दलभञ्जन पाँडे
श्री काजी दलभञ्जन पाँडे | |
---|---|
व्यक्तिगत विवरण | |
मृत्यु | १९०३ असोज २ (कोत पर्व) |
अभिभावक |
|
सैन्य सेवा | |
निष्ठा | नेपाल |
श्रेणी | काजी |
काजी दलभञ्जन पाँडे नेपाली काजी एवम् भारदार हुन् । उनी पाँडे वंशका अन्तिम सर्जक थिए। उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, नरसिंह थापा र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए ।[१] उनी राजा रणबहादुर शाह, महारानी राज राजेश्वरी र भीमसेन थापासँगै बनारस गएको थिए । माथवर सिंह थापाको हत्या पछि बनेको मन्न्री मण्डलमा उनी पाँचौ बरियतामा थिए । उनको मातहतमा एक रेजिमेन्ट सेना थियो ।
खलक
[सम्पादन गर्नुहोस्]उनी सरदार जगजीत पाँडेका पुत्र थिए, जो गोरा पाँडे गुटका थिए।[२][३] उनका हजुरबुबा काजी तुलाराम पाँडे[३] कान्तिपुरको लडाइँमा १८२५ इन्द्रजात्रामा वीरगतिको प्राप्त भएका थिए। उनका सबै दाजुभाइहरू- जङ्ग वीर, वीरभञ्जन र सिंह वीर आफ्नो जीवनमा काजी बनेका थिए।[३] उनका काका रणजीत पाँडे एक समय नेपालको मुलकाजी बनेका थिए। [४][५] भने उनका काका भोटु पाण्डे नेपाल चीन युद्धको आक्रमणमा सैन्य अधिकारी थिए ।
कोत पर्व
[सम्पादन गर्नुहोस्]कोत पर्वमा उनको समेत हत्या भएको थियो ।
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.bilder-aus-nepal.de/Pages/Philatelie/ANGLO-NEPALESE-1816.html
- ↑ Karmacharya 2005, पृष्ठ. 70-71.
- ↑ ३.० ३.१ ३.२ Pradhan 2012, पृष्ठ 198.
- ↑ Nepal 2007, पृष्ठ 58.
- ↑ Acharya 2012, पृष्ठ 55.