मुख्तियार
नेपाल अधिराज्यको मुख्तियार | |
---|---|
मुख्तियार भीमसेन थापा | |
सम्बोधन | श्री मुख्तियार जर्नेल मुख्तियार साहेब |
निवास | भिन्न |
आसन | वसन्तपुर दरबार |
नियुक्तिकर्ता | नेपालको राजा |
अग्रगामी | दामोदर पाँडे (नेपालको मूलकाजी) |
गठन | सन् १८०६ फेब्रुअरी २६ |
प्रथम धारक | रणबहादुर शाह |
अन्तिम धारक | माथवरसिंह थापा |
खारेज | सन् १८४३ डिसेम्बर २५ |
उत्तराधिकार | माथवरसिंह थापा (नेपालको प्रधानमन्त्री) |
मुख्तियार शाहकालिन नेपालको सर्वोच्च भारदारको पद थियो । यस पद प्रशासनिक एवम् सैनिक शक्तिको सर्वोच्च निर्देशनकेन्द्र थियो । यो आधुनिक प्रधानमन्त्री सरहको पद थियो । मुख्तियार शब्दको संरचना मुख्य र अख्तियार दुई शब्दमा हुन्छ । मुख्यको अर्थ प्रमुख र अख्तियारको अर्थ शक्ति हुन्छ । त्यसैले मुख्तियार देशको प्रमुख शक्ति अर्थात् प्रधान मन्त्री हो । नेपालमा मुख्तियार पदमा आसिन पहिलो व्यक्ति राजा रणबहादुर शाह हुन् । राजगद्दीको त्याग गरेपश्चात उनले सत्ता हत्याउन मुख्तियार को उपाधि लिएका थिए । उनको देहान्त पछि भीमसेन थापाले यस पदको उपयोग गरेका थिए । सङ्ख्या निम्न छ (राणा वंशको उत्तराधिकारी मुख्तियारहरू हटाइएको):
नेपाल अधिराज्यका मुख्तियारहरूको सूची
[सम्पादन गर्नुहोस्]क्र.स. | तस्विर | नाम (जन्म–मृत्यु) |
कार्यकाल | राजनीतिक दल | ||
---|---|---|---|---|---|---|
कार्यालयमा | अवकाश | |||||
१ | रणबहादुर शाह (1775–1806) |
26 February 1806 | 26 April 1806 | स्वतन्त्र | ||
२ | भीमसेन थापा (1775–1839) |
1806 | 1837 | स्वतन्त्र | ||
३ | रणजङ्ग पाँडे (1789–1843) 1st time |
1837 | 1837 | स्वतन्त्र | ||
४ | रङ्गनाथ पौड्याल (1773–?) 1st time |
1837 | 1838 | स्वतन्त्र | ||
५ | पुष्कर शाह (1784–1846) |
1838 | 1839 | स्वतन्त्र | ||
(३) | रणजङ्ग पाँडे (1789–1843) 2nd time |
1839 | 1840 | स्वतन्त्र | ||
(४) | रङ्गनाथ पौड्याल (1773–?) 2nd time |
1840 | 1840 | स्वतन्त्र | ||
६ | फत्तेजङ्ग शाह (1805–1846) 1st time |
November 1840 | January 1843 | स्वतन्त्र | ||
७ | माथवरसिंह थापा (1798–1845) |
November 1843 | 25 December 1843 | स्वतन्त्र |
प्रधानमन्त्री माथवरसिंह थापा पहिलो पटक प्रधानमन्त्रीको पदमा आसित थिए । उनीपछि प्रधानमन्त्रीहरू नै सरकार प्रमुख भए । मुख्तियार पद फेरि राणा वंशको शासनमा दोस्रो सरकार प्रमुख पद (वा श्री ३ को उत्तराधिकारी) बन्न पुग्यो । राणा शासनको अन्त्यसँगै मुख्तियार पदको प्रयोग समाप्त भयो ।
स्रोत
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]