बागलुङ २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बागलुङ २
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा बागलुङ २
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
संसद सदस्यदेवेन्द्र पौडेल

बागलुङ २ नेपालको बागलुङ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

बागलुङ २ मा गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बागलुङ २ (क)
  • बागलुङ २ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ मीनबहादुर खत्री नेपाली कांग्रेस
२०५६ चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चा
२०७० प्रकाश शर्मा पौडेल नेपाली कांग्रेस
२०७४ देवेन्द्र पौडेल नेकपा (माके)
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (माके)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५