कर्कलो
कर्कलो | |
---|---|
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | एकदलीय वनस्पति |
गण: | एलिसमाटालेस |
परिवार: | एरासी |
वंश: | कोलोकासिया (L.) Schott |
प्रजाति: | C. esculenta
|
वैज्ञानिक नाम | |
Colocasia esculenta (L.) Schott | |
पर्याय[१][२][३] | |
नामहरू
|
कर्कलो (वैज्ञानिक नाम: Colocasia esculenta) छाताजस्तै ठूलाठूला नरम पात हुने उष्णकटिबन्धीय बोट हो। यसको जरामा फल्ने पिँडालु नामक गानु सब्जीको लागि मुख्यतया यसको खेतीबारी गर्ने गरिन्छ। प्राचीन कालदेखि नै यसको पातलाई विश्वका विभिन्न क्षेत्रका मानिसहरूद्वारा खाद्यान्नको रूपमा प्रयोग गरिदै आएको छ। कर्कलोको पातमा 'क्याल्सियम अक्जालेट' नामक क्रिस्टल तत्त्व रहेकोले यसमा केही मात्रामा विष हुन्छ जसकारण कर्कलोलाई मजाले नपकाइ खाएमा कोक्याउने गर्दछ तर रातभरि कर्कलोको पातलाई पानीमा भिजाएर पकाएपछि त्यो विषालु तत्त्व नष्ट भएर जान्छ।[४]कर्कलोको हरियो पात कोक्याउने भएकोले यसलाई पकाउँदा अमिलो हाल्ने गरिन्छ। कर्कलोको पातमा आइरन, क्यालसियम, भिटामिन ए र भिटामिन सी पाइन्छ।[५]दक्षिण एसिया, दक्षिण अमेरिका, युरोप तथा अफ्रिकामा प्राचीन कालदेखि नै कर्कलो खाने चलन रहेको छ।[४]
विभिन्न भाषामा नाम[सम्पादन गर्ने]
- मैथिली: अरिकञ्चन, कञ्चु
- नेपाल भाषा: सलचा
- अङ्ग्रेजी: टारो लिफ, ग्रेटलिफ क्यालेडियम
- हिन्दी : अरबी पत्ता
गुण[सम्पादन गर्ने]
कर्कलो ग्रीष्म ऋतु र वर्षा ऋतुमा फल्ने बहु गुणकारी सब्जी हो। कर्कलोको नियमित सेवनले मानसिक तनाव घटेर जान्छ। कर्कलोको पात तथा काण्डलाई पानीमा उसिनेर त्यसमा थोरै घ्यू मिसाइ तीन दिनसम्म पिउनाले पेट दुखाइको समस्या हट्छ। कर्कलोको पातमा पाइने भिटामिन ए आँखाको लागि निक्कै फाइदाजनक हुन्छ।[६]
उपयोग[सम्पादन गर्ने]
कर्कलोको विभिन्न किसिमको परिकार बनाउने गरिन्छ। कर्कलोको प्रयोग गरेर विभिन्न किसिमको रसदार झोल, सलाद तथा अन्य परिकार बनाएर खाने गरिएको छ। कर्कलोको परिकारमा कागतीको रस मिसाउँदा स्वाद बढ्नुका साथै कोक्याउँने गुण नष्ट भएर जान्छ। नेपालको नेवारी तथा मैथिल समुदायमा कर्कलोको डाँठलाई केलाएर ओइलाई मसला र कागती मोलेर सिसीमा खाँदेर अचार बनाइन्छ जसलाई नेवारी भाषामा 'सलचा' र मैथिली भाषामा 'गेड्ली' भनिन्छ। यो परिकार नेवारी तथा मैथिल समुदायमा निकै लोकप्रिय रहेको छ।[७]
चित्र दीर्घा[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ T. K. Lim (३ डिसेम्बर २०१४), Edible Medicinal and Non Medicinal Plants: Volume 9, Modified Stems, Roots, Bulbs, Springer, पृ: 454–460, आइएसबिएन 978-94-017-9511-1।
- ↑ "Colocasia esculenta (L. ) Schott", अन्तिम पहुँच १५ फेब्रुअरी २०१५।
- ↑ Umberto Quattrocchi (१९ अप्रिल २०१६), CRC World Dictionary of Medicinal and Poisonous Plants: Common Names, Scientific Names, Eponyms, Synonyms, and Etymology, CRC Press, पृ: 1060–1061, आइएसबिएन 978-1-4822-5064-0।
- ↑ ४.० ४.१ "पोसिलो कर्कलो", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२०।
- ↑ "कर्कलो खानुका अचुक फाइदाहरु", नेपाली पब्लिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२०।
- ↑ "ब्लडप्रेशर मात्र नभई अरु रोगको पनि नियन्त्रण गर्छ कर्कलाले, यस्ता छन् अन्य फाइदा", दैनिक नेपाल न्युज, २०२०-०३-३०, अन्तिम पहुँच २०२०-०९-२०।
- ↑ "स्वास्थ्यवर्द्धक कर्कलो", समय-समाचार (नेपालीमा), २०२०-०८-०५, अन्तिम पहुँच २०२०-०९-२०।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा कर्कलो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |