यो लेख सुन्नुहोस्

ज्याक द रिपर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
ज्याक द रिपर
Drawing of a man with a pulled-up collar and pulled-down hat walking alone on a street watched by a group of well-dressed men behind him
ज्याक द रिपरको अन्दाजी चित्र, द इलुस्ट्रेडेड लन्डन न्युज, १३ सेप्टेम्बर १८८८
जन्मअज्ञात
अन्य नाम"ह्वाइटचापलको हत्यारा"
"लेदर एप्रेन"
हत्याकाण्ड
पीडित व्यक्तिअज्ञात (५ वटा प्रमुख)
मितिसन् १८८८-१८९१ (?)
(सन् १८८८: ५ वटा प्रमुख)
स्थानह्वाइटचापल, लन्डन, Flag of the United Kingdom.svg संयुक्त अधिराज्य

ज्याक द रिपर एक अज्ञात धारावाहीक हत्याराको सबैभन्दा प्रसिद्ध नाम हो। यो हत्यारा सामान्यतया सन् १८८८ मा संयुक्त अधिराज्यको राजधानी लन्डन, ह्वाइटचापल जिल्ला र त्यसको छेउछाउका क्षेत्रहरूमा सक्रिय रहेको विश्वास गरिन्छ। शृङ्खलाबद्धरूपमा केही महिलाको हत्या पश्चात् एक अज्ञात व्यक्तिले एउटा पत्रमा आफूनै वास्तविक हत्यारा भएको दाबी गरेका थिए। घटनापश्चात् तत्कालीन पत्रपत्रिकाहरू मार्फत प्रसारित यस पत्रमा पहिलो पटक ज्याक द रिपरको नाम फेला परेको थियो। धेरैजसोको भनाइहरूका अनुसार अनुसन्धानलाई भड्काउनका लागि यो पत्र लेखिएको र यो पत्र झुटो रहेको प्रतिवेदनहरू रहेका छन्। उक्त पत्र पत्रकारहरूद्वारा घटनालाई बढावा दिन र लोकप्रियता कमाउनका लागि लेखेको ठहर गरिन्छ। उक्त हत्यारालाई अपराध मुद्दाको प्रतिवेदनहरूमा "ह्वाइटचापलको हत्यारा" र "लेदर एप्रोन" जस्ता नामहरू पनि दिइएको थियो जुन समकालीन पत्रकरहरूको लेखनमा पनि भेटिन्छन्।

ज्याक द रिपरद्वारा गरिएका हत्याहरूमा प्रायः लन्डनको पूर्वी भूभागमा झुपडीका बासिन्दाहरू र त्यस क्षेत्रमा काम गर्ने महिला यौनकर्मीहरू समावेश थिए। सबै पीडित महिलाहरूको घाँटीको नली काटेर हत्या गरिएको र पेट च्यातिएको स्थितिमा शवहरू फेला परेका थिए। पीडित महिलाहरू मध्ये कम्तीमा तीन जनाको पेट चिरि शरीरभित्रको आन्द्रा काटिएको पाइएको थियो जसअनुसार हत्यारालाई पेटको शल्यक्रियाबारे थाहा थियो भन्ने अनुमान गरिएको थियो। शृङ्खलाबद्ध हत्याबारे जानकारी सन् १९८८ को सेप्टेम्बर र अक्टोबर महिनाहरूमा केन्द्रीय थियो। एक वा एकभन्दा बढी संवाददाताहरूले आफू वास्तविक हत्यारा भएको दाबी गर्दै सञ्चार माध्यम र स्कटल्यान्ड यार्डलाई पत्र लेखेका थिए। ह्वाइटचापल सतर्कता समितिका जर्ज लास्कले प्राप्त गरेको "नरकबाट" पत्रमा लेखकले मृतकमध्ये एक जनाको लागि मृगौला आरक्षणको ठूलो अंश भएको दाबी गरेका थिए। "ज्याक द रिपर" नामक हत्याराले हत्या गरिरहेको छ भनेर सर्वसाधारणले विश्वास गर्न थालेपछि यस विश्वासको कारण हत्याराको क्रूर चरित्र प्रति सञ्चार माध्यमहरूले प्रतिक्रिया देखाउन सुरु गरेका थिए।

हत्या पश्चात् ज्याक द रिपरबारे थुप्रै लेखहरू पत्रिकाहरूमा छापिएका थिए जसकारण रिपरले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्नुका साथै यो दन्त्य कथा ठोस आधारमै स्थापित भएको थियो। प्रहरीले सन् १८९१ सम्म ह्वाइटचापलमा ११ वटा क्रूर हत्याको अनुसन्धान गरेतापनि उनीहरूले सन् १८८८ मा भएको हत्यासँग कुनै सम्बन्ध भेट्टाउन विफल बनेका थिए। पाँच पीडित महिलाहरूमा; मेरी आन निकोलस, एनी च्यापमेन, एलिजाबेथ स्ट्राइड, क्याथरिन एडोएस र मेरी जेन केली थिए जो समग्रमा क्यालोनिकल पाँचको नाममा परिचित छन्। सन् १८८८ अगस्ट ३१ देखि नोभेम्बर ९ को बीचमा यी ५ महिलाहरूको हत्या भएको थियो। साधारणतया यी हत्याहरू एकआपसमा सम्बन्धित छन् भन्ने विश्वास गरिन्छ। तिनीहरू वरपरका दन्त्यकथाहरू शुद्ध ऐतिहासिक अनुसन्धान, लोककथा र छद्म इतिहासको संयोजनमा सृजना गरिएका छन्। रिपरका घटनाहरूको अध्ययन र विश्लेषणका लागि "रिपरतत्व" भन्ने शब्द को सुरुवात गरिएको थियो। हाल रिपरको परिचयबारे सयभन्दा बढी सिद्धान्तहरू रहेका छन्। यी हत्याहरूले थुप्रै काल्पनिक कृतिहरूलाई पनि प्रेरित गरेको छ।

पृष्ठभूमि[सम्पादन गर्ने]

ज्याक द रिपरले दुईजना महिलाहरूको हत्या गरेको ठाउँ नजिक ह्वाइटचापलको एउटा साझा आवास गृहअगाडि महिला तथा केटाकेटीहरू भेला [१]

१९औँ शताब्दीको बीचतिर बेलायतमा आयरल्यान्डेली आप्रवासीहरूको ओइरो लाग्न सुरु भएपछि लन्डनको पूर्वी भूभाग र अन्य प्रमुख सहरहरूको जनसङ्ख्यामा भारिमात्रामा वृद्धि भएको थियो।[२] सन् १८८२ देखि रूस र पूर्वी युरोपका अन्य क्षेत्रहरूबाट भागिरहेका यहुदी शरणार्थीहरू पनि सोही क्षेत्रमा बसाइँसराइ गर्न सुरु गरेका थिए।[३] सन् १८८८ सम्म यस क्षेत्रको जनसङ्ख्यामा भारीमात्रामा वृद्धि भई कुल जनसङ्ख्या झण्डै ८० हजार पुगेको थियो जसकारण काम र आवासको अवस्था झन् झनै नाजुक हुँदै गएपछि आर्थिक रूपमा कमजोर वर्गहरूको सङ्ख्यामा पनि वृद्धि हुन गएको थियो।[४] लन्डनको पूर्वी भूभागमा जन्मिएका ५५ प्रतिशत बालबालिकाहरू पाँच वर्ष नपुग्दै मर्न थाले भने यस क्षेत्रका मानिसहरू डकैती, हिंसा र मद्यपानमा निर्भर हुनु सामान्य भैसकेको थियो।[५] गरिबीका कारण यस क्षेत्रका थुप्रै महिलाहरू दिनहुँ वेश्यावृत्तिमा लागिरहन बाध्य भएका थिए।[६]

सन् १८८८ को अक्टोबरमा लन्डन महानगरीय प्रहरी इकाईका अनुमानअनुसार ह्वाइटचापलमा रहेका कुल वेश्यालयहरूको सङ्ख्या ६२ र त्यहाँ यौनकर्मीको रूपमा काम गरिरहेका वेश्याहरूको सङ्ख्या १,२०० रहेको थियो जहाँ हरेक रात ह्वाइटचापलभित्र २३३ वटा सामान्य आवास गृहमा बसोबास गर्ने लगभग ८,५०० मानिसहरू थिए।[७] वेश्यालयमा रात बिताउनका लागि आउने मानिसहरूका लागि एकल पलङको मूल्य चार पेन्स थियो भने झलुङ्गोमा सुत्ने खर्च प्रति व्यक्ति दुई पेन्स रहेको थियो।[८]

ह्वाइटचापलको आर्थिक समस्यासँगसँगै सामाजिक तनावमा पनि निरन्तर वृद्धि भएको थियो। सन् १८८६ देखि १८८९ को बीचमा बारम्बार जनप्रदर्शन हुँदै प्रहरीहरूले हस्तक्षेप गर्नुका साथै रक्त आइतबार (सन् १८८७) जस्ता जनअशान्ति मच्चिएको थियो।[९] अपराध, जन्मोत्सव, जातिवाद, सामाजिक अशान्ति र चरम अभावका कारण ह्वाइटचापेल अनैतिकताको कुख्यात ओडार हो भन्ने जनधारणा सबैमा हावी हुँदै गएको थियो।[१०] सन् १८८८ को शरद ऋतुमा "ज्याक द रिपर"द्वारा गरिएको क्रूर तथा वीभत्स हत्याहरूको शृङ्खलाले सञ्चारमाध्यममा अभूतपूर्व जानकारी प्राप्त गर्दा यस्ता धारणाहरूलाई अझ बलियो बनाएको थियो।[११]

हत्या[सम्पादन गर्ने]

पहिलो सात ह्वाइटचापल हत्याको अवस्थिति

सन् १९८८ अप्रिल ३ देखि १३ फेब्रुअरी १८९१ सम्म गरिएको एघार फरकफरक हत्याहरू लन्डन महानगरीय प्रहरी सेवाद्वारा अनुसन्धान गरिएको थियो भने यी हत्याहरूलाई सामुहिक रूपमा "ह्वाइटचापल हत्या" भनेर चिनिन्छ।[१२] यस अवधिमा पूर्वी भूभागका महिलाहरू विरुद्ध गरिएको ठूलो आक्रमणमा एउटै व्यक्तिले कति जनाको हत्या गरे भन्ने कुरामा अनिश्चितता थप्दछ।[१३] यी हत्याहरू एउटै अपराधीसँग सम्बन्धित छन् वा छैनन् भन्ने विषयमा फरकफरक धारणाहरू रहेका छन् तर "क्यानोनिकल फाइफ" भनेर चिनिने एघार ह्वाइटचापेल हत्यामध्ये पाँचवटा रिपरको काम हो भन्ने विश्वास गरिन्छ।[१४] अधिकांश विशेषज्ञहरू घाँटीको गहिरो घाउलाई अङ्कित गर्छन् भने यसपछि पेट र गुप्ताङ्गको विच्छेदन, आन्तरिक अङ्गहरूको निस्कासन आदि पीडित महिलाहरूमा देखिएको थियो।[१५] ह्वाइटचापल हत्याको प्रतिवेदनमा एमा एलिजाबेथ स्मिथ र मार्था टब्रामको पहिलो दुई मामिला क्लोनिकल फाइभमा समावेश गरिएको थिएन। [१६][१७]

सन् १९८८ अप्रिल ३ का दिन बिहानको लगभग १ बजेर ३० मिनेट जाँदा एमा एलिजाबेथ स्मिथलाई ह्वाइटचापलको ओस्बोर्न सडकमा लुटपाट गरी यौन दुर्व्यवहार गरिएको थियो।[१८] पछि उनलाई फेला पारिँदा उनको अनुहार फुलेको र कान काटिएको थियो भने गुप्ताङ्गमा अस्पष्ट बस्तु घुसाएर योनीलाई छेदविच्छेद गरिएको थियो।[१९] घटनाको भोलिपल्ट लन्डन अस्पतालमा स्मिथको मृत्यु भएको थियो।[२०] स्मिथले उनलाई दुई वा तीन जना पुरुषहरूले आक्रमण गरेको र तीमध्ये एक किशोर रहेको बताएकी थिइन्।[२१] यो आक्रमण प्रेसद्वारा पछि गरिएका हत्याहरूसँग सम्बन्धित थियो तर धेरैजसो लेखकहरू स्मिथको हत्याको श्रेय रिपर मामलासँग सम्बन्धित एक सामूहिक हिंसालाई दिन्छन्।[१३][२२]

सन् १९८८ अगस्ट ७ का दिन ह्वाइटचापलको जर्ज यार्डमा मार्था टाअब्रामको हत्या भएको थियो। उनको घाँटी, फोक्सो, मुटु, कलेजो र पुटमा गरी कुल ३९ वटा चक्कु हानेको निशान रहेका थिए भने उनको स्तन र योनीमा थप चक्कुको चोट रहेको थियो। उनको शरीरमा लागेको एउटा चोटबाहेक सबैलाई जसो चोटहरू धारिलो चक्कु सहितको यन्त्रको प्रयोग गरिएको देखिन्छ।[२३] शरीरमा लागेका घाउका अनुसार यस हत्याको पछाडि दाहिने हाते व्यक्ति रहेको छ भन्ने पुष्टि हुन्छ। मार्था टाअब्रामको हत्या गरिएपनि उनको बलात्कार गरिएको थिएन।[२४] यस हत्याको कारण स्पष्ट मनसायको कमी र पछिको क्यानोनिकल रिपर हत्याको स्थान र मितिको घनिष्ठताले गर्दा प्रहरीले यस हत्यालाई पछि ज्याक द रिपरले गरेका हत्याहरूसँग सम्बन्धित हुनसक्ने भन्दै उक्त घटनाहरूलाई दाँजेका थिए।[२३][२५] तथापि टाअब्राको हत्या पछि गरिएको क्लोनिकन फाइभ हत्या भन्दा फरक हुनुको कारण टाअब्रामाको शरीरमा बारम्बार छुराले प्रहार गरिएतापनि उनको घाँटी र पेटमा कुनैपनि चोटको निशान थिएन।[२६] थुप्रै विशेषज्ञहरूले घाउको ढाँचाका आधारमा टाअब्रामको हत्यालाई पछि भएको हत्यासँग जोडेका छैनन्।

क्लोनिकल पाँच[सम्पादन गर्ने]

क्लोनिकन पाँचमा; मेरी एन न‍कोल्स, एनी च्यापमेन, एलिजाबेथ स्ट्रिड, क्याथरिन इडोवेस र मेरी जेन केली समावेश छन् जसको हत्या एकै प्रकारले भएको र यी सबै हत्याका पछाडि रिपरको हात रहेको विश्वास गरिन्छ।[२७]

मेरी एन निकोल्सको लाश लगभग ३:४० बजे शुक्रबारका दिन सन् १८८८ अगस्ट ३१ का दिन बक्स सडक (हाल डर्वार्ड सडक) ह्वाइटचापलमा पत्ता लागेको थियो।[२८] एमिली हल्यान्डले निकोल्सको लाश पत्ता लाग्नुभन्दा लगभग एक घण्टाअघि उनलाई अन्तिम पटक जिउँदै देखेको बताएकी थिइन्।[२९] उनीसँग उनले पहिले ह्वाइटचापल सडकको थ्राबल सडकको एक सामान्य आवासगृहमा ओछ्यान साझेदार गरेकी थिइन्।[३०] निकोल्सको घाँटीमा दुई गहिरो चोटहरू देखिन्छ जसमध्ये एक चोटले घाँटीमा रहेका सबै नलीहरू काटिएको थियो। उनको गुप्ताङ्गमा दुईपटक छुरा रोपिएको थियो भने पेटको तल्लो भागहरूमा केही हदसम्म गहिरो घाउले पेट च्यातिएको जसले गर्दा आन्द्रा फुटेको थियो।[३१] पेटको दुवैपट्टि अन्य थुप्रै घाउहरू पनि चक्कुको प्रहारबाट भएका थिए। [३२]

२९ हेन्सबरी सडक, एनी च्यापमेनको हत्या स्थल

उक्त घटनाको एक हप्तापछि शनिबार ८ सेप्टेम्बर १८८८ का दिन २९ हानबरी सडक, स्पिटलफिल्ड्सको पछाडिपट्टी बिहानको ६ बजे एनी च्यापमेनको शव फेला परेको थियो।[३३] मेरी एन निकोल्सको जस्तै उनको पनि घाँटीमा दुई गहिरा चोटहरू देखिएका थिए भने उनको पेट पुरै काटिएको र पेटभित्रका सबै अङ्गहरू निकालिएको थियो मुत्युको कारण पत्ता लगाउनको लागि शरीरको अङ्ग तथा तन्तुहरुको मरणोत्तर परीक्षण गर्दा च्यापमेनको गर्भाशय, मूत्राशय र गुप्ताङ्गका केही भागहरूलाई पनि निकालिएको थियो।[३४] च्यापमेनको हत्याको जाँच गरिँदा एलिजाबेथ लङले च्यापमेनलाई लगभग बिहानको ५:३० बजे हानबरी सडकमा उभिरहेको देखेको वर्णन गरेकी थिइन् भने उनको साथमा गाढा खैरो रङ्गको कपाल भएको र खैरो चुच्चे टोपी र गाढा रङ्गको कोट लगाएको एक व्यक्तिलाई देखेकी थिइन्।[३५] यी प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले चेपम्यानलाई प्रश्न गरेका थिए, "के तिमी ?" जसको जवाफमा च्यापमेनले "हुन्छ" भनेर दिएकी थिइन्।[३६]

एलिजाबेथ स्ट्रिड र क्याथरिन एडोवेस दुवैजनाको सन् १९८८ सेप्टेम्बर ३० का दिन बिहान हत्या भएको थियो। स्ट्रिडको लाश ह्वाइटचापलको बर्नर सडक (हाल हेनरिक्स सडक) नजिकको डटफिल्डयार्डमा लगभग बिहानको १ बजे मा पत्ता लागेको थियो जसको मृत्युको कारण घाँटीमा छ इन्चको एक स्पष्ट घाउ थियो र दाहिने बङ्गारामुनि उनको देब्रे क्यारोटिड धमनी काटिएको थियो।[३७] उनको शरीर थप अङ्गभङ्ग नभएको कारण स्ट्रिडको हत्या रिपरले गरेको हो वा आक्रमणको बेला उनलाई बीचैमा रोकियो भन्ने अन्योल उत्पन्न भएको थियो।[३८] केही साक्षीहरूले पछि प्रहरीलाई बताए अनुसार उनीहरूले २९ सेप्टेम्बरको साँझ र ३० सेप्टेम्बरको बिहान बर्नर सडकभित्र वा नजिकको एक जना मानिसको साथमा स्ट्रिडलाई देखेका भएपनि प्रत्येकले फरकफरक विवरणहरू दिइरहेका थिए।[३९]

क्याथरिन एडोवेसको हत्या भएपछिको समकालीन प्रहरी चित्रण जसलाई मिट्रे चोकबाट बरामद गरिएको थियो

एडोवेसको शव एलिजाबेथ स्ट्रिडको शव पत्ता लागेको एक ४५ मिनेट पश्चात् लन्डन सहरको मिट्रे स्क्वायरमा फेला परेको थियो।[४०] उनको मृत्युको कारण घाँटीमा चक्कुको प्रहार रहेको थियो भने उनको पेटलाई चिरफार गरी आन्द्राभुँडी र भित्री अङ्गहरूलाई निकालिएको थियो। यसबाहेक उनको बायाँ मिर्गौला र पाठेघरको मुख्य भाग निकालिएको थियो भने उनको अनुहार पनि छेदविच्छेद भएको थियो।[४१] उनको नाक काटिएको, धाँटी काटिएको र प्रत्येक आँखाको ढकनीबाट क्रमशः साढे एक इन्चको एक चौथाइ भाग ठाडो गरी काटिएको थियो। एडोवेसको आँखातिर औँल्याइएको त्रिकोणीय घाउ तिनको घाँटीमा रोपिएको र तिनको दाहिने कानको एउटा भाग र कानको एउटा भागलाई पनि विच्छेद गरिएको थियो।[४२] एडोवेसको मृत शरीरलाई परीक्षण गरिनुपूर्व प्रहरी शल्यचिकित्सकले आफ्नो विचार व्यक्त गर्दै शरीरलाई अङ्गभङ्ग गर्न कम्तीमा पनि पाँच मिनेट लाग्ने बताएको थियो।[४३]

जोसेफ लवेन्डा नाम गरेका एक स्थानीय चुरोट विक्रेताले हत्या हुनुभन्दा केही समयअघि उनका दुई साथीहरूसँग चोकमा टहलिरहेका थिए भने उनले एक जना पुरुषलाई एक महिलासँग देखेका थिए जो एडोवेस हुनसक्ने उनको भनाइ थियो तर उनका साथीहरूले उकणत विवरणलाई पुष्टि गर्न सकेका थिएनन्।[४४] अन्ततः स्ट्रिड र एडोवेसको हत्यालाई "दोहोरो घटना" भनेर चिनिन थालिएको थियो।[४५] बिहानको २ बजेर ५५ मिजेट जाँदा ह्वाइटचापलको गुल्सटन सडकस्थित बहालमा दिइएको एक घरको प्रवेशद्वारमा एडोवेसको रगताम्मे पोशाक भेटिएको थियो।[४६] पोशाक भेटिएको ठाउँ नजिकको भित्तामा चकद्वारा कुँदिएको अक्षर यस्तो थियो; "यहुदीहरू ती मानिसहरू हुन् जसलाई केहीको पनि दोष दिइने छैन।"[४४] यो सन्देशले साधारणतया एक यहुदी वा यहुदीहरू यस शृङ्खलाबद्ध हत्याका लागि जिम्मेवार थिए भन्ने सङ्केत गरेको जस्तो देखिन्थ्यो तर यो भित्ते लेखन हत्याराले पोशाकको केही टुक्रा छोड्ने विषयमा लेखेको थियो वा घटनासँग कुनै सम्बन्ध नराख्ने एक घटनात्मक मात्रै थियो भन्ने कुरा स्पष्ट हुन सकेन। ह्वाइटचापलमा त्यस्ता भित्ते लेखनहरू सामान्य थिए। प्रहरी आयुक्त चार्ल्स वारेनलाई यो भित्ते लेखनले यहुदी विरोधीको दङ्गालाई मच्चाउन सक्छ भन्ने डर रहेका कारण बिहान भन्दा अघि नै उनले उक्त लेखोटलाई मेटाउने आदेश दिएका थिए। [४७][४८][४९]

ओछ्यानमा लडिरहेको श्यामश्वयत एक मृत शरीर
मेरी जेन केलीको मृत शरीर

मेरी जेन केलीको बेवारिसे र अङ्गभङ्ग गरिएको शरीर सन् १८८८ नोभेम्बर ९ का दिन शुक्रबार बिहानको १० बजेर ४५ मिनेट जाँदा डोरसेट सडक स्पिटलफिल्ड्स नजिकैको १३ मिलर्स कोर्टको एक कोठामा ओछ्यानमा लडिरहेको स्थितिमा पत्ता लागेको थियो।[५०] केलीको मृत्यु घाँटीको नली काटिएकाले भएको थियो भने घाँटीको भागहरू छेदविच्छेद स्थितिमा पाइएको थियो।[५१] उनको पेटका प्रायः सबै आन्तरिक अङ्गहरू पेटबाट निकालिएको थियो। उनको गर्भाशय, मिर्गौला र एउटा स्तनलाई टाउको नजिक राखिएको थियो भने अन्य अङ्गहरूलाई खुट्टाको नजिक राखिएको थियो।[५२] उनको पेट र तिघ्राको केही भाग ओछ्यान छेउको टेबलमा राखिएको थियो भने अपराध स्थलबाट मुटु भेटाउन सकिएन।[५३] उक्त कोठामा फेला परेको खरानीले केलीको हत्याराले कोठामा उनको शरीरलाई अङ्गभङ्ग गर्दा उज्यालो पार्न धेरै दहनशील वस्तुहरूलाई जलाएको अनुमान लगाइएको थियो।[५४]

प्रत्येक क्यानोनिकल पाँच हत्याहरू महिनाको अन्तमा, एक हप्तापछि सप्ताहन्तमा वा त्यसको नजिक नजिक गरिन्थ्यो।[५५] निकोल्सको मामिला बाहेक एकपछि अर्को हत्याहरू अघि बढ्दै जाँदा शरीरको अङ्गभङ्ग झन-झनै गम्भीर हुँदै गएका थिए। पीडित पाँच महिलाहरू मध्ये निकोल्सको कुनै पनि अङ्ग निकालिएको थिएन; च्यापमेनको गर्भाशय, मूत्राशय र योनिको केही भाग निकालिएको थियो; एडोवेसकन्ह गर्भाशय र बायाँ मिर्गौला निकालिएको र अनुहारलाई छेदविच्छेद गरिएको; केलीको शरीरबाट लगभग सबै आन्तरिक अङ्ग निकालिएको, अनुहारलाई सबै दिशामा च्यातिएको र उनको घाँटीलाई पनि धेरै पटक काटिएको थियो।[५६] यद्यपि यस अपराध स्थलबाट हराएको शरीरको एक मात्र अङ्ग मुटु थियो।[५७]

ऐतिहासिक रूपमा यी पाँच क्लोनिकल हत्याहरू एउटै अपराधीले गरेका थिए भन्ने विश्वास समकालीन कागजातहरूबाट लिइएको हो।[५८] सन् १८९४ मा महानगरीय प्रहरी सेवाका सहायक मुख्य नायब उपरीक्षक तथा आपराधिक जाँच विभागका प्रमुख महोदय मेलभिल म्याकनागटेनद्वारा लिएको एक प्रतिवेदनमा "ह्वाइटचापल हत्याकाण्डमा ५ जना शिकार भए मात्र ५ जना"।[५९] त्यसै गरी सन् १९८८ नोभेम्बर १० का दिन लन्डन आपराधिक जाँच विभागका प्रमुख रबर्ट एन्डरसनलाई प्रहरी शल्यचिकित्सक थोमस बोन्डले लेखेको पत्रमा पाँच जना पीडितहरूलाई एकसाथ जोडेको थियो।

केही अनुसन्धाताहरूले केही हत्यामा पक्कै पनि एक हत्याराको संलग्न रहेको बताउँछन् तर अन्य अपराधहरूका लागि स्वतन्त्र भएर काम गर्ने अज्ञात हत्याराहरूको ठूलो सङ्ख्या थियो।[६०] लेखक स्टिवर्ट पि इभान्स र डोनाल्ड रम्बलोबले क्यानोनिकल पाँचलाई रिपर मिथ्याको रूपमा सङ्ज्ञा दिँदै तीन मुद्दाहरू (निकोल्स, च्यापम्यान र एडोवेस) निश्चित रूपमा एउटै अपराधीसँग सम्बन्धित हुन सक्छन् भन्ने तर्क गर्छन् तर स्ट्रिड र केलीको पनि एउटै व्यक्तिद्वारा हत्या गरिएको थियो कि थिएन भन्ने सन्दर्भमा कम निश्चितता रहेको छ।[६१] यसको विपरीत अरूको विचारमा टअब्राम र केलीबीचको छवटा हत्या एउटा हत्याराको काम थियो। डाक्टर पेयर्सी क्लार्क जो रोगविज्ञानी जर्ज बग्स्टर फिलिप्सका सहायक थिए, उनले मात्र ३ हत्याहरूलाई एकमुष्ट रूपमा हेरेका थिए।[६२] म्याकनाघनले हत्या पश्चात् एक वर्षसम्म पनि प्रहरी बलमा सामेल भएका थिएनन् भने उनको ज्ञापनपत्रमा सम्भावित सन्दिग्धहरूको बारेमा गम्भीर तथ्यात्मक त्रुटि रहेको भनिन्छ।[६३]

अन्य हत्या प्रकरणहरू[सम्पादन गर्ने]

मेरी जेन केलीलाई साधारणतया रिपरको अन्तिम शिकार मानिन्छ भने अपराधीको मृत्यु, कारावासमा कैद वा बसाइँसराइका कारण अपराध समाप्त भएको अनुमान गरिएको थियो। ह्वाइटचापलको हत्याले क्यानोनिकल पाँच पछि घटेका अन्य चारवटा हत्याको विवरण दिन्छ जसमा रोज मिलेट, एलिस म्याकेन्जी, पिनचिन सडकमा पाइएको शिरबिहिन शरीर र फ्रान्सेस कोल्स समावेश छन्।[६४]

२६ वर्षीया रोज मिलेटको शव क्लार्कको यार्ड, पोप्लारमा सन् १९८८ डिसेम्बर २० का दिन मा फेला परेको थियो भने उनको घाँटी थिचेर हत्या गरिएको थियो।[६५][६६] हत्या गर्ने क्रममा सङ्घर्षको निशान नभएकाले प्रहरीले उनलाई संयोगवश मात्तिएको झुपडीमा झुन्डिएको वा आत्महत्या गरेको भन्नेमा विश्वास गरेकन थिए तथापि उनको घाँटीको एक छेउमा डोरीले कमजोर निशानले मिलेटको घाँटी अँठ्याएर हत्या गरिएको सङ्केत दिन्छ। मिलेटको मृत्युको जाँचगर्दा अदालतले यस घटनालाई हत्याको फैसला सुनाएको थियो। [६७][६८][६९]

एलिस म्याककेन्जीको हत्या सन् १९८९ जुलाई १७ का दिन ह्वाइ ह्वाइटचापलको क्यासल एलिमा मध्यरातको केही समयपछि गरिएको थियो।[७०] उनको घाँटीमा दुई चोटी छुरीले रोपिएको थियो भने उनको शरीरमा थुप्रै स-साना चोट तथा घाउहरू फेला परे जसमा उनको देब्रे स्तनदेखि नाभीसम्म सात इन्च लामो सतही घाउ पनि समावेश छ।[७१] एक शल्य चिकित्सक थोमस बोन्डले यो रिपरद्वारा गरिएको हत्या हो भन्ने विश्वास गरेतापनि उनका सहकर्मी जर्ज बस्टर फिलिप्सले यस कुरामा सहमति जनाएनन् जसले पहिलेका तीन जना शवहरूको जाँचेका थिए। [७२][७३]म्याककेन्जीको हत्याराले ज्याक द रिपरको शैलीको नक्कल गरेर आफू र यो हत्यालाई ज्याक द रिपर लाई दोषी ठहर्‍याउन खोजेको कुरामा पनि लेखकहरूको धारणा विभाजित रहेको छ।

सन् १९८९ सेप्टेम्बर १० का दिन मा ह्वाइटचापलको पिनचिन सडकस्थित रेलमार्ग मुनि अन्दाजी ३० देखि ४० वर्षकी एउटी अज्ञात महिलाको शिर र खुट्टा नभएको शरीर फेला पर्छ।[७४] उनको मृत्यु हुनुभन्दा केही समयअघिनै उनको ढाड, कम्मर र पाखुरामा हतियार प्रहार गरिएकाले चोट लागिसकेको थियो।[७५] शवको गुप्ताङ्गमा चोट नभएतापनि पेटलाई भने छेदविच्छेद गरिएको थियो। उनको अर्धशरीर पत्ता लाग्नु भन्दा १ दिन पहिलानै उनको मृत्यु भएको अनुमान गरिएको थियो।[७६] शरीरका टुक्रा-टुक्रा भएका खण्डहरू पुरानो केमिजमा लुकाइएको र रेल मार्फत अन्तै लगिएको विश्वास गरिन्छ।[७७]

सन् १८९१ फेब्रुअरी १३ का दिन फ्रान्सेस कोलको मृत शरीर फेला परेको थियो [७८]

सन् १८९१ फेब्रुअरी १३ का दिन बिहान २ बजेर १५ मिनेट जाँदा अर्नेस्ट थम्पसनले ह्वाइटचापलको स्वालो गार्डनस्थित रेलमार्गको मुनि फ्रान्सेस कोल्स नाम गरेकी २५ वर्षीया वेश्यालाई फेला पारेका थिए। उनको घाँटीलाई काटिएको थियो तर तिनको शरीर अङ्गभङ्ग गरिएको थिएन।[७९] अर्नेस्ट थम्पसनले उनलाई भेटाउँदा खेरीसम्म उनी जिवितै थिइन् भने चिकित्सा सहायता आउनुअघिनै उनको मृत्यु हुन्छ। एक जना ५३ वर्षीय स्टोकर जेम्स थोमस साडलर लेल्ससँग पिउँदै गरेको देखिएको थियो र उनको मृत्यु हुनुभन्दा लगभग तीन घण्टाअघि ती दुईले बहस गरेका थिए भन्ने कुरा पत्ता लागेको थियो।[८०] साडलरलाई प्रहरीले गिरफ्तार गरेर उनलाई हत्याको अभियोग लगाएको थियो। उनलाई केही समय ज्याक द रिपर ठानिन्थ्यो तर पछि ३ मार्च १८९१ मा प्रमाणको अभावमा उनलाई रिहा गरिएको थियो।

अन्य घटनाहरू[सम्पादन गर्ने]

एघार वटा ह्वाइटचापल हत्याको बाहेक अनुसन्धानकर्ताहरूले अन्य आक्रमणहरूलाई रिपरसँग जोडेर हेरेको पाइन्छ।[८१] "फेरी फे" एक अज्ञात महिलालाई दिइएको उपनाम थियो जसको शव कथित रूपमा सन् १८८७ डिसेम्बर २६ का दिन वाणिज्यिक सडक नजिक फेला पारिएको थियो।[८२] "फेरी फे" को सन्दर्भमा, यो आक्रमण वास्तविक थियो वा रिपरको नामलाई बढावा दिनका लागि गरिएको भन्ने स्पष्ट छैन।[८३] पीडित महिलाको पेटमा खम्बा ठोकिएको रूपमा शवलाई बरामद गरिएको थियो तर सन् १८८७ को डिसेम्बर वा त्यसको आसपास ह्वाइटचापलमा कुनै पनि हत्या दर्ता नभएको देखिन्छ।[८४] एमा एलिजाबेथ स्मिथको हत्याको भ्रमित प्रेस प्रतिवेदन मार्फत "फेरी फे" सिर्जना गरिएको देखिन्छ जसको गुप्ताङ्गमा अस्पष्ट वस्तु घुसाइएको थियो। अधिकांश लेखकहरू पीडित फेरी फे अस्तित्वमानै नरहेको भन्ने कुरामा सहमत छन्।[८१][८५]

एनी मिलउड नामक एक ३८ वर्षीया विधवालाई सन् १८८८ फेब्रुअरी २५ का दिन खुट्टामा असङ्ख्य छुरा रोपी घाइते बनाइएको थियो भने ह्वाइटचापलको एक स्वस्थ्य चौकीमा भर्ना गरिएको थियोे।[८६] पीडित महिलाको बयान दिँदा उनलाई एक अज्ञात व्यक्तिले धारिलो चक्कुले प्रहार गरेको बताएकी थिइन्।[८७] मिलउड निको भएर घर फर्किए लगत्तै उनको प्राकृतिक कारणहरूले गर्दा मृत्यु हुन्छ। मिलउडलाई पछि रिपरको पहिलो सिकारको रूपमा लिइएको थियो यद्यपि यो आक्रमणले अपराधीसँग निश्चित रूपमा कुनैपनि सम्बन्ध राख्दैन।[८८]

अर्को शङ्कास्पद शिकार एडा विल्सन नामक एक जवान महिला थिइन्।[८९] उनी सन् १९८८ मार्च २८ का दिन आफ्नो घरको ढोकामा सानोखाले चक्कुले घाँटीमा दुई पटक रोपिँदासम्म पनि बचेकी थिइन्।[९०][९१] थप सम्भाव्य सिकार ४० वर्षीया एनी फार्मर हुन् जो मार्था टअब्रामको घरमा बस्दै थिइन् भने सन् १९८८ नोभेम्बर २१ का दिन उनीमाथि आक्रमण भएको थियो। [९२][९३][९४]

सन् १९८८ अक्टोबर २ का दिन ह्वाइटहलमा निर्माण भइरहेको नयाँ महानगरीय प्रहरी मुख्यालयको छेउछाउमा एक महिलाको शिरबिहिन शरीर फेला पारिएको थियो जसलाई "ह्वाइटहल रहस्य"को रूपमा पनि चिनिने गरिन्छ।[९५] सेप्टेम्बर ११ का दिन पिम्ली नजिकै थेम्स नदीमा लाशको पाखुरा र कुम पानीमा तैरिरहेको रूपमा फेला पर्छ भने अक्टोबर १७ मा शिरबिहिन शरीर फेला परेको ठाउँ नजिकै बायाँ खुट्टा गाडिएको स्थितमा बरामद गरिएको थियो। शवको हातखुट्टा र शिर नभेटिएपछि शरीर कसको हो भन्ने कुरा पत्ता लाग्दैन।[९६] यस्तै प्रकारले अङ्गभङ्ग गरिएको स्थितिमा पिन्चिन सडकमा पनि महिलाको शव बरामद गरिएको थियो जहाँ खुट्टा र टाउको शरीरबाट छुट्टिएको स्थितिमा थियो तर पाखुरालाई काटिएको थिएन।

तीनजना पुरुषहरूले मृत महिलाको शरीरको बाँकी अंश खोजिरहेको एक चित्र
सन् १८८८ को ह्वाइचापल रहस्य

ह्वाइटहल रहस्य र पिनचिन सडकमा भेटिएको शवको मुद्दालाई "थेम्स रहस्य" भनेर चिनिने शृङ्खलाबद्ध हत्याको एक भाग भएको हुनसक्ने अनुमान लगाइएको थियो।[९७] शवबाट शिर र खुट्टा छुट्टाउने हत्यारालाई पछि टोर्सो हत्याराको सङ्ज्ञा दिइएको थियो। ज्याक द रिपर र टोर्सो हत्यारा एउटै व्यक्ति थिए वा एउटै क्षेत्रमा सक्रिय फरकफरक क्रमिक हत्याराहरू थिए भन्ने कुरामा बहस चलेको थियो। टोर्सो हत्याराको हत्या विधि रिपरको भन्दा फरक रहेकाले त्यतिबेला प्रहरीले ती दुईबीचको कुनै पनि सम्बन्धलाई बेवास्ता गरिरहेको थियो।[९८] टोर्सो हत्यारासँग सम्बन्धित चार जनामध्ये एक जना एलिजाबेथ ज्याक्सनको लाशको अन्य भागहरू मात्र पत्ता लागेको थियो भने अन्यको केही पत्ता लाग्न सकेन जो चेल्सीकी २४ वर्षीया वेश्या थिइन् जसको शरीरका विभिन्न अङ्गहरू ३१ मे देखि २५ जुन १८८९ को बीच तीन हप्ताको अवधिमा थेम्स नदीबाट बरामद गरिएको थियो।[९९][१००]

सन् १९८८ डिसेम्बर २९ का दिन मा सात वर्षीय बालक जोन गिलको शव ब्राडफोर्डको म्यानिङघमस्थित स्थिर खण्डमा फेला परेको थियो। गिल डिसेम्बर २७ देखि हराइरहेको थियो।[१०१] पीडित बालकको खुट्टा भाँच्चिएको, पेट चिरिएको, आन्द्राहरू आंशिक रूपमा बाहिर निस्किएको र शरीरबाट मुटु र एउटा कानलाई छुट्टाइएको थियो।[१०२] रिपर हत्या प्रकरण तेजरूपमा फैलिएकाले रिपरलेनै उक्त बालकको हत्या गरेको अनुमान लगाइएको थियो। उक्त बालकको मालिक २३ वर्षीय दुग्ध व्यापारी विलियम बेरेटलाई हत्याको आरोपमा दुईपटक गिरफ्तार गरिएतापनि अपर्याप्त प्रमाणको कारण उनलाई रिहा गरिएको थियो।[१०२] त्यसपछि कसैलाई पनि हत्याको अभियोग लगाइएको थिएन।

क्यारी ब्राउनलाई (सेक्सपियरद्वारा लेखिएको नाटकलाई राम्रोसँग उद्धरण गर्ने सक्ने भएकाले सेक्सपियर उपनाा दिइएको) सन् १८९१ अप्रिल २४ का दिन लुगाले घाँटी अँठ्याएर हत्या गरी न्युयोर्क सहरमा शरीरलाई अङ्गभङ्ग गरिएको थियो। उनको शरीरको तिघ्रा र खुट्टा बीचको भागमा केही चोटका निशानहरू देखिएका थिए। ओछ्यानमा उनको डिम्ब फेला परेको थियो तर यसलाई जानाजानी हटाइएको वा अनजानमा हटाइएको भएतापनि अन्य अङ्गहरूलाई निकालिएको थिएन। त्यतिबेला हत्यालाई ह्वाइटचापलका हत्याहरूसँग तुलना गरिएको थियो यद्यपि महानगरीय प्रहरीले यो घटना कुनैपनि घटनासँग सम्बन्धित नरहेको जनाएको थियो।[१०३]

अनुसन्धान[सम्पादन गर्ने]

लन्डन सहर प्रहरीसँग रहेको ह्वाइटचापल हत्यासँग सम्बन्धित अधिकांश प्रतिवेदन तथा विवरणहरू दोस्रोविश्वयुद्ध चलिरहँदा सन् १९४० देखि सन् १९४१ सम्म जर्मनीद्वारा बेलायती विरुद्धको बम हमलामा नष्ट भएका थिए।[१०४] पछि महानगरीय प्रहरीसँग रहेको प्रतिवेदनहरूले रानी भिक्टोरियाको युगमा हत्या अनुसन्धान प्रक्रियाको विस्तृत प्रतिवेदनहरू हेर्न अनुमति दिन्छ। प्रहरीहरूको एउटा ठूलो टोलीले ह्वाइटचापलमा रहेका प्रत्येक घरहरूको जाँच गरेको थियो भने त्यससमय अदालतसम्बन्धित सामग्री तथा सबुतहरूलाई जम्मा पारी जाँच गरिएको थियो।[१०५] हत्या अनुसन्धानमा थुप्रै शङ्कास्पद व्यक्तिहरूलाई गिरफ्तार गरिएको थियो भने प्रहरीद्वारा दुई हजार भन्दा बढी मानिसहरूको अन्तरवार्ता लिइएको थियो जसमध्ये ३०० भन्दा बढी मानिसहरूको जाँच गरी ८० जनालाई थुनामा राखिएको थियो।[१०६] स्ट्रिड र एडोवेसको हत्यापछि सहर प्रहरीका आयुक्त महोदय जेम्स फ्रेजरले रिपरलाई गिरफ्तार गर्नेलाई ५०० पाउन्डडको इनाम दिने प्रस्ताव राखेका थिए।[१०७]

Sketch of a whiskered man
निरीक्षक फेडरिक अब्बरलिन

जाजुस निरीक्षक एडमन्ड रिडको नेतृत्वमा महानगरीय प्रहरी ह्वाइटचापल विभागीय आपराधिक जाँच विभाग ह्वाइटचापल हत्याको प्रकरणको अनुसन्धान थालिएको थियो। निकोल्सको हत्यापश्चात् जाजुस निरीक्षक फ्रेडरिक अब्बरलिन, हेनरी मुर र वल्टर एन्ड्रिउजलाई स्कटल्याण्ड यार्डको केन्द्रीय कार्यालयबाट अनुसन्धानमा सहायता गर्नका लागि पठाइएको थियो।[१०८] लन्डन सहरभित्र भएको एडोवेस हत्यापछि निरीक्षक जेम्स म्याकविलियमको नेतृत्वमा लन्डन प्रहरी अनुसन्धानमा संलग्न भएको थियो। भर्खरै नियुक्त गरिएका आपराधिक जाँच विभागका प्रमुख रबर्ट एन्डरसन ७ सेप्टेम्बरदेखि ६ अक्टोबरबीच स्वीट्जरल्यान्डमा छुट्टीमा थिए भन्ने तथ्यले गर्दा हत्याको जाँचको समग्र निर्देशनमा बाधा पुगेको थियो भने उनी भ्रमणमा रहेका बेला च्यापमेन, स्ट्रिड र एडोवेसको हत्या भएको थियो।[१०९] यसले गर्दा महानगरीय प्रहरी आयक्त चार्ल्स वारेनले स्कटल्यान्ड यार्डबाट सोधपुछ समन्वय गर्न मुख्य निरीक्षकको रूपमा डोनाल्ड स्वानसनलाई नियुक्त गरेका थिए।[११०]

मासु काट्ने कसाई, नरहत्यारा, शल्यचिकित्सक र वैद्यहरूद्वारा पीडित महिलाहरूको अङ्गभङ्ग गरिएको भन्ने आशङ्का रहेको थियो।[१११] सहर प्रहरीका कार्यकारी आयुक्त हेनरी स्मिथको एउटा जीवित टिप्पणीले स्थानीय कसाई र वधगर्नेहरूको जाँच गरिएको सङ्केत गर्दछ जसको फलस्वरूप उनीहरूलाई जाँचबाट मुक्त गरिएको थियो। निरीक्षक स्वानसनको गृह कार्यालयको एउटा प्रतिवेदनले पुष्टि गरेअनुसार ७६ जना कसाई र वधगर्नेहरूलाई निरीक्षकमा राखिएको र उनीहरू कहाँ काम गर्ने सबै कर्मचारीहरूलाई अघिल्लो छ महिनासम्म अनुसन्धानमा समेटिएको थियो। रानी भिक्टोरियालगायत अन्य केही समकालीन व्यक्तिहरूको विचारमा हत्याको नमुनाले उक्त अपराधी लन्डन र युरोपको मुख्य भूमिको बीचमा रहेको एक कसाई वा डुङ्गाबाट गाईवस्तु ओसारपसार गर्ने व्यक्ति थियो भनेर सङ्केत गर्दछ।[११२] ह्वाइटचापल लन्डनमा डुङ्गाहरू बनाउने ठाउँ नजिक थियो र प्रायः यस्ता डुङ्गाहरू बिहीबार र शुक्रबारका दिन बन्द रहन्थ्यो भने शनिबार र आइतबारको दिन चल्ने गरेको थियो। गाईवस्तुका डुङ्गाहरूको जाँच गरिएपछि हत्याको मिति र डुङ्गा चलेको दिन मेल खान गएको भने थिएन। [११३]

ह्वाइटचापल सतर्कता समिति[सम्पादन गर्ने]

सन् १८८८ को सेप्टेम्बरमा लन्डनका स्वयम्सेवक नागरिकहरूको एउटा समूहले ह्वाइटचापल सतर्कता समिति नामक एक टोलीको गठन गरेको थियो जसले पछि शङ्कास्पद व्यक्तिकोहरूको खोजी गर्दै सडकमा गस्ती गरेको थियो।[११४] यस समितिको गठन पश्चात् यसले प्रहरीले अपराधी पक्राउ गर्न नसकेको भन्दै असन्तुष्टि जनाएको थियो भने यसका साथै हत्याले त्यस क्षेत्रका व्यवसायीलाई असर गरिरहेको भन्दै केही सदस्यहरू चिन्तित बनेका थिए।[११५] समितिले हत्यारालाई गिरफ्तार गर्ने जानकारी दिएबापतको इनाम जुटाउन सरकारलाई निवेदन गर्दै उनीहरूलाई पक्राउ गर्न सहायता प्रदमन गर्नेलाई ५० पाउन्डको इनाम दिने प्रस्ताव राखेका थिए।[११६]

अभियुक्तहरू[सम्पादन गर्ने]

पत्र[सम्पादन गर्ने]

सञ्चार माध्यम[सम्पादन गर्ने]

विरासत[सम्पादन गर्ने]

पन्च पत्रिकामा छापिएको रिपरको एक चित्र

रिपरद्वारा गरिएका हत्याको प्रकृति र पीडितहरूको गरीब जीवनशैलीले पूर्वी भूभागको खराब जीवनस्तरतर्फ ध्यानाकर्षण गरिरहेको थियो भने यसले भीडले खचाखच भरिएका झुपडीहरू त्यहाँबाट खाली गर्ने र भत्काउने जनमत लाई हौसला गरेको थियो।[११७] हत्या भएको दुई दशकको अन्तरालमा थुप्रै झुपडीहरूलाई भत्काइएको थियो तर यसको बाबजुद पनि केही ठूलो भवनहरूलाई छाडिएको थियो जसकारण रिपरको दन्त्यकथालाई अझै पनि हत्या स्थल तथा मुद्दासँग सम्बन्धित अन्य स्थानहरूको विभिन्न निर्देशित भ्रमणद्वारा प्रवर्धन गरिएको हुन्छ।[११८][११९] हत्या भएको धेरै वर्षसम्म पनि कमर्सियल स्ट्रिटको दश बेल्स सार्वजनिक घर (जसलाई कम्तीमा एक जना क्यानोनिकल रिपर पीडितहरूले बारम्बार प्रयोग गर्थे) भ्रमणहरू मुख्य केन्द्रबिन्दु बनेको थियो।[१२०][१२१]

हत्याको लगत्तै र त्यसपछिका वर्षहरूमा "ज्याक द रिपर प्रायजसो केटाकेटी हरुलाई डर देखाउन भन्ने गरिने एक काल्पनिक दुष्टात्मा बनेको थियो।[१२२] बालबालिकाहरूलाई भन्ने गरिने रिपरको कथामा रिपरको अमानवीय वा राक्षसी प्रवृत्तिको बयान गरिन्थ्यो। सन् १९२० देखि सन् १९३० को दशकमा रिपरलाई दैनिक लुगा फेरेर लुकिरहेको एक गोप्य व्यक्तिको रूपमा चलचित्रमा चित्रण गरिएको थियो भने त्यसबेलाका चलचित्रहरूमा रिपरले आफ्ना शिकारहरूलाई गोप्य रूपमा प्रहार गरेको देखाइन्थ्यो।[१२३] सन् १९६० को दशकसम्ममा रिपर महाशिकारी वा अग्रपङ्क्तिको शिकारीको रूपमा परिचित भइसकेको थियो भने उसलाई प्रायः भलादमीको रूपमा कालो टोपी पहिरिएको रूपमा चित्रण गरिन्थ्यो।[१२४] समग्रमा रिपर माथिल्लो वर्गको शोषणको प्रष्टीकरणको रूपमा कार्य गर्ने खलनायक बन्न पुगेको थियो। रिपरको चित्र ड्राकुलाको क्लोक वा भिक्टर फ्रान्केस्टीनको अङ्ग कटनीजस्ता डरलाग्दा कथाहरूका प्रतीकहरूसँग गाभिएको वा उधार लिएको थियो।[१२५] रिपरको काल्पनिक संसारले शेरलक होम्सदेखि जापानी कामुक त्राससम्म विभिन्न शैलीहरूसँग समायोजित भएको थियो।

ज्याक द रिपरलाई केन्द्रविन्दु बनाएर सयौँ काल्पनिक कृतिहरू लेखिएका छन् जसले तथ्य र काल्पनिकता बीचको सीमालाई समेट्छ छ। यस तथ्य र काल्पनिकताको बीचमा समायोजित गर्न थुप्रै लेख वा चलचित्रहरू मध्ये सन् १९९२ मा जेम्स मेब्रिकद्वारा प्रस्तुत गरिएको एक वृत्तचित्र पनि समावेश छ। रिपर उपन्यास, लघुकथा, कविता, हास्यव्यङ्ग्य पुस्तक, खेल, गीत, नाटक, टेलिभिजन कार्यक्रम र असङ्ख्य चलचित्र तथा वृत्तचित्रहरूमा देखापरेको छ। १०० भन्दा बढी गैर-काल्पनिक कृतिहरूले ज्याक द रिपर हत्यासँग सोझै सम्बन्ध राख्दछन् र यो वास्तविक अपराधसम्बन्धी सबैभन्दा लिखित विषयहरूमध्ये एक भएको छ।[१२६][१२७] "रिपरतत्व" भन्ने पदावली सन् १९७० को दशकमा यस मुद्दामा अध्ययन तथा अनुसन्धान गर्नका लागि कोलिन विल्सनद्वारा निर्माण गरेका थिए। यस मुद्दामा रिपराना, रिपरलोजिस्ट र रिपर नोट्स पत्रिकाले आफ्नो अनुसन्धान प्रकाशित गर्ने गरेको छ।[१२८]

सन् २०१५ मा ज्याक द रिपर सङ्ग्रहलय पूर्वी लन्डनमा खोलिएको थियो।[१२९] मेरी तुसोको च्याम्बर अफ होरर्समा ज्याक द रिपरको कुनै पनि मैन आकृति बनाइएको छैन जहाँ अन्य असङ्ख्य हत्या वा हत्याराहरूको आकृतिलाई मैनबाट बनाइएको छ।[१३०] उक्त सङ्ग्रहलयमा रिपरलाई छायाँको रूपमा चित्रण गरिएको छ। सन् २००६ मा बीबीसी इतिहास पत्रिकाको एक सर्वेक्षणले ज्याक द रिपरलाई इतिहासकै सबैभन्दा खराब बेलायतीको रूपमा छनोट गरेको थियो। [१३१][१३२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. धारावाहीक हत्यारा: सत्य अपराध आइएसबिएन ९७८-०-७८३५-०००१-० p. 93
  2. Kershen, Anne J., "The Immigrant Community of Whitechapel at the Time of the Jack the Ripper Murders", in Werner, pp. 65–97; Vaughan, Laura, "Mapping the East End Labyrinth", in Werner, p. 225
  3. The Murders of the Black Museum: 1870–1970 आइएसबिएन ९७८-१-८५४-७११६०-१ p. 54
  4. Life and Labour of the People in London (London: Macmillan, 1902–1903) वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २०११ मिति (The Charles Booth on-line archive) पहुँचमिति 5 August 2008
  5. Novels and Social Writings आइएसबिएन ९७८-०-५२१-२६२१३-२ p. 147
  6. "Jack the Ripper: Why Does a Serial Killer Who Disembowelled Women Deserve a Museum?", The Telegraph, ३० जुलाई २०१५, मूलबाट ८ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०२० 
  7. Rumbelow, p. 14
  8. Jack the Ripper: The Complete Casebook आइएसबिएन ९७८-०-४२५-११८६९-६ p. 30
  9. Begg, Jack the Ripper: The Definitive History, pp. 131–149; Evans and Rumbelow, pp. 38–42; Rumbelow, pp. 21–22
  10. Marriott, John, "The Imaginative Geography of the Whitechapel murders", in Werner, pp. 31–63
  11. हगार्ड, रोबर्ट एफ (सन् १९९३), "ज्याक द रिपर, लन्डनका लागि खतरा", सत्र ३५, भर्जिनिया विश्वविद्यालयको कोर्कोरान इतिहास विभाग
  12. Woods and Baddeley, p. 20
  13. १३.० १३.१ The Crimes, London Metropolitan Police, मूलबाट २९ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१४ 
  14. Cook, pp. 33–34; Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, p. 3
  15. Cook, p. 151
  16. Keppel, Robert D.; Weis, Joseph G.; Brown, Katherine M.; Welch, Kristen (२००५), "The Jack the Ripper murders: a modus operandi and signature analysis of the 1888–1891 Whitechapel murders", Journal of Investigative Psychology and Offender Profiling 2 (1): 1–21, डिओआई:10.1002/jip.22 
  17. Evans and Rumbelow, pp. 47–55
  18. Begg, Jack the Ripper: The Facts, pp. 29–30
  19. Begg, Jack the Ripper: The Definitive History, pp. 27–28; Evans and Rumbelow, pp. 47–50; Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, pp. 4–7
  20. Begg, Jack the Ripper: The Definitive History, p. 28; Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, pp. 4–7
  21. The Star, 8 September 1888, quoted in Begg, Jack the Ripper: The Definitive History, pp. 155–156 and Cook, p. 62
  22. Begg, Jack the Ripper: The Definitive History, pp. 29–31; Evans and Rumbelow, pp. 47–50; Marriott, Trevor, pp. 5–7
  23. २३.० २३.१ Begg, Jack the Ripper: The Facts, p. 35
  24. Jack the Ripper: The Definitive History आइएसबिएन ०-५८२-५०६३१-X p. 63
  25. The Crimes, Detection and Death of Jack the Ripper आइएसबिएन ९७८-१-५६६-१९५३७-९ p. 17
  26. Evans and Rumbelow, pp. 51–55; Marriott, Trevor, p. 13
  27. 3000 Facts about Historic Figures आइएसबिएन ९७८-०-२४४-६७३८३-३ p. 171
  28. Begg, Jack the Ripper: The Facts, p. 43
  29. Whittington-Egan, The Murder Almanac, p. 91
  30. "Old Wounds: Re-examining the Buck's Row Murder", casebook.org, २ अप्रिल २००४, मूलबाट २५ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सेप्टेम्बर २०२० 
  31. "Another Horrible Tragedy in Whitechapel", casebook.org, २ अप्रिल २००४, मूलबाट १८ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ सेप्टेम्बर २०२० 
  32. Eddleston, p. 21; Evans and Rumbelow, pp. 60–61; Rumbelow, pp. 24–27
  33. Rumbelow, p. 42
  34. The Murders of the Black Museum: 1870–1970 आइएसबिएन ९७८-०-८६३-७९०४०-९ pp. 55–56
  35. Jack the Ripper – Through the Mists of Time आइएसबिएन ९७८-१-७८२-२८१६८-९ p. 21
  36. Marriott, Trevor, pp. 26–29; Rumbelow, p. 42
  37. Begg, Jack the Ripper: The Facts, p. 76
  38. Jack the Ripper आइएसबिएन ९७८-०-७६०-७८७१६-८ p. 36
  39. Begg, Jack the Ripper: The Definitive History, p. 153; Cook, p. 163; Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, p. 98; Marriott, Trevor, pp. 59–75
  40. Foul Deeds and Suspicious Deaths in London's East End आइएसबिएन ९७८-१-८४५-६३००१-० p. 88
  41. Jack the Ripper – Through the Mists of Time आइएसबिएन ९७८-१-७८२-२८१६८-९ p. 27
  42. "Catherine Eddowes a.k.a. Kate Kelly", casebook.org, १ जनवरी २०१०, मूलबाट १३ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०२० 
  43. Medical report in Coroner's Inquests, no. 135, Corporation of London Records, quoted in Evans and Skinner, pp. 205–207 and Fido, pp. 70–74
  44. ४४.० ४४.१ Begg, Jack the Ripper: The Definitive History, pp. 193–194; Chief Inspector Swanson's report, 6 November 1888, HO 144/221/A49301C, quoted in Evans and Skinner, pp. 185–188
  45. Cook, p. 143; Fido, pp. 47–52; Sugden, p. 254
  46. Eddleston, p. 171
  47. e.g. Evans and Skinner, Jack the Ripper: Letters from Hell, p. 30; Rumbelow, p. 118
  48. Ripper Notes: The Legend Continues आइएसबिएन ९७८-०-९७८-९११२२-५ p. 35
  49. Begg, Jack the Ripper: The Facts, p. 179
  50. Foul Deeds and Suspicious Deaths in London's East End आइएसबिएन ९७८-१-७८१-५९६६२-३ p. 95
  51. Holmes, Profiling Violent Crimes: An Investigative Tool, p. 239
  52. Begg, Jack the Ripper: The Facts, pp. 292–293
  53. Dr. Thomas Bond "notes of examination of body of woman found murdered & mutilated in Dorset Street" MEPO 3/3153 ff. 12–14, quoted in Sugden, pp. 315, 319
  54. Eddleston, p. 63
  55. e.g. Daily Telegraph, 10 November 1888, quoted in Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, pp. 339–340
  56. Macnaghten's notes quoted by Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, pp. 584–587; Fido, p. 98
  57. Eddleston, p. 70
  58. Cook, p. 151; Woods and Baddeley, p. 85
  59. Macnaghten's notes quoted by Cook, p. 151; Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, pp. 584–587 and Rumbelow, p. 140
  60. e.g. Cook, pp. 156–159, 199
  61. Evans and Rumbelow, p. 260
  62. Interview in the East London Observer, 14 May 1910, quoted in Cook, pp. 179–180 and Evans and Rumbelow, p. 239
  63. Marriott, Trevor, pp. 231–234; Rumbelow, p. 157
  64. "Frances Coles: Murdered 13 February 1891", jack-the-ripper.org, २ अप्रिल २०१०, मूलबाट ८ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०२१ 
  65. Alias Jack the Ripper: Beyond the Usual Whitechapel Suspects आइएसबिएन ९७८-१-४७६-६२९७३-५ p. 179
  66. Jack the Ripper: The Forgotten Victims आइएसबिएन ९७८-१-३०६-४७४९५-५ p. 125
  67. Begg, Jack the Ripper: The Facts, p. 314
  68. "Rose Mylett (1862–1888)", casebook.org, १ जनवरी २०१०, मूलबाट २० अक्टोबर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०२० 
  69. Evans and Rumbelow, pp. 245–246; Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, pp. 422–439
  70. "Alice McKenzie a.k.a. "Clay Pipe" Alice, Alice Bryant", casebook.org, १ जनवरी २०१०, मूलबाट २३ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०२० 
  71. Evans and Rumbelow, pp. 208–209; Rumbelow, p. 131
  72. Evans and Rumbelow, p. 209
  73. Marriott, Trevor, p. 195
  74. Eddleston, p. 129
  75. Begg, Jack the Ripper: The Facts, p. 316
  76. The Thames Torso Murders of Victorian London आइएसबिएन ९७८-१-४७६-६१६६५-० p. 159
  77. Evans and Rumbelow, p. 210; Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, pp. 480–515
  78. Fido, p. 113; Evans and Skinner (2000), pp. 551–557
  79. Begg, Jack the Ripper: The Facts, p. 317
  80. Evans and Rumbelow, pp. 218–222; Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, pp. 551–568
  81. ८१.० ८१.१ Evans, Stewart P.; Connell, Nicholas (2000). The Man Who Hunted Jack the Ripper. आइएसबिएन १-९०२७९१-०५-३
  82. "The Importance of Fairy Fay, and Her Link to Emma Smith", casebook.org, १ जनवरी २०१०, मूलबाट २३ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०२० 
  83. Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, p. 3
  84. Sugden pp. 5–6
  85. Begg, Jack the Ripper: The Facts, pp. 21–25
  86. The Eastern Post and City Chronicle, 7 April 1888
  87. Begg, Jack the Ripper: The Facts, p. 26
  88. Beadle, William (2009), Jack the Ripper: Unmasked, London: John Blake, आइएसबिएन ९७८-१-८४४५४-६८८-६, p. 75
  89. Beadle, p. 77; Fido, p. 16
  90. Begg, Jack the Ripper: The Facts, p. 27
  91. e.g. East London Advertiser, 31 March 1888
  92. Begg, Jack the Ripper: The Facts, pp. 311–312
  93. Beadle, p. 207; Evans and Rumbelow, p. 202; Fido, p. 100
  94. "Casebook: Annie Farmer", casebook.org, २ अप्रिल २००४, अन्तिम पहुँच ११ जुन २०२१ 
  95. Evans and Rumbelow, pp. 142–144
  96. "Scotland Yard is Built on a Crime Scene Related to an Unsolved Murder: The Whitehall Mystery", The Vintage News, २९ अक्टोबर २०१६, मूलबाट ६ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०२० 
  97. Gordon, R. Michael (2002), The Thames Torso Murders of Victorian London, Jefferson, North Carolina: McFarland & Company, आइएसबिएन ९७८-०-७८६४-१३४८-५
  98. Evans and Rumbelow, pp. 210–213
  99. "Elizabeth Jackson", casebook.org, २ अप्रिल २००४, मूलबाट २३ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०२१ 
  100. Gordon, R. Michael (2003), The American Murders of Jack the Ripper, Santa Barbara, California: Greenwood Publishing, आइएसबिएन ९७८-०-२७५-९८१५५-६, pp. xxii, 190
  101. "Unsettling Tale of Murder in Victorian Bradford", Telegraph and Argus, २१ नोभेम्बर २०१७, मूलबाट ८ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२० 
  102. १०२.० १०२.१ Evans and Skinner, Jack the Ripper: Letters from Hell, p. 136
  103. Vanderlinden, Wolf (2003–04). "The New York Affair", in Ripper Notes part one No. 16 (July 2003); part two No. 17 (January 2004), part three No. 19 (July 2004 आइएसबिएन ०-९७५९१२९-०-९)
  104. "Home: Introduction to the Case", casebook.org, १ जनवरी २०१०, मूलबाट १३ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अप्रिल २०२० 
  105. David Canter (1994), Criminal Shadows: Inside the Mind of the Serial Killer, London: HarperCollins, pp. 12–13, आइएसबिएन ०-००-२५५२१५-९
  106. Inspector Donald Swanson's report to the Home Office, 19 October
  107. Begg, Jack the Ripper: The Facts, p. 184
  108. The Enduring Mystery of Jack the Ripper, London Metropolitan Police, मूलबाट ४ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१० 
  109. Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, p. 675
  110. Begg, Jack the Ripper: The Definitive History, p. 205; Evans and Rumbelow, pp. 84–85
  111. Rumbelow, p. 274
  112. Inspector Donald Swanson's report to the Home Office, 19 October
  113. Robert Anderson to Home Office, 10 January 1889, 144/221/A49301C ff. 235–6, quoted in Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, p. 399
  114. Jack the Ripper – Through the Mists of Time आइएसबिएन ९७८-१-७८२-२८१६८-९
  115. e.g. Evans and Skinner, The Ultimate Jack the Ripper Sourcebook, pp. 245–252
  116. Begg, Jack the Ripper: The Facts, p. 128
  117. "The Whitechapel Murders", Western Mail, १७ नोभेम्बर १८८८, मूलबाट २ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०२० 
  118. Begg, Jack the Ripper: The Definitive History, pp. 1–2; Rivett and Whitehead, p. 15
  119. Cook, pp. 139–141; Vaughan, Laura, "Mapping the East End Labyrinth", in Werner, pp. 236–237
  120. Dennis, Richard, "Common Lodgings and 'Furnished Rooms': Housing in 1880s Whitechapel", in Werner, pp. 177–179
  121. Begg, Jack the Ripper: The Definitive History, p. 19
  122. Dew, Walter (1938). I Caught Crippen. London: Blackie and Son. p. 126, quoted in Begg, Jack the Ripper: The Definitive History, p. 198
  123. Woods and Baddeley, p. 150
  124. Bloom, Clive, "Jack the Ripper – A Legacy in Pictures", in Werner, pp. 252–253
  125. Bloom, Clive, "Jack the Ripper – A Legacy in Pictures", in Werner, pp. 255–260
  126. Woods and Baddeley, pp. 70, 124
  127. Evans, Stewart P. (April 2003). "Ripperology, A Term Coined By ...", Ripper Notes, copies at Wayback Casebook वेब्याक मेसिन अभिलेखिकरण १६ अक्टोबर २०११ मिति
  128. Creaton, Heather (अप्रिल २००३), "Recent Scholarship on Jack the Ripper and the Victorian Media", Reviews in History (333), मूलबाट २८ सेप्टेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१८ 
  129. Khomami, Nadia (५ अगस्ट २०१५), "Jack the Ripper Museum Architect Says He Was 'Duped' Over Change of Plans", The Guardian, मूलबाट १५ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०१५ 
  130. Warwick, Alexandra (२०१६), "The Scene of the Crime: Inventing the Serial Killer", Social & Legal Studies 15 (4): 552–569, डिओआई:10.1177/0964663906069547 
  131. "Jack the Ripper is 'Worst Briton'" वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २००९ मिति, 31 January 2006, BBC, retrieved 4 December 2009
  132. Woods and Baddeley, p. 176

स्रोतहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]