सामग्रीमा जानुहोस्

गीताप्रेस, गोरखपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गीताप्रेस, गोरखपुर
स्थापना२९ अप्रिल १९२३ (29 April 1923); 96 years ago in Gorakhpur, India
संस्थापकजय दयाल गोएङ्का घनश्याम दास जालान
मूल राष्ट्रभारत
मुख्यालय स्थानगोरखपुर, उत्तर प्रदेश
वितरकवर्ल्डवाइड
प्रकाशन प्रकारहिन्दु धार्मिक पुस्तकहरू र कल्याण मासिक
Nonfiction topicsसनातन धर्म वा हिन्दुत्व
No. of employees३५०
आधिकारिक वेबसाइटhttps://gitapressbookshop.in/

गीताप्रेस हिन्दु धार्मिक ग्रन्थहरूको संसारकै सबभन्दा ठुला प्रकाशक हो।[]यो भारतको उत्तर प्रदेश राज्यको गोरखपुर शहरमा स्थित रहेको छ। यसको स्थापना सन् १९२३ मा जय दयाल गोएङ्का र घनश्याम दास जालानले सनातन धर्मका सिद्धान्तहरूलाई प्रोत्साहन गर्नका लागि गरेका थिए। हनुमान प्रसाद पोद्दारलाई "भाइजी" का रूपमा चिनिने गरिन्छ, जो कि आफ्नो प्रसिद्ध पत्रिकाका संस्थापक अनि आजीवन सम्पादक थिए, जसले आफ्ना कलमको नाम पनि "शिव", कल्याण राखेका थिए र त्यसैले लेख, रचनाहरू लेख्ने गर्दथे।[]सन् १९२७ मा प्रकाशित गर्न सुरु गरेका थिए, जसका १६०० प्रतिहरूको प्रचलन थियो र वर्तमानमा यसको प्रिन्ट अर्डर २.५ लाख (सन् २०१२ मा) सम्म पुगेको थियो। गीताप्रेस अभिलेखालयमा ३५०० भन्दा पनि अझै बढी पाण्डुलिपिहरू छन् जसमा भगवत् गीताका १०० भन्दा अधिक व्याख्याहरू समावेश रहेका छन्।[] सेठ जय दयाल गोएङ्का, श्री हनुमान प्रसाद पोद्दार र श्री घनश्याम दास जालान, गीता प्रचारकहरूले २९ अप्रिल १९२३ मा सोसाइटी रजिस्ट्रेशन एक्ट, १८६० (वर्तमानमा पश्चिम बङ्गाल सोसाइटीद्वारा शासित) का अन्तर्गत पञ्जीकृत गोविन्द भवन क्रियालयका एउटा क्षेत्रका रूपमा गीताप्रेसको स्थापना गरे। पाँच महिनापछि यसले आफ्नो पहिलो छपाई मेसिन ६०० रुपैयाँमा किनेको थियो। यसको स्थापनापछि, गीताप्रेसले गीताको लगभग ४१० मिलियन प्रति (विभिन्न संस्करणमा) र रामचरितमानसको ७० मिलियन प्रति, आर्थिक सहायता-प्राप्त गर्ने किसिमको मूल्यमा प्रकाशित गरे। यो डिसेम्बर २०१४ मा तलबका मुद्दाले गर्दा अस्थायी रूपले बन्द भएको थियो, तर केही दिन पछि काम फेरीदेखि शुरू भएको छ।[][]

  • कल्याण (हिन्दी भाषामा) सन् १९२७ देखि प्रकाशित हुने एउटा मासिक पत्रिका हो। यसमा विभिन्न धार्मिक विषयहरूलाई समर्पित लेखहरू छन् जो कि विचार र राम्रा कार्यहरूलाई प्रोत्साहन दिने गर्दछ। भारतीय सन्तहरू अनि विद्वानहरूद्वारा लिखित पत्रिका नियमित रूपले प्रकाशित गरिँदै आएको छ।
  • कल्याण-कल्पतरु (अङ्ग्रेजी भाषामा) एउटा मासिक पत्रिका हो, यो सन् १९३४ देखि प्रकाशित हुँदै आएको छ। यसका सामग्री पनि कल्याणका निमित्त नै रहेका छन्।

यसमध्ये कुनै पत्रिका कुनै पनि विज्ञापन गर्दैनन्।

  • अनलाइनमा कल्याण र कल्याण-कल्पतरु पत्रिकाको सदस्यता प्राप्त गर्न सकिन्छ।


धार्मिक ग्रन्थ

[सम्पादन गर्नुहोस्]

यी ग्रन्थहरू संस्कृत, हिन्दी, मराठी, अङ्ग्रेजी, कन्नड, तमिल, तेलगु, गुजराती, बङ्गाली, ओडिसाभारतमा बोलिने अन्य भाषाहरूमा प्रकाशित हुने गर्दछ।[]

  • श्रीमद् भगवद गीता (अनेकौं प्रारूप)
  • महाभारत
  • तुलसीदासद्वारा रचित श्री रामचरितमानस (अनेकौं प्रारूप), तेलगु संस्करण (सन् २००२)
  • तुलसीदासद्वारा अन्य रचनाहरू
  • वाल्मीकि रामायण (अनेकौं प्रारूप)
  • शास्त्र (पुराण, उपनिषद् र अन्य)
  • सूरदासद्वारा गरिएका कामहरू
  • स्वामी रामसुखदासका पुस्तकहरू
  • हनुमान प्रसाद पोद्दारका पुस्तकहरू
  • जयदयाल गोएङ्काका पुस्तकहरू


अन्य प्रकाशन

[सम्पादन गर्नुहोस्]
  • भक्त-गाथाहरू र भजन
  • साना किताबहरू बच्चाहरूका तर्फ बढी केन्द्रित

गीता प्रेसका शाखाहरू र स्टल निम्नलिखित स्थानहरूमा रहेका छन्। चूरू र नादियाडलाई छोडेर अधिकांश स्टल रेलवे प्लेटफर्ममा सञ्चालित रहेका छन्। चूरूमा ऋषिकुल ब्रह्मचार्यश्रम वैदिक स्कूलका अगाडि एउटा स्टल रहेको छ अनि नादियाडमा सन्तराम मन्दिरको नजिक एउटा स्टल रहेको छ।

शाखाहरूठेगानासञ्चालित स्टलहरू
बेङ्गलुरु७/३, दोस्रो क्रस, लालबाघ रोड बेङ्गलोर - ५६००२७बेङ्गलोर, यशवन्तपुर, एसएसपीएन, हब्ली
कोयम्बटूरगीताप्रेस मेन्सन ८/१ एम, रेसकोर्स, कोयम्बटूर - ६४१०१८ (तमिलनाडु)एनआइएल
भिल्वाडाजी-७, आकार टावर, सी ब्लोक, हर्ष प्यालेसको विपरित, गान्धी नगर, भिल्वाडा (राज)- ३११००१एनआइएल
कट्टकभारतीय टावर्स, बादाम बाडी, कट्टक-७५३००९कट्टक, भुवनेश्वर
दिल्ली२६०९, नयी सडक, दिल्ली-११०००६दिल्ली, निजामुद्दीन, नयाँ दिल्ली, बिकानेर, चुरु
ऋषिकेशगीता भवन, पी.ओ. स्वर्गाश्रम, ऋषिकेश-२४९३०४एनआइएल
हरिद्वारसब्जीमण्डी, मोतीबाजार, हरिद्वार-२४९४०१हरिद्वार
हैदरावाद४१, ४-४-१; दिल्शाद प्लाजा, सुल्तान बाजार, हैदरावाद-५०००९५सिकन्दराबाद, विजयवाडा
इन्दौरजी-५, श्री वर्धान, ४ आर.एन.टी. मार्ग, इन्दौर-४५२००१इन्दौर
जलगाउँ७, भीम सिंह मार्केट, रेल्वे स्टेशनको नजिक, जलगाउँ-४२५००१औरङ्गाबाद
कानपुर२४/५५, बिरहाना रोड, कानपुर-२०८००१कानपुर, लखनऊ, कोटा
कोलकाता१५१, महात्मा गान्धी रोड, कोलकाता-७००००७कोलकाता, सीलदह, हाब्रा, धनबाद, खड्गपुर
मुम्बई२८२,सामलदास गान्धी मार्ग (प्रिन्सेस स्ट्रिट), मरिन लाइन्स स्टेसन नजिक, मुम्बई-४००००२एनआइएल
नागपुरश्रीजी कृपा कम्प्लेक्स, ८५१, न्यु एटावाडी रोड, नागपुर-४४०००२गोण्डिया
पटनाअशोक राजपथ, महिला अस्पतालको छेउमा, पटना - ८००००४पटना
राईपुरमित्तल कम्प्लेक्स,गन्जपारा, तेलघानी चोक(छतीसगढ), राईपुर- ४९२००९राईपुर
राँचीकार्ट सराइ रोड, उपल्लो बजार, पहिलो तल्ला बिरला गद्दी, राँची-८३४००१राँची
सुरतवैभव अपार्टमेन्ट, नुतन निवासको विपरित, भटर रोड, सुरत-३९५००१अहमदाबाद, वडोदरा, राजकोट, जामनगर, भारुच, नादियाड
वाराणसी५९/९, निचीबाग, वाराणसी-२२१००१मुगल सराइ
चेन्नईइलेक्ट्रो हाउस नं. २३, रामनाथन स्ट्रिट, किलपाउक, चेन्नई-६०००१० (टी.एन.)एनआइएल
गोरखपुरगीताप्रेस, पी.ओ. गीताप्रेस, गोरखपुर - २७३००५छप्रा, सीवन, मुजफरपुर, गोरखपुर, गोण्डिया, जबलपुर्, समस्तीपुर

गीता प्रेस आर्ट ग्यालेरी (लीला चित्र मन्दिर)

[सम्पादन गर्नुहोस्]

आर्ट ग्यालेरीमा श्री राम र श्री कृष्णका लीलाहरू (कार्य वा नाटक) लाई ६८४ चित्रहरूमा चित्रित गरिएको छ, जो भुत र वर्तमानका प्रसिद्ध कलाकारहरूद्वारा प्रस्तुत गरिएको छ। श्री कृष्ण लीलाका मेवाडी शैलीका चित्रहरू सहित अन्य चित्र पनि प्रदर्शनमा छन्। भगवद गीताका पुरा ७०० श्लोकहरूलाई पर्खालहरूमा अङ्कित सिङ्गमरमरका पट्टिहरूमा प्रदर्शित गरिएका छन्।

आबद्ध सङ्गठन

[सम्पादन गर्नुहोस्]

गीताप्रेस कोलकाताका गोविन्द भवन क्रियालयको अंश हो। अन्य सम्बद्ध संस्थानहरू तल दिइएका छन्:

  • गीता भवन, मुनि की रेति, ऋषिकेश
  • ऋषिकुल-ब्रह्मचर्य आश्रम (वैदिक पाठशाला), चुरू, राजस्थान।
  • आयुर्वेद संस्थान (आयुर्वेदिक औषधीका निर्माता), ऋषिकेश।
  • गीता प्रेस सेवा दल (प्राकृतिक विपदका लागि राहत सङ्गठन)।
  • हस्त निर्मित्त वस्त्र विभव (हथकरघा निर्मित कपडाका निर्माता)।
  • भारतीय ग्रामोदय वास्तु भण्डार (मुम्बईमा गीता प्रेसका पहिलो रिटेलर)।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Encyclopædia Britannica.
  2. Hanuman Prasad Poddar अभिलेखिकरण २०१०-०२-११ वेब्याक मेसिन
  3. Holy word India Today, 20 December 2007.
  4. Historic Geeta Press shuts down indefinitely
  5. "Work resumes at Gita Press", The Times of India, १७ डिसेम्बर २०१४, अन्तिम पहुँच ५ जुलाई २०१८
  6. "Thulasidas Ramayana", The Hindu, २१ मे २००२, अन्तिम पहुँच ५ जुलाई २०१८


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]