प्रान-आरएफएल ग्रुप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रान-आरएफएल ग्रुप
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपDSE: (प्रान) CSE: (प्रान)
DSE: (आरएफएल) CSE: (आरएफएल)
उद्योगउपभोक्ता वस्तुहरू
स्थापित१ जनवरी १९८१; ४३ वर्ष पहिले (१९८१-०१-01)
स्थापनाकर्ताआमजाद खान चौधुरी
केन्द्रीय कार्यालयढाका, बङ्गलादेश
सेवा क्षेत्र
विश्वव्यापी
उत्पादनहरू
राजश्व ४.६९ अर्ब (US$४४ मिलियन)
(आव सन् २०२२)[१][२]
परिचालन आय
३५.९७२ करोड (US$३.४ मिलियन)
(आव सन् २०२२)[१]
८.३ करोड (US$७७०,०००)
(आव सन् २०२२)[१]
कुल सम्पत्तिवृद्धि ०.१९२ करोड (US$१८,०००)
(आव सन् २०२२)[१]
कुल इक्विटी ९९.८८७ करोड (US$९.३ मिलियन)
(आव सन् २०२२)[१]
कर्मचारी सङ्ख्या
१,४०,००० (सन् २०२३)
वेबसाइट

प्रान-आरएफएल ग्रुप (बङ्गाली: প্রাণ-আরএফএল গ্রুপ) बङ्गलादेशको एक ठूलो खाद्य पदार्थ उत्पादक कम्पनी हो।[३] रङ्गपुर फाउन्ड्री लिमिटेड (आरएफएल)को स्थापना सन् १९८१ भएको थियो। यो समूहको स्थापना आमजाद खान चौधरीले गरेका थिए।[३][४]

सङ्गठनहरू[सम्पादन गर्नुहोस्]

हाल प्रान-आरएफएल ग्रूपको साना क्षेत्रहरूमा २० वटा भन्दा बढी उद्योगहरू समावेश छन्।[५] प्रान- आरएफएल ग्रुपका कम्पनीहरू दुई सार्वजनिक सीमित कम्पनीहरू हुन् जसमा एग्रिकल्चरल मार्केटिङ कम्पनी लिमिटेड र रङ्गपुर फाउण्ड्री लिमिटेड (आरएफएल) हुन्।[६] यस बाहेक, प्रान एग्रो बिजनेस लिमिटेड, प्राण डेरी लिमिटेड, प्रान निर्यातकर्ता लिमिटेड, आरएफएल प्लाष्टिक लिमिटेड लगायतका सहायकहरू गरी यसका सञ्जालहरूमा २५ वटा भन्दा बढी कम्पनीहरू रहेका छन्। [४]

उत्पादनहरू[सम्पादन गर्नुहोस्]

सर्वाधिक बहुमुखी उत्पादनहरू दुई क्षेत्रहरूमा उत्पादन गरिन्छ जसमा खाना र प्लाष्टिक समावेश छ। लाइट इञ्जिनियरिङ र प्लाष्टिक क्षेत्रमा एक हजार पचास भन्दा बढी उत्पादनहरू रहेका छन्। खाद्य उत्पादनका लागि कम्पनीको उत्पादन श्रृङ्खलामा ५ भन्दा बढी उत्पादनहरू रहेका छन्।[४] यी उत्पादनहरू देशभरि छवटा अत्याधुनिक कारखानाहरूमा निर्माण हुन्छन्। यसले निम्नलिखित क्षेत्रहरूमा सामग्रीहरूको उत्पादन गर्ने गर्दछ।[४]

  • खाद्य सामग्री
  • प्लास्टिक सामग्री
  • इलेक्ट्रोनिक सामग्रीहरू
  • पहिरनका सामग्रीहरू
  • प्रिण्ट मिडिया
  • औषधी उत्पादनहरू
  • कृषि वस्तुहरू

जनशक्ति[सम्पादन गर्नुहोस्]

द‌ेशव्यापी रूपमा आरएफएलका कारखानहरूमा ३००० भन्दा बढीले रोजगार प्राप्त गरेका छन्। प्रान-आरएफएल ग्रूपमा निर्भर ३००० भन्दा बढी परिवारहरूको जीवन यसैमा निर्भर छ। सबै गरेर १ लाख भन्दा बढी व्यक्तिहरू प्राण- आरएफएल ग्रूपमा निर्भर छन्।[४]

उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

समूहका उत्पादनहरू बङ्गलादेश बाहेकका अन्य देशहरूमा निर्यात गरिन्छ। खाद्य प्रसंस्करण र निर्यात गर्ने कम्पनीले कृषि उत्पादको निर्यातको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेका छन्।[७] यसको सम्मानमा बङ्गलादेश सरकारले ५ वर्षको वित्त सहित प्रान- आरएफएल ग्रूपलाई राष्ट्रिय निर्यात पुरस्कारले सम्मान गरेको थियो। राष्ट्रमा निर्यातलाई बढावा दिन र बहुमूल्य विदेशी मुद्रा आर्जन गर्न महत्त्वपूर्ण भूमिकाका लागि प्राणलाई देशको सबैभन्दा बढी राष्ट्रिय निर्यात ट्रफी (सुन) प्रदान गरिएको थियो। यही आर्थिक वर्षमा, प्राण एग्रो लिमिटेडले सर्वश्रेष्ठ राष्ट्रिय निर्यात ट्रफी (रजत) पदक पनि प्राप्त गरेको थियो। यसको अतिरिक्त, बङ्गलादेश सरकारले आर्थिक वर्ष २०१२-१३ मा आरएफएललाई उच्च मूल्य अभिवृद्धि कर दाताका रूपमा सम्मानित गरेको थियो।

आरएफएल समूहका सदस्य बङ्गला प्लाष्टिक्स अन्तर्राष्ट्रिय लिमिटेडले आर्थिक वर्षमा प्लाष्टिक उत्पादनको निर्यातका लागि स्वर्ण पदक प्राप्त गरेको थियो। आरएफएल समूहको अर्को संस्था डर्बल प्लास्टिक्स लिमिटेडले भन् कांस्य पदक प्राप्त गरेको थियो।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "Annual Results 2022", WSJ, अन्तिम पहुँच ११ मार्च २०२३ 
  2. "Annual Results 2022", WSJ, अन्तिम पहुँच ११ मार्च २०२३ 
  3. ३.० ३.१ "Pran makes it big in dairy business", द डेली ष्टार (अङ्ग्रेजीमा), १८ डिसेम्बर २०११, अन्तिम पहुँच ३१ मार्च २०१७ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ "প্রাণ আরএফএল গ্রুপ", দৈনিক কালের কণ্ঠ, ২৫ ফেব্রুয়ারি ২০১৬, अन्तिम पहुँच ৯ জানুয়ারি ২০১৪  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-०७ मिति
  5. आइएएनएस (४ जुन २०१५), "First Bangladeshi food processing unit in India", बिजनेस स्ट्यान्डर्ड India, अन्तिम पहुँच ३१ मार्च २०१७ 
  6. "Amjad Khan's death anniv observed", प्रथम अलो, अन्तिम पहुँच ३१ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण ५ फेब्रुअरी २०१७ मिति
  7. "বাংলানিউজ", ১৫ মে ২০১৪, मूलबाट |archiveurl= |archivedate= आवश्यक (सहायता)-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-१५ मिति
  8. "রপ্তানিতে স্বর্ণপদক পেল আরএফএল", দৈনিক প্রথম আলো, ৫ ডিসেম্বর ২০১৮, अन्तिम पहुँच ২ ডিসেম্বর ২০১৮ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट