नो, नट एगेन
नो, नट अगेन (अङ्ग्रेजी: No, Not Again) नेपालको आम निर्वाचन २०७९ मा पुराना नेताहरूलाई निर्वाचित हुनबाट रोक्ने उद्देश्यले सामाजिक सञ्जालमा सञ्चालित अभियान हो । कम्तीमा एकपटक प्रधानमन्त्री वा मन्त्री भएका नेताहरू यस अभियानका निशानामा छन् । यो अभियान निर्वाचन आयोगले निर्वाचन मिति घोषणा गर्नुभन्दा पहिला नै सुरु भएको थियो ।[१] निर्वाचन आयोगले यसलाई गैरकानुनी र आचारसंहिताविपरीत भनेपछि यो अभियान झनै आक्रामक बनाइएको छ ।[२][३][४]
तर्क र आरोपहरू
[सम्पादन गर्नुहोस्]अभियानका क्रममा पुराना नेताहरूमाथि विभिन्न आरोप लगाउँदै उनीहरू अब संसदमा दोहोरिन नहुने तर्कहरू गरिएका छन् । तीमध्ये केही यस्ता छन्-
- हामी चाहन्छौँः पटक-पटक फेल भइसकेका उनीहरुबाटै फेरि शासित हुन नपरोस् । अबको निर्वाचनबाट स-सम्मान बिदा गरौँ ।
- तपाईँहरूलाई बारम्बार जिताउनु हाम्रो गल्ती थियो । यसपटक हामी सच्चिनेछौँ ।
- हामीलाई ठूलाठूला भाषण होइन, प्रकृतिमैत्री दिगो विकास चाहिएको हो ।
- हाम्रो भोटको सधैँ गलत मानिसहरूले फाइदा उठाए । अझै कति गल्ती गर्ने ?
- उद्योग बेचिए, सार्वजनिक जग्गा मिचिए, अस्पताल खण्डहर बने, स्कूल\कलेज राजनीतिले सक्यो ।
- हाकाहाकी भ्रष्टाचार गरेकै हो भन्छन् । गरीब-मजदुरको हत्या गरेर कैद बसेकाहरू चुनावका उमेदवार तोकिन्छन् । यो देश परिश्रमी जनताको हो । भ्रष्टाचारी, हत्यारा, बिचौलिया र तिनका मालिकहरूको होइन ।
- किन राष्ट्रिय मुद्दाका विषयमा पनि सत्ता र सत्ताइतर हुँदा बोली फेरिन्छ ? मीठो हैन, साँचो बोली चाहिएको हो । अब झुटको खेती चल्दैन ।
- तपाईँको नाम त फोर्ब्समा विश्वकै अर्बपतिको सूचीमा आउँछ । पटकपटक सांसद पनि हुनुभएको छ तर देश सधैँ किन गरीब छ ? हामीलाई तपाईँमाथि शंका छ ।
- चर्को स्वरले चिच्याउनु, सांसद अपहरण गर्नु र धाकधम्की दिँदै बस्नु संसदीय मर्यादा होइन । टोले गुण्डा शैलीमा देशले विकास पाउँदैन ।
- लगातार ३ दशकदेखि तपाईँ सत्तामा हुँदा जनताले के पाए ? अब हिसाब खोज्ने बेला आएको छ ।
- अझै ताजा छन् हामीले गुमाएका सहिदहरू, उनीहरूका सपना । मधेस आन्दोलनको अर्थ यस्तो सत्तालिप्सा थिएन । तपाईँलाई सत्तामा पुर्याउन सिंगो मधेस जलेको होइन ।
निशाना
[सम्पादन गर्नुहोस्]- शेरबहादुर देउवा
- पुष्पकमल दाहाल
- माधवकुमार नेपाल
- बाबुराम भट्टराई
- झलनाथ खनाल
- केपी शर्मा ओली
- महन्थ ठाकुर
- उपेन्द्र यादव
- राजेन्द्र महतो
- विष्णुप्रसाद पौडेल
- विजयकुमार गच्छदार
- कृष्णप्रसाद सिटौला
- आरजु राणा देउवा
- अर्जुननरसिंह केसी
- गगन थापा
- सुवास नेम्बाङ
- महेश बस्नेत
- प्रेम आलेमगर
- विनोद चौधरी
- मोहम्मद आफ्ताब आलम
- गोकुल बाँस्कोटा
- ईश्वर पोखरेल
- भानुभक्त ढकाल
- पूर्णबहादुर खड्का
- राजेन्द्रप्रसाद पाण्डे
- कृष्णगोपाल श्रेष्ठ
- देव गुरुङ
- वर्षमान पुन
- जनार्दन शर्मा
विवाद
[सम्पादन गर्नुहोस्]निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूका बारेमा लाञ्छनापूर्ण अभिव्यक्ति र मिथ्या सूचना फैलाएको आरोप लगाउँदै त्यस्ता सामग्री हटाउन र यस नामका खाता तथा समूहहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ । आयोगले यसलाई विद्तयुतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ३ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल भनेको छ । साथै कारवाहीको चेतावनी पनि दिएको छ ।[५] अभियान पक्षधर तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आयोगको यस कदमलाई अभिव्यक्ति स्वतन्त्रताविरोधी भनेका छन् भने आयोगले आफ्नो कदमको बचाउमा थप अर्को विज्ञप्ति जारी गरेको छ ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://www.nepalpress.com/2022/10/28/249978/
- ↑ https://www.onlinekhabar.com/2022/10/1209709
- ↑ https://www.onlinekhabar.com/2022/10/1210153
- ↑ https://nepallive.com/story/293630
- ↑ https://election.gov.np/admin/public//storage/HoR/Press%20release/7-8%20page.jpg
- ↑ https://election.gov.np/admin/public//storage/Press%20Release/Press_Release_2079_07_11.pdf