सामग्रीमा जानुहोस्

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने खेलाडीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतका रोहित शर्मा एकमात्र खेलाडी हुन जसले एकदिवसीय अन्तर्राष्ट्रियमा १ पल्ट भन्दा बढी दोहोरो शतक (२०० वा सो भन्दा बढी रन) बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा दोहोरो शतक (२०० वा सो भन्दा बढी रन) विभिन्न ५ जना खेलाडीहरूले ६ पल्ट बनाउन सफल भएका छन् । यी खेलाडीहरू टेस्ट खेल्ने राष्ट्रहरू मध्ये तीनवटा राष्ट्रहरू (भारत, वेस्ट इन्डिज, न्युजिल्यान्ड)बाट छन् ।[] अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्काजिम्बाब्वेका कुनै पनि खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा दोहोरो शतक बनाउन सकेका छैनन् ।[]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो दोहोरो शतकको किर्तिमान भारतीय खेलाडी सचिन तेन्दुलकरको नाममा रह्यो । उनले २०१० को दक्षिण अफ्रिका विरुद्धको द्विपक्षीय शृङ्खलाको दोस्रो एकदिवसीयमा यो सफलता प्राप्त गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने ब्याट्सम्यानको संख्या ह्याट्रिक गर्ने बलरको संख्या भन्दा ज्यादै कम छ । २०१५ को अक्टोबर सम्म ६ दोहोरो शतक विरुद्ध ३९ ह्याट्रिकको अवस्था छ ।[] दोहोरो शतक प्रहार सबैभन्दा बढी खेलाडी भारतका छन् । क्रिकेट विश्वकपमा २ वटा दोहोरो शतकहरू बनेका छन् । यी दुवै दोहोरो शतकहरू २०१५ को संस्करणमा बनेका हुन् ।

  • * ले ब्याट्सम्यान अविजित रहेको जनाउँछ ।
  • रन ले ब्याट्सम्यानले बनाएको रनलाई जनाउँछ ।
  • S/R ले ब्याट्सम्यानको स्ट्राइक रेट लाई जनाउँदछ ।(१०० बलमा बन्ने औषत रन)
  • इनिङ ले ब्याट्सम्यानले दोहोरो शतक बनाएको टिमको इनिङलाई जनाउँछ ।
  • मिति ले खेल सुरु भएको मितिलाई जनाउँछ ।
  •   dagger  ले त्यो समयको भएको सबैभन्दा बढी ओडिआइ ब्यक्तिगत रनलाइ जनाउँछ ।
  •      ले विश्वकपमा दोहोरो शतक बनेको हो भन्ने जनाउँछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने खेलाडीहरूको सूची

[सम्पादन गर्नुहोस्]
एकदिवसीय क्रिकेटमा दोहोरो शतकहरूको सूची[]
क्र.सं. रन ब्याट्सम्यान S/R इनिङ राष्ट्र विरुद्ध ओडिआइ स्थान मिति
२००* daggerसचिन तेन्दुलकर१३६.०५ भारत दक्षिण अफ्रिकादोस्रोCaptain Roop Singh Stadium, Gwalior, India२४ फेब्रुअरी २०१०
२१९ daggerवीरेन्द्र सहवाग१४६.९८ भारत वेस्ट इन्डिजचौथोहोल्कार स्टेडेयम, इन्दौर, भारत८ डिसेम्बर २०११
२०९रोहित शर्मा१३२.२८ भारत अस्ट्रेलियासातौँM. Chinnaswamy Stadium, Bangalore, India२ नोभेम्बर २०१३
२६४ daggerरोहित शर्मा१५२.६० भारत श्रीलङ्काचौथोएडेन गार्डेन, कोलकाता, भारत१४ नोभेम्बर २०१४
२१५क्रिस गेल१४६.३० वेस्ट इन्डिज जिम्बाब्वेसमूह चरणको १५औं खेलमनुका ओभल, क्यानबेरा, अस्ट्रेलिया२४ फेब्रुअरी २०१५
२३७*मार्टिन गुप्टिल१४५.४० न्युजिल्यान्ड वेस्ट इन्डिजचौथो क्वाटरफाइनलWellington Regional Stadium, Wellington, New Zealand२१ मार्च २०१५

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
  1. ^ पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा ४०१ रन बनायो । तेन्दुलकरले दोस्रो विकेटका लागि दिनेश कार्तिक (७९) सँग १९६, तेस्रो विकेटका लागि युसुफ पठान (३६) सँग ८१ र चौथो विकेटका लागि महेन्द्र सिंह धोनी (६८*) सँग अविजित १०१ रनको साझेदारी गरे । यो म्याच भारतले १५३ रनले जित्यो । दोस्रो इनिङमा एबी डि भिलियर्सले ११४* रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । यस खेलमा तेन्दुल्कर एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बने । उनले २०० रन बनाउन १४७ बल लगाएका थिए ।[]
  2. ^ पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ४१८ रन बनायो । सहवागले पहिलो विकेटका लागि गौतम गम्भीर (६७) सँग १७६ र दोस्रो विकेटका लागि सुरेश रैना (५५) सँग रनको साझेदारी गरे । यो म्याच भारतले १५३ रनले जित्यो । दोस्रो इनिङमा दिनेश रम्दिनले ९६ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् । चौकाबाट पूरा भएको यो पहिलो दोहोरो शतक हो ।[]
  3. ^ पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा ३८३ रन बनायो । रोहित शर्माले पहिलो विकेटका लागि शिखर धवन (६०) सँग ११२, दोस्रो विकेटका लागि सुरेश रैना (२८) सँग ७२ रन र तेस्रो विकेटका लागि महेन्द्र सिंह धोनी (६२) सँग १६७ रनको साझेदारी गरे । यो म्याच भारतले ५७ रनले जित्यो । दोस्रो इनिङमा जेम्स फौउकनरले ११६ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् । यो छक्काबाट पूरा भएको एकमात्र दोहोरो शतक हो ।[]
  4. ^ पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ४१८ रन बनायो । रोहित शर्माले तेस्रो विकेटका लागि विराट कोहली (६६) सँग २०२ र रोबिन उथाप्पा (१६*) सँग १२८ रनको साझेदारी गरे । यो म्याच भारतले १५३ रनले जित्यो । दोस्रो इनिङमा श्रीलङ्का मात्र २५१ रन बनाएर अलआउट भयो । यो म्याच पछि शर्मा एकदिवसीय अन्तर्राष्ट्रियमा एकभन्दा बढी दोहोरो शतक बनाउने एकमात्र खेलाडी बने । यो चौकाबाट पूरा भएको दोस्रो दोहोरो शतक हो ।[]
  5. ^ पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २ विकेटको क्षतिमा ३७२ रन बनायो । गेलले दोस्रो विकेटका लागि मार्लोन स्यामुयल्स (१३३*) सँग ३७२ रनको साझेदारी गरे । वर्षा बाधक बनेपछि जिम्बाब्वे ४८ ओभरमा ३६३ रनको नयाँ लक्ष्य पायो । यो म्याच वेस्ट इन्डिजले ७३ रनले जित्यो । गेल विश्वकप क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । गेल र स्यामुयल्स बीच भएको ३७२ रनको साझेदारी एकदिवसीय क्रिकेटमा कुनैपनि विकेटका लागि भएको सबैभन्दा ठुलो साझेदारी हो । यो चौकाबाट पूरा भएको तेस्रो दोहोरो शतक हो ।[]
  6. ^ पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३९३ रन बनायो । गुप्टिलले दोस्रो विकेटका लागि केन विलियम्सन (३३) सँग ६२ रन, तेस्रो विकेटका लागि रास टेलर (४२) सँग १४३ र चौथो विकेटका लागि ग्रन्ट इलियट (२७) सँग ५५ रनको साझेदारी गरे । यो म्याच न्युजिल्यान्डले १४३ रनले जित्यो । गेल विश्वकप क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । गुप्टिलको यो दोहोरो शतक विश्वकपको नकआउट चरणको पहिलो दोहोरो शतक हो । यो चौकाबाट पूरा भएको चौथो दोहोरो शतक हो ।[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "Records /One-Day Internationals/ Batting records/Most runs in an innings", ESPNcricinfo, अन्तिम पहुँच १७
  2. "Records / One-Day Internationals / Bowling records / Hat-tricks", ESPNcricinfo, अन्तिम पहुँच १९ अगस्ट २०१५
  3. "South Africa tour of India, 2nd ODI: India v South Africa at Gwalior, Feb 24, 2010", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५
  4. "West Indies tour of India, 4th ODI: India v West Indies at Indore, Dec 8, 2011", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५
  5. "Australia tour of India, 7th ODI: India v Australia at Bangalore, Nov 2, 2013", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५
  6. "Sri Lanka tour of India, 4th ODI: India v Sri Lanka at Kolkata, Nov 13, 2014", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५
  7. "ICC Cricket World Cup, 15th Match, Pool B: West Indies v Zimbabwe at Canberra, Feb 24, 2015", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५
  8. "ICC Cricket World Cup, 4th Quarter-Final: New Zealand v West Indies at Wellington, Mar 21, 2015", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]