंह धोनी (६८*) सँग अविजित १०१ रनको साझेदारी गरे । यो म्याच भारतले १५३ रनले जित्यो । दोस्रो इनिङमा एबी डि भिलियर्सले ११४* रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । यस खेलमा तेन्दुल्कर एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बने । उनले २०० रन बनाउन १४७ बल लगाएका थिए ।[३]
  2. ^ पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ४१८ रन बनायो । सहवागले पहिलो विकेटका लागि गौतम गम्भीर (६७) सँग १७६ र दोस्रो विकेटका लागि सुरेश रैना (५५) सँग रनको साझेदारी गरे । यो म्याच भारतले १५३ रनले जित्यो । दोस्रो इनिङमा दिनेश रम्दिनले ९६ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् । चौकाबाट पूरा भएको यो पहिलो दोहोरो शतक हो ।[४]
  3. ^ पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा ३८३ रन बनायो । रोहित शर्माले पहिलो विकेटका लागि शिखर धवन (६०) सँग ११२, दोस्रो विकेटका लागि सुरेश रैना (२८) सँग ७२ रन र तेस्रो विकेटका लागि महेन्द्र सिंह धोनी (६२) सँग १६७ रनको साझेदारी गरे । यो म्याच भारतले ५७ रनले जित्यो । दोस्रो इनिङमा जेम्स फौउकनरले ११६ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् । यो छक्काबाट पूरा भएको एकमात्र दोहोरो शतक हो ।[५]
  4. ^ पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ४१८ रन बनायो । रोहित शर्माले तेस्रो विकेटका लागि विराट कोहली (६६) सँग २०२ र रोबिन उथाप्पा (१६*) सँग १२८ रनको साझेदारी गरे । यो म्याच भारतले १५३ रनले जित्यो । दोस्रो इनिङमा श्रीलङ्का मात्र २५१ रन बनाएर अलआउट भयो । यो म्याच पछि शर्मा एकदिवसीय अन्तर्राष्ट्रियमा एकभन्दा बढी दोहोरो शतक बनाउने एकमात्र खेलाडी बने । यो चौकाबाट पूरा भएको दोस्रो दोहोरो शतक हो ।[६]
  5. ^ पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २ विकेटको क्षतिमा ३७२ रन बनायो । गेलले दोस्रो विकेटका लागि मार्लोन स्यामुयल्स (१३३*) सँग ३७२ रनको साझेदारी गरे । वर्षा बाधक बनेपछि जिम्बाब्वे ४८ ओभरमा ३६३ रनको नयाँ लक्ष्य पायो । यो म्याच वेस्ट इन्डिजले ७३ रनले जित्यो । गेल विश्वकप क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । गेल र स्यामुयल्स बीच भएको ३७२ रनको साझेदारी एकदिवसीय क्रिकेटमा कुनैपनि विकेटका लागि भएको सबैभन्दा ठुलो साझेदारी हो । यो चौकाबाट पूरा भएको तेस्रो दोहोरो शतक हो ।[७]
  6. ^ पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३९३ रन बनायो । गुप्टिलले दोस्रो विकेटका लागि केन विलियम्सन (३३) सँग ६२ रन, तेस्रो विकेटका लागि रास टेलर (४२) सँग १४३ र चौथो विकेटका लागि ग्रन्ट इलियट (२७) सँग ५५ रनको साझेदारी गरे । यो म्याच न्युजिल्यान्डले १४३ रनले जित्यो । गेल विश्वकप क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । गुप्टिलको यो दोहोरो शतक विश्वकपको नकआउट चरणको पहिलो दोहोरो शतक हो । यो चौकाबाट पूरा भएको चौथो दोहोरो शतक हो ।[८]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Records /One-Day Internationals/ Batting records/Most runs in an innings", ESPNcricinfo, अन्तिम पहुँच १७ 
  2. "Records / One-Day Internationals / Bowling records / Hat-tricks", ESPNcricinfo, अन्तिम पहुँच १९ अगस्ट २०१५ 
  3. "South Africa tour of India, 2nd ODI: India v South Africa at Gwalior, Feb 24, 2010", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  4. "West Indies tour of India, 4th ODI: India v West Indies at Indore, Dec 8, 2011", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  5. "Australia tour of India, 7th ODI: India v Australia at Bangalore, Nov 2, 2013", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  6. "Sri Lanka tour of India, 4th ODI: India v Sri Lanka at Kolkata, Nov 13, 2014", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  7. "ICC Cricket World Cup, 15th Match, Pool B: West Indies v Zimbabwe at Canberra, Feb 24, 2015", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  8. "ICC Cricket World Cup, 4th Quarter-Final: New Zealand v West Indies at Wellington, Mar 21, 2015", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]