डी.बी. टुहुरो
डी.बी. टुहुरो | |
|---|---|
| जन्म | वि.स. २०३५ वैशाख ११ रोल्पा |
| राष्ट्रियता | |
| शिक्षा | स्नातकोत्तर, नेपाली |
| पेशा | लेखन |
| चिनारीको कारण | कविता,गीत, गजल, समालोचना |
उल्लेखनीय कार्य | रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना समालोचना,२०७४[१] |
| गृहनगर | लिबाङ, रोल्पा |
| धर्म | बौद्ध |
| जीवनसाथी | देवा सानुनय |
| मातापिता | रणबहादुर घर्ती र इन्द्रकली घर्ती |
| आफन्त | छोरा अभ्युदय घर्तीमगर र छोरी अभ्युन्नति घर्तीमगर |
डी.बी. टुहुरो |
|---|
डी.बी. टुहुरो नेपाली साहित्यका एक कवि, गीतकार, समालोचक तथा सम्पादक हुन्।[२][३] नेपाली साहित्यमा स्नातकोत्तर गरेका टुहुरोले छन्दोबद्ध कविताको साथमा गजल गीत, मुक्तक, समालोचना आदि विधाको रचना गर्ने गरेका छन्।[४]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]डी.बी. टुहुरोको जन्म वि.स.२०३५ बैशाख ११ गते बिहीबारका दिन सल्यान जिल्लाको तत्कालीन चाँदेकरेन्जी गापस वडा नं. २ मेलचौरमा भएको हो । सल्यान जिल्लाको बामे गापसको खानीगाउँमा उनका बुवा रणबहादुर घर्तीले बयानामा जग्गा लिएपछि बुवा रोल्पाबाट सल्यान गएका थिए । उनी आठ वर्षको हुँदा उनको बुवाको देहान्त भयो । बुवाको देहान्तपछि बुयानामा लिएको जग्गा किन्न सक्ने हैसियत रहेन, पैसा फिर्ता मागेर बाँच्यो उनको परिवार । दश वर्षको हुदा मुग्लान (कालापहाड) गए उनी । मुग्लानमा ढुङ्गा बोक्ने काम गरेर फर्केपछि एघार वर्षको उमेरमा देवीस्थल गाबिसको पानीखोला भन्ने स्थानबाट पढाइ सुरु गरे । कालोपाटीमा खरीले लेखेर बेलको छहारीमा तीन कक्षा सम्म पढेका गुरुले उनलाई पढाउँथे । दुई कक्षामा पढ्दै गर्दा उनलाई फेरि मुग्लान जाने बाध्यता आइलाग्यो । दु:खीलाई दुख्खै उपहार भनेझै मुग्लानमा दुर्घटनामा परे । केही समय काम गरेर घर फर्के उनी । फेरि पढाइ सुरु गरे । एक दिन घाँस काट्न जान्छु भनी वनमा गएकी आमा साँझमा फर्की नआएपछि धेरै रोए उनी । दोस्रो दिन खबर आयो - आमाको दोस्रो बिहे भएछ । उनको जीवनमा अर्को चोट थपियो । आमाको दोस्रो बिहे भएपछि छिमेकीले आफ्नो घर लगे उनीहरूको रेखदेख गरे। उनलाई पढ्ने रहरले पछ्याइरह्यो । जसरी पनि पढ्नुपर्छ भन्ने पक्षमा उनी थिए । उनको पढ्ने क्रम रोकिएन । पढाइ जारी राखे । विद्यालय गएकै दिनदेखि प्रथम मात्र भएका उनलाई सधै कसी पढ्ने, के खाने, के लाउने ? चिन्ता भइरह्यो । त्यसैबेला तत्कालीन देवस्थल गापका प्रधानपञ्च चित्रबहादुर बुढाथोकीको सहयोगमा सदरमुकाम खलङ्गा गई तत्कालीन जिपस सल्यानका अधिकृत बझाङ घर भएका यज्ञराज जोशीको खाना पकाउने र पढ्ने काम सँगसँगै गर्न थाले उनले । यज्ञराज जोशीको सहयोगमा उनले कक्षा छ र सात त्रिभुवन माबि सल्यानमा पढेँ । पछि जोशीको रोल्पा जिल्लामा सरुवा भएपछि उनी पनि रोल्पा आए र बालकल्याण माबि लिबाङमा भर्ना भए । वि.सं. २०५२ सालमा बालकल्याण माबिबाटै उनले दोस्रो श्रेणीमा एसएलसी पास गरे । [५]
ब्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]वि.सं. २०५३ सालदेखि तुल्सी अङ्ग्रेजी बोर्डिङ स्कुल रोल्पा लिबाङबाट शिक्षकको रूपमा जागिरे जीवन प्रारम्भ गरेका टुहुरो २९ वर्षको उमेरमा देवा सानुनयसँग बिवाह बन्धनमा बाँधिए । उनी तुल्सी बोर्डिङ स्कुलका संस्थापक तथा राजनीतिज्ञ कृष्णबहादुर घर्तीमगरसँग सगोल परिवारमा रहँदै आएका छन् ।
साहित्यिक जीवन
[सम्पादन गर्नुहोस्]वि.सं. २०५० सालबाट साहित्य लेखनमा लागेका टुहुरोको साहित्यिक यात्रा कक्षा नौ मा पढ्दै गर्दा कर्मचारी मिलन केन्द्र रोल्पाबाट आयोजित खुला कविता प्रतियोगितामा तृतीय स्थान प्राप्त गरे संगै सुरु भयो । झण्डै एक दर्जन किताब लेखिसकेका डि.बी. टुहुरो रोल्पाको साहित्यिक विकासमा महत्त्वपूर्ण योगदान दिने एक अग्रणी ब्यक्तित्व हुन् । उनको योगदानको कदर गर्दै उनको नामबाट रोल्पामा "डी.बी. टुहुरो प्रतिष्ठान" नै स्थापना भएको छ ।
लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू
[सम्पादन गर्नुहोस्]- टुहुरो कवितासङ्ग्रह, २०५६
- प्रेम मुक्तकसङ्ग्रह, २०५७
- जीवन कवितासङ्ग्रह, २०५८
- तिमी मुक्तकसङ्ग्रह, २०५९
- स्पन्दन संयुक्त गजलसङ्ग्रह, २०६०
- बिहानी कवितासङ्ग्रह,२०६७
- सिर्जना कवितासङ्ग्रह, २०६१
- ‘रोल्पाली कवि र कविता’ प्रतिनिधि कवितासङ्ग्रह, २०६४
- ‘रोल्पाली गजल र गजलकार’ प्रतिनिधि गजलसङ्ग्रह, २०६९
- ‘सृष्टिको फूल’ गजलगीत एल्बम, २०६९
- छन्दमाला छन्दग्रन्थ, २०७०
- ललित साहित्य परिषद्को ईतिहास समालोचना, २०७१
- ‘समकालीन रोल्पाली मुक्तक’ प्रतिनिधि मुक्तकसङ्ग्रह, २०७१
- मेरो नेपाली व्याकरण ररचना, २०७१ र २०७९
- रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना समालोचना,२०७३[६]
- ‘पच्चीस’ प्रतिनिधि रचनासङ्ग्रह, २०७४
- ‘मुक्तक माधुर्य’ प्रतिनिधि मुक्तकसङ्ग्रह, २०७५
- ‘इतर कविता’ संयुक्त कवितासङ्ग्रह, २०७६ र २०७७
- ‘बाँचिरहेको एउटा जिन्दगी’ आत्मकथा, २०८१
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]- राष्ट्रिय शिक्षा पदक (२०६५)
- देवीचन्द्र साहित्य पुरस्कार (२०६५)
- सेती विष्ट साहित्य पुरस्कार (२०६८)
- अभिन्दित (ललित साहित्य परिषद्, २०६८)
- राष्ट्रिय शिक्षा पुरस्कार (शिक्षा मन्त्रालय, २०६९)
- प्रतीक चिन्ह (नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान,२०७०)
- भानु काव्य पुरस्कार (२०७१)
- युग दर्पण साहित्य समाज घर्तीगाउँ, रोल्पाबाट सम्मानित (२०७२)
- राप्ती साहित्य परिषद्बाट सम्मानित (२०७४)
- नेपाल सरकारबाट ‘जनसेवाश्री पदक’ (२०७७)
- नेपाली कलासाहित्य डट कमबाट ‘योगेश्वर वाङ्मय पुरस्कार’ (२०७८)
- माडी गाउँपालिका घर्तीगाउँ, रोल्पाबाट सम्मानित (२०८१)
सम्पादन
[सम्पादन गर्नुहोस्]- लालित्य
- साङ्
- रोल्पाली कवि र कविता
- शीतविन्दु
- रोल्पाली गजल र गजलकारहरु
- समकालीन रोल्पाली मुक्तक
- शब्दसारथि
- विभिन्न विधाका सयाैँ कृतिहरुको सम्पादन
संलग्नता
[सम्पादन गर्नुहोस्]- ललित साहित्य परिषद्
- राप्ती साहित्य परिषद्
- नेपाल रेडक्रस सोसाइटी
- रेडियाे मालश्री
[[चित्|thumb|340x340px|डी.बी. टुहुरोद्वारा लिखित कृति रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना (पछाडिको कभर भाग )]]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ टुहुरोेले लेखे, रोल्पाको साहित्यिक दस्तावेज, नयाँ पत्रिका दैनिक
- ↑ शीतविन्दु,
- ↑ रोल्पा जिल्लाको गजल परम्परा, डी.बी. टुहुरो, समकालीन साहित्य
- ↑ रोल्पाली गजल र गजलकारहरू | रमेश सुवेदी, नयाँ युगबोध दैनिक[स्थायी मृत कडी]
- ↑ धनराज बि.क. अबिरल, साहित्यकार डी.बी. टुहुरोको पर्दाभित्रको जीवन कथा, लालित्य (वर्ष -१३, अंक-९,२०७१)
- ↑ रोल्पामा साहित्यिक दस्तावेज सार्वजनिक,रोल्पा अनलाइन डट कम अभिलेखिकरण २०१७-०८-१४ वेब्याक मेसिन
वाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- साहित्यकार डी.बी.टुहुरोको ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ लोकार्पण,उज्यालो टुडे डट कम अभिलेखिकरण २०१७-०५-३१ वेब्याक मेसिन
- http://www.rolpaonline.com अभिलेखिकरण २०१७-०७-२७ वेब्याक मेसिन
- रोल्पाको साहित्यिक दस्तावेज सार्वजनिक हुने, रेडीयो नविनसंसार[स्थायी मृत कडी]
- रोल्पाली गजल र गजलकारहरु | रमेश सुवेदी, नयाँ युगबोध दैनिक[स्थायी मृत कडी]
- http://nabinlochan.blogspot.com
- टुहुरोेले लेखे, रोल्पाको साहित्यिक दस्ताबेज, नयाँ पत्रिका दैनिक