सामग्रीमा जानुहोस्

निरुता सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(निरुता सिँहबाट अनुप्रेषित)
निरुता सिंह
जन्मनिरुता सिंह
(1972-08-12) १२ अगस्ट १९७२ (उमेर ५३)
दार्जीलिङ, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारत भारतीय
पेशाअभिनेत्री, गायीका
कार्यकालसन् १९९३-हालसम्म

निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको, दार्जीलिङमा भएको थियो।[] उनी सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।

वि.सं. २०७६ बैशाख २० गतेबाट रिलिज भएको चलचित्र 'दाल भात तरकारी'को प्रचारका क्रममा नायिका निरुता सिंह उपस्थित हुन सकिनन्। डेङ्गी लागेपछि मुम्बईमा नै उपचार गराउन परेपछि निरुता आफ्नो मुख्य भूमिका रहेको चलचित्रको प्रचारमा नै उपस्थित हुन पाइनन्। निरुता डेङ्गी रोगमा थलिएपछि लामो समयसम्मै उपचारमा रहिन्। केही दिन अगाडि वीरगन्जमा आयोजना भएको नेपाली चलचित्रको स्वर्णिम महोत्सवमा सहभागी गुन आएकी थिइन्। त्यस कार्यक्रममा निरुताले आफूले अर्को जन्म पाएको बताउँछिन्। निरुताले चलचित्र रिलिजको क्रममा आफू उपस्थित हुन नपाए पनि दर्शकले दिएको मायाबाट निकै खुसी भएको बताइन्। राम्रो चलचित्रको अफर आएको खण्डमा काम गर्ने उनले बताइन्। उनले क्याप्टेन (नेपाली चलचित्र) को एक गीत र नाई नभन्नु ल ५ चलचित्रमा केमियो भूमिका निर्वाह गरेकी थिइन्।[]

इन्डियन आइडलमा पुगिन् निरुता सिंह

[सम्पादन गर्नुहोस्]

काठमाडौँ अभिनेत्री निरुता सिंह भारतीय रियालिटी सो इन्डियन आइडलमा पुगेकी छिन्। सामाजिक संजाल फेसबुकमार्फत निरुताले यो कुराकानीको जानकारी दिएकी हुन्। उनले फेसबुकमा सानो भिडियो बनाएर सार्वजनिक गरेकी छिन्। लामो समयदेखि मुम्बइमै बस्दै आएकी निरुता नेपाली अभिनेत्रीको रूपमा इन्डियन आइडलमा पुगेकी थिइन्। उनले त्यहाँ एकदमै राम्रो समय बिताएको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन् - इन्डियन आइडलको सेटमा राम्रो समय बिताएँ। आदित्य नारायणलाई धेरैधेरै धन्यवाद। निरुता पछिल्लो समय भुवन केसी को चलचित्र क्याप्टेनको एउटा गीत र मह जोडीको चलचित्र 'दाल भात तरकारी'मा अभिनय गरेकी छिन्। उनी गत कात्तिकमा विरगन्जमा आयोजना भएको नेपाली चलचित्र स्चर्णिम महोत्सव २०७६ सहभागी हुन नेपाल आएकी थिइन्।[]


पेशागत जीवनी

[सम्पादन गर्नुहोस्]

यिनी आफ्नो समयमा सबैभन्दा सफल नायिका थिइन्। नेपाली सिनेमा जगतमा दक्षिणा चलचित्र बाट कदम राखेकी थिइन्।दक्षिणा चलचित्र निर्देशन तुलसी घिमिरेको थियो। तुलसी घिमिरेले कुसुमे रुमाल, कोसेली, सम्झना, लाहुरे जस्ता एकदमै सफल चलचित्र बनाएका थिए यस चलचित्रको नायिका थिइन् तृप्ती नाडकर जो तुलसीको फिल्मबाट एक सफल नायिका बनेकी थिइन् तर बिवाह पछि सन्तानको हेरचाहको लागि चलचित्र क्षेत्रबाट तृप्ति टाढा भएपछि तुलसीले नया नायिका खोज गरे। तब उनले रन्जित गजमेर मार्फत निरुतालाइ भेटाए निरुतालाई चलचित्र दक्षिणामा भुवन केसी संँग राखे छोटो भूमिका रहेको यो फिल्ममा यिनी माथि फिल्ममा भएको गीत सपना भइ आँखामा आउने को होला जनमाझ परिचीत गराइदियो। यस पछि यिनी तुलसीको नेपाल को एतिहासिक चलचित्र दर्पण छायाँ मा देखिन् यो चलचित्र पछि त यिनी सबै नेपाली युवाको माझ मा स्वप्नसुन्दरी समान लोकप्रिय भइन्।।आफ्नो मान्छे, नाता रगतको, ठुलो दाइ, कत्वय जस्ता पारिवारिक फिल्मले यिनको लोकप्रियता झन् वृद्धि भो। भनिन्छ यिनको तस्बिर ले त्यो समय चलचित्र बिक्री हुन्थ्यो फिल्मको फोटो यिनको मात्र तस्बिर भये सिनेमा मा घुइँचो लाग्थ्यो।।यिनको लोकप्रियता को कारण नायिका गौरी मल्ल को घट्यो जो निरुता जस्तै भावुक चलचित्र खेलेर उदाएकी थिइन्। त्यो समय २०-३० लाखमा चलचित्र बन्थ्यो तर यिनको पारिश्रमिक ५-१० लाख हुन्थ्यो। राजेस हमाल सरह को नायिका भनिथ्यो यिनलाइ त्यो समय दिलिप रायमाझी, श्रीकृष्ण श्रेष्ठ , उत्तम प्रधान, राजेश हमाल जस्ता नायक सग यिनको जोडि खुब रुचाइयो। तर समय परिवर्तन सगै हिरो फिल्मबाट अभिनय यात्रा सुरु गरेकी रेखा थापा ले एक लाचारी महिलाको सट्टा सशक्त महिलाको भूमिकामा देखे पछि जनता ले रेखालाइ मनपराउन थाले यसरी निरुता को लोकप्रियतामा कमि भो। यस्तै गरि यिनको लहना र दुई किनारा चलचित्र असफल भए पछि यिनी हराउदै गइन्। यिनी भन्छिन् पुरानो चलचित्र बनाउने निर्देशकको कमि भएकोले सिनेमा छोडेर मुम्बई गएर बसेकी यिनी शिव रेग्मी ,दयाराम दाहाल जस्ता सफल निर्देशक सँग नि काम गरिन्। पुनः दाल भात तरकारी बाट अभिनय यात्रा मा सुरु गरेकी छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://www.enasha.com/article.php?id=533
  2.   লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता); |https://www.onlinekhabar.com/निरुताको फर्किएको मुस्कान/access-date= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता)
  3.   লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता); |https://www.dcnepal.com/‘इन्डियन आइडल’मा पुगिन अभिनेत्री निरुता सिंह/access-date= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता)