युएस-बाङ्ला विमानसेवाको उडान २११ दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यूएस-बाङ्ला एयरलाइन्स उडान २२१
विमानमा २०१४ मा देखा पर्दा
दुर्घटना
मिति१२ मार्च २०१८ (2018-03-12)
सारांशअन्तर्गत अनुसन्धान
स्थलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
विमान
विमानको प्रकारबम्बार्डियर ड्यास ८ क्यू४००
सञ्चालकयुएस बाङ्ला विमान
दर्ता नम्बरएस२-एजियु[१]
विमान उडानशहजलाल अन्तर्राष्ट्रिय हवाई अड्डा, ढाका
गन्तव्यत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौँ
यात्रुहरू६७[१]
चालक दल[१]
मृत्यु५१ [२][३]
घाइतेहरू२०[३]

युएस-बाङ्ला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौँ आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए। दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको थियो।[४] मृत्युहुनेहरूमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र एक चिनियाँ नागरिक रहेका छन्। दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भएको थियो।[२]

विमानको विवरण[सम्पादन गर्नुहोस्]

दुर्घटनाग्रस्त विमान बम्बार्डियर ड्यास ८ क्यू४०० दर्ता गरिएको एस२-एजियु थियो ।[५] विमान पहिल्यै २००१मा स्क्यान्डेनेभियन एयरलाइन्समा पठाइएको थियो, त्यसपछि यसलाई सन् २०१४ मा युएस-बाङ्ला एयरलाइन्समा बिक्री गर्नु अघि २००८मा अगस्टसेम्बर एयरवेजमा बेचिएको थियो । यो विमान पहिले नै २०१५ मा अर्को घटनामा संलग्न भएको थियो, यसले सैदपुरमा धावन मार्ग छोड्यो तर त्यहाँ कुनै मानवीय क्षति भएको थिएन। विमानले सानो क्षतिको सामना गर्यो र आठ घण्टा पछि पुनः सेवामा फर्किएको थियो ।[६]

दुर्घटना विवरण[सम्पादन गर्नुहोस्]

२०७४ फागुन २८ लगभग साढे २ बजे, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो विमान दुर्घटना भएको थियो । वरुणयन्त्र, फायरफाइटर, नेपाली सेना, प्रहरी र उद्दारकर्ताहरूको अन्य टोली आगो निभाउन एवं घाइतेको उद्धार गरेका थिए ।[७] सोही विमानमा रहेका एक यात्रुका अनुसार बङ्गलादेशको स्थानीय समयअनुसार मध्याह्न १२ बजेर ३० मिनेट जाँदा उनीहरू जहाज चढेका थिए । बङ्गलादेशबाट उड्दा जहाजमा कुनै समस्या आएको थिएन । तर, काठमाडौँको आकाशमा आइसकेपछि भने अवतरण गर्नुअघि जहाज केही असन्तुलित भएकोजस्तो उनले महसुस गरेका थिए । जहाज ‘ल्यान्ड’ हुनुपर्ने विन्दुसमेत काटेर गइरहेको उनले देखिरहेका थिए । जहाज असामान्य हुँदै आकाशमा नै रोकिएको थियो र आकाशमा धेरै ट्राफिकका कारण यस्तो भएको होला भनेर यात्रीहरूले सोचिरहेका थिए । त्यसपछि केहीबेरमै जहाजको ह्वात्तै उचाइ घटाएको र सीधै अवतरण गराएको उनले महसुस गरेका थिए । जहाज ल्यान्ड भएपछि कोल्टिएको थियो । असामान्य महसुस गर्दै उनले पछाडि फर्केर हेर्दा धेरै यात्रीहरु थिचिएका थिए र एक किसिमले कोलाहल नै मच्चिइसकेको थियो । हेर्दाहेर्दै जहाजमा आगो लाग्न थाल्यो र धुवाँको मुस्लो फैलिएको थियो ।[८]

दुर्घटनाको कारण[सम्पादन गर्नुहोस्]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्यान्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्यान्ड हुन खोजेको थियो । एयर ट्राफिक कन्ट्रोलरले विमानलाई दक्षिणबाट आउन अनुमति दिएकोमा विमानले त्यो मार्ग समाउन सकेको थिएन । पहिलो प्रयासमा विमानले दक्षिणको मार्ग समाउन सकेन र उत्तरबाट आएको थियो । र, असामान्य तरिकाले चालकहरूले फोर्स ल्यान्डिङ गर्ने प्रयास गरेको थियो । कतिपयले धावनमार्गमा विमान चिप्लिएको भन्ने कतिपयले अनुमान गरे पनि त्यसो नभई गलत धावनमार्गबाट समातेर फोर्स ल्यान्डिङ गर्न खोजेको थियो । विमान दुर्घटना हुनुअघि नेपाल एयरलाइन्सको ह्याङ्गरलाई छुन एकफिटमात्रै बाँकी थियो । रन वेलाई सेन्टरमा पारेर २० को दायाँ साइडबाट विमान भुँइमा खसेको थियो । एयर ट्राफिक कन्ट्रोलले पहिलोपटक दिएको सूचनालाई विमानले स्वीकार्न सकेको थिएन । [९] त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार । विमान चालकले अटेरी गर्दा दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको थियो । एअर ट्राफिक ‘कन्ट्रोलर’ले दक्षिण तर्फदेखि अवतरण गर्न पटक–पटक निर्देशन दिएपनि पाइलटले उत्तरतर्फबाट अनुमति मागेर जवरजस्ती गरेको विमानस्थल प्रशासनको भनाइ छ । एअर ट्राफिक कन्ट्रोलरले ‘एलान्मेन्ट’ मिलेन भनेर जानकारी गराउँदा पनि पाइलट उत्तरतर्फ नै गएपछि विमान नेपाली सेनाको ‘ह्याङगर’तिर गएर ठोक्किएको विमानस्थल प्रशासनको भनाइ छ । दुर्घटनाग्रस्त यूएस बाङ्ला विमानको ‘ब्य्याक बक्स’ फेला परेको छ ।[१०]

अन्तराष्ट्रीय विमानदुर्घटनाहरू[सम्पादन गर्नुहोस्]

नेपालको ६९ वर्षको हवाई इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् । युएस बाङ्ला बिमान दुर्घटना गरी अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको छ । त्रिभुवन विमानस्थलमा मानवीय क्षति हुने गरी भएको युएस विमान दुर्घटना पहिलो दुर्घटना हो । नेपालमा अन्तर्राष्ट्रिय विमान दुर्घटना पर्दा अहिलेसम्म ३ सय ५९ जनाको ज्यान गएको छ । युएस बाङ्ला विमान दुर्घटना पर्नुअघि ३ सय ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा भएका हवाई दुर्घटनामा अहिलेसम्म झण्डै ८ सयले ज्यान गुमाएका छन्। आन्तरिक उडानका जहाज दुर्घटनामा परी भने ३ सयभन्दा बढीको ज्यान गएको छ ।[११]

अनुसन्धान[सम्पादन गर्नुहोस्]

दुर्घटनामा परेको यूएस बाङ्ला विमानको अवस्थाका बारेमा जानकारी लिन बङ्गलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौँ आएको थियो । बङ्गलादेशका उच्च अधिकारी सहितको टोलीमा बङ्गलादेशबाट दुर्घटनामा परेका परिवार सामिल थिए ।[२]प्रधानमन्त्री खड्गप्रसाद ओली (के॰पि॰ शर्मा ओली) तुरन्त बचाउ कार्यको निरिक्षण गर्न दुर्घटना स्थल पुगेका थिए । तथा दुर्घटना बारे जानकारी लिएर त्यसको जाँच गर्ने आदेश दिएका थिए ।

चालकदल एवं यात्रुहरू[सम्पादन गर्नुहोस्]

विमानले ३३ नेपाल, ३२ बङ्गलादेश एवं चीन मालदीवसबाट एक एक गरी ६७ यात्रु बोकेर उडेको थियो । उक्त विमानले २ जना बच्चाहरू सहित ६७ यात्रु र ४ चालक दललाई सवार गराएको थियो। यस विमानको कप्तान आबिद सुल्तान थिए, उनी बङ्गलादेश वायुसेनाको पायलट भई सकेका थिए । प्रथम अधिकारी पृथुला राशिद थिइन। आबिद सुल्तानलाई विमान चालकको २२ वर्षको अनुभव थियो । दुई अन्य चालकदल सदस्य ख्वाजा हुसैन मोहम्मद शफि तथा शमीम अख्तर थिए ।[१२] आबिद सुल्तानको मृत्युको खवर पछि सुल्तानकी पत्नी अफ्सना खानमलाई हार्टअट्याक भएको थियो । उपचारको लागि उनलाई राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा भर्ना गरीएको थियो उनको पनि २३ मार्च २०१८ शुक्रबार विहान साढे ९ बजे मृत्यु भएको थियो ।[१३]

यात्रुहरु र चालकदलहरू (उडान २११)
देश यात्रु चालकदल जम्मा
 नेपाल ३३ ३३
बङ्गलादेश बङ्गलादेश ३२ ३६
 चीन
 मालदिभ्स
जम्मा ६७ ७१

टिप्पणी[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "युएस बाङ्ला विमान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना", द काठमाडौँ पोष्ट (इ कान्तिपुर), १२ मार्च २०१८, अन्तिम पहुँच १२ मार्च २०१८ 
  2. २.० २.१ २.२ "अनलाइन खबर मार्फत जानकारी", अनलाइन खबर, अन्तिम पहुँच १३ मार्च २०१८ 
  3. ३.० ३.१ सुरी, मन्दिभ; पोखरेल, सुगम (१२ मार्च २०१८), "काठमाडौँमा विमान दुर्घटनामा परि ५१ यात्रुको मृत्यु", सिएनएन, अन्तिम पहुँच १२ मार्च २०१८ 
  4. "विमान दुर्घटनामा ४९ को मृत्यु, २२ घाइते", कान्तिपुर, अन्तिम पहुँच १३ मार्च २०१८ 
  5. "S2-AGU US-Bangla Airlines De Havilland Canada DHC-8-400 history", अन्तिम पहुँच १२ मार्च २०१८ 
  6. Hradecky, Simon (सेप्टेम्बर ४, २०१५), "Incident: US-Bangla DH8D at Saidpur on Sep 4th 2015, runway excursion after landing", अन्तिम पहुँच मार्च १२, २०१८ 
  7. "दुर्घटना कसरी भयो", Online khabar, अन्तिम पहुँच १३ मार्च २०१८ 
  8. "इमेज खबर", इमेज खबर, अन्तिम पहुँच १४ मार्च २०१८ 
  9. "दुर्घटनामा देखिएको कारण", Online khabar, अन्तिम पहुँच १३ मार्च २०१८ 
  10. News24nepal tv http://www.news24nepal.tv/2018/03/12/275155 |url= शीर्षक नै (सहायता), अन्तिम पहुँच १४ मार्च २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१५ मिति
  11. "अन्तराष्ट्रीय विमान दुर्घटना नेपाल", अनलाइन खबर, अन्तिम पहुँच १३ मार्च २०१८ 
  12. "Bdnews24", अन्तिम पहुँच १४ मार्च २०१८ 
  13. समाचार२४ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]