कुखौरी मलसाँप्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

कुखौरी मलसाँप्रा
सामयिक शृङ्खला: Pliocene – Recent
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Pinel, 1792
प्रजाति:
M. flavigula
वैज्ञानिक नाम
Martes flavigula
Boddaert, 1785
Subspecies

M. f. flavigula (Boddaert, 1785)
M. f. chrysospila (Pocock, 1936), Taiwan
M. f. robinsoni , Java

कुखौरी मलसाँप्रा नेपालमा पाइने मलसाँप्राे जातको स्तनधारी प्राणी हाे। एशियाको १००-३१०० मि को उचाइमा बस्न सक्ने यो एक मांसाहारी प्राणी हो। यसको वैज्ञानिक नाम (Martes flavigula) हो। यो एकदमै निडर जनावर हो र हल्का गन्हाउने कारणले गर्दा पनि यसका थाैरै मात्र सिकारी छन्। सानो देखिए पनि यो मानिससङ्ग पनि डराउँदैनन्।

वितरण र आवास[सम्पादन गर्ने]

कुखाैरी मलसाँप्रोको आवास नक्सा

कुखाैरी मलसाँप्रा अफगानिस्तान, पाकिस्तान,नेपाल,भारतभुटानका पहाडी क्षेत्र,कोरियाली प्रायद्वीप,दक्षिणी चीन, ताइवान र पूर्वी रूसमा देखा पर्दछ। दक्षिणमा यसको दायरा बंगलादेश, म्यानमार, थाईल्याण्ड, मलय प्रायद्वीप, लाओस, कम्बोडिया र भियतनामसम्म फैलिएको छ। टन्टलापुर घाम र कठ्याङ्ग्रिने चिसो दुवैबाट सहनसिल भएकाले यो नेपालमा व्यापक रूपमा पाइन्छ। खासगरी यो नेपालका पाहाडी र हिमाली क्षेत्रमा बस्छन्। कञ्चनजङ्घा संरक्षण क्षेत्रमा ४५१० मि को उचाइमा रहेका घाँसे मैदानमा समेत यो भेट्टिएको छ। रूख सजिलै चढ्न सक्ने भएकोले धेरै जसो मानिसले जङ्गलमा यसलाई रूखमाथि नै देख्छन्।

शारीरिक वनावट र बानीव्यहोरा[सम्पादन गर्ने]

Yellow-throated Marten, Martes flavigula in Kaeng Krachan national park (15950339372).jpg

कुखौरी मलसाँप्राकाे घाँटी र ढाड पहेलो रंगको हुन्छ भने अनुहार, पुच्छर, र खुट्टाहरू काला हुन्छन्। भालेहरु पोथीभन्दा ठूला हुन्छन्। हुर्केबढेको वयस्क भालेको ताैल करिब ३-५ किलोग्राम हुन्छ भने पोथी २-४ किलोग्रामको हुन्छ। यसको पुच्छर शरीरको कुल लम्बाइकाे दुई-तिहाइ हुन्छ। यसका खुट्टा साना र बलिया हुन्छन् भने खुट्टाको तलवाहरू भद्दा, लचिलो कपालले ढाकिएका हुन्छन् ,यद्यपि औँलाका टुप्पा र पैटाला भने नाङ्गाे हुन्छ। यो मलसाँप्राले आफ्नो गुदा ग्रन्थीबाट एकदमै गन्हाउने तरल निकाल्न सक्छ जसलाई रक्षात्मक कार्यमा प्रयोग गरिन्छ। राैँ यसको छाेटो र सारो हुन्छ र जाडो कालतिर भने यसको राैँ बाक्लो हुन्छ।

यसले प्राय दिनमा नै सिकार गर्छ र आहाराको खोजीमा १०-३० किमि दुरीकाे यात्रा गरेकाे पाइएकाे छ। यसको प्रजनन्ऋतु फाल्गुन-चैत र असार-साउन तिर पर्छ। यस्ता समयमा भालेहरु पोथी पाउनका लागि एक अर्कासँग झगडा गर्छन्। सामान्यतया यिनीहरुले दुईदेखि तीन बच्चा (न्याउरा) जन्माउँछन्।

आहारा[सम्पादन गर्ने]

लुइँचेको सिकार गर्दै एक मलसाँप्रो

कुखौरी मलसाँप्राले धेरैजसो समूहमा सिकार गर्छन् र खासगरि भाले-पोथी मिलेर सिकार गर्छन्। मुसा,सर्प, खरायो, लोखर्के , चराचुरङ्गीका फुल, लुइँचे, कालिज, तित्रा, चिलिमे जस्ता पन्छी यसका प्रमुख आहारा हुन्। रूख चढ्नमा पनि सिपालु भएकाले यो चराचुरङ्गीका गुडँमा सजिलै पुग्न सक्छ नेपालका उच्च पाहाडी भेगमा र बर्मामा रतुवामृगका शावक पनि मारिन्छन्। घोरलका पाठा र अरु जातका हरिणका शावकको पनि सिकार गर्छन्।केही मानिसले बंदेलका घेंटालाई पनि सिकार गरेकाे देखेकाे भनि उल्लेख गरेका छन्। बेलाबखत हाब्रेलाई समेत आहारा बनाउँछन्। यो मान्छेका शवहरु खाने गरेको ज्ञात छ। रूसको Ussurilandमा कस्तूरी मृगको सिकार गरेको पाइएको छ। सानो तर फुर्तिलो कुखौरी मलसाँप्राले गाउँघरमा कुखुरा र बिरालोहरूलाइ पनि मारेर लग्छन्। घरपालुवा कुखुराकाे बढी सिकार गर्ने भएकाेले यसकाे नाममा कुखाैरी झुन्दिन गएको हुनसक्छ। यसको थाेरै मात्र सिकारी छन् जसमा चितुवा,भालु र साइबेरियन बाघ पर्छन्।



तस्विर सङ्ग्रह[सम्पादन गर्ने]


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Abramov, A., Timmins, R.J., Roberton, S., Long, B., Than Zaw, Duckworth, J.W. (२००८), "Martes flavigula", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2010.4, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २६ मे २०११  Database entry includes a brief justification of why this species is of least concern

[१]

  1. http://prakritinepal.com/yellow-throated-marten/