बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास | |
|---|---|
| सचिवालय | ढाका, बङ्गलादेश[१] |
| सदस्यता | |
| नेताहरू | |
• अध्यक्षता | |
| स्थापना | ६ जुन १९९७ |
वेबसाइट bimstec | |
बिम्सटेक (अङ्ग्रेजीः Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC); नेपालीः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) बङ्गालको खाडीका नजिकका तथा यसको उपभोगकर्ता दक्षिण एसियाली तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको प्राविधिक तथा आर्थिक सहयोग सङ्गठन हो । यसका सदस्य राष्ट्रहरूमा नेपाल, भारत, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड, भुटान र बङ्गलादेश पर्छन ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]०६ जुन १९९७ मा थाइल्याण्डको बैङ्ककमा बिस्टेक (बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड आर्थिक सहयोग) नामक एक समूह गठन भयो । २२ डिसेम्बर १९९७ मा म्यानमार पनि यस समुहको सदस्य राष्ट्र भएपछी यसको नाम परिवर्तन भई बिम्सटेक (बङ्गलादेश, भारत, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड आर्थिक सहयोग) भयो । फेब्रुअरी २००४ मा नेपाल र भुटान पनि यस समुहको सदस्य राष्ट्र भए । ३१ जुलाई २००४ मा बैङ्ककमा यसको पहिलो सम्मेलनमा यसको नाम परिवर्तन गरी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) बनाइयो ।
इसं २०१४ मा बङ्गलादेशको ढाकामा यसको स्थायी सचिवालय स्थापना गरियो ।
बिम्सटेक सम्मेलनहरू
[सम्पादन गर्नुहोस्]- 🇧🇩 बंगलादेश माेहमद युनुस, प्रमुख सल्लाहकार
- 🇹🇭 थाइल्याण्ड, पेताेनथान सीनावात्र्, प्रधानमन्त्री
- 🇧🇹 भुटान, डासाे छिरिङ तोब्गे, प्रधानमन्त्री
| नम्बर | मिति | आयोजक राष्ट्र | सम्मेलन भएको सहर |
|---|---|---|---|
| प्रथम | ३१ जुलाई २००४ | बैङ्कक | |
| द्वितीय | १३ नोभेम्बर २००८ | नयाँ दिल्ली | |
| तृतीय | ४ मार्च २०१४ | नेपिडा[२] | |
| चौथो | ३०, ३१ अगस्ट २०१८ | काठमाडौँ[३] | |
| पाँचौ | 30 March, 2022 | कोलम्बो[४] | |
योजनाहरू
[सम्पादन गर्नुहोस्]- सडक तथा रेलमार्ग
- कोस्ट ढुवानी
- पावर ग्रिड इन्टर-कनेक्सन
- क्षेत्रीय प्रकोप अनुगमन र चेतावनी प्रणाली
बिम्सटेकका हालका नेताहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal unlikely to host fourth 'Bimstec' summit this year", Business Standard India, ३ जुन २०१६, अन्तिम पहुँच १७ डिसेम्बर २०१६।
- ↑ "BIMSTEC Summit", Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation, अन्तिम पहुँच १७ डिसेम्बर २०१६। अभिलेखिकरण १४ जनवरी २०१७ वेब्याक मेसिन
- ↑ "Nepal proposes dates for Bimstec Summit", Business Standard India, ५ जुन २०१८, अन्तिम पहुँच १ जुलाई २०१८।
- ↑ "4th BIMSTEC Summit: Kathmandu Declaration adopted by Member States", अन्तिम पहुँच ३१ अगस्ट २०१८।