कोयी भाषा
स्वरूप
(कोइ भाषाबाट अनुप्रेषित)
कोइ भाषा | |
---|---|
ᤁᤥᤕᤡ; कोयी | |
क्षेत्र | नेपाल |
रैथाने(हरू) | राई |
मातृभाषी वक्ता | १,३०० |
Sino-Tibetan
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | kkt |
कोयी भाषा नेपालको खोटाङ जिल्लामा बोलिने किराँती भाषाहरूमा पर्ने चीनया-तिब्बती भाषा हो। "कोई" शब्दले भाषा र जनजातिको भन्ने जनाउछ। २०१५ सालको रेकर्ड अनुसार यसको उत्पत्ति " कुयामा " (IPA- kujämä) बाट व्युत्पन्न भएको हुन सक्छ, जसको अर्थ "गाढा" भन्ने हुन्छ। यो अँध्यारो देखिने पहाड ‘लौर्या’ मा रहेको सुङदेलको स्थानसँग जोडिएको पनि हुन सक्छ । यस क्षेत्रमा बसोबास गर्ने मानिसहरू कोयी जातिको रूपमा चिनिन थाले र तिनीहरूले बोल्ने भाषा कोयी भाषा भनेर चिनिन थाल्यो।
भौगोलिक वितरण
[सम्पादन गर्नुहोस्]कोयी भाषा सुङ्देल (रावखोलाको माथिल्लो भाग) र दिप्सुङ गाविस, र उत्तरपूर्वी खोटाङ जिल्ला, कोशी प्रान्तमा बोलिन्छ।