सामग्रीमा जानुहोस्

रामतोरियाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामतोरियाँ
परिपक्व र विकासशील फलहरू (फली) (हङकङ)
फलको अनुदैर्ध्य खण्ड
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: मालभेल्स
परिवार: मालभेसी
वंश: Abelmoschus
(L.) Moench
प्रजाति:
A. esculentus
वैज्ञानिक नाम
Abelmoschus esculentus
(L.) Moench
पर्याय[]
  • Abelmoschus bammia Webb
  • Abelmoschus longifolius (Willd.) Kostel.
  • Abelmoschus officinalis (DC.) Endl.
  • Abelmoschus praecox Sickenb.
  • Abelmoschus tuberculatus Pal & Singh
  • Hibiscus esculentus L.
  • Hibiscus hispidissimus A.Chev. nom. illeg.
  • Hibiscus longifolius Willd.
  • Hibiscus praecox Forssk.

रामतोरियाँ (भिण्डी/चिप्लेभिण्डी/चिप्लेभिँडी) माल्भेसी परिवार अन्तर्गत पर्ने फूल फुल्ने वनस्पति वा त्यसमा लाग्ने फल हो ।

चिप्ले भिन्डीका नामले समेत चिनिने फाइवर र लेसा युक्त तरकारी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र पर्छ । यसले पाचन प्रकृयालाई बलियो बनाउँछ । भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन, जसले रगत जम्नबाट जोगाउँछ । भिन्डीले मात्र होइन यसको फूल र पातले समेत फाइदा पु(याउँछ । श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न यसको प्रयोग गरिन्छ । भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

भिन्डी एउटा फल हो।  यसको रूख करिब १-२ मिटर अग्लो हुन्छ।  बनारसमा यसलाई 'राम तरोई' र छत्तीसगढमा यसलाई 'रामकलिया' भनिन्छ।  आत्म-नाम बंगालीमा ख्यात फल्सक, मराठीमा 'भेंडी', गुजरातीमा 'भिंडा', फारसीमा 'वामिया' हो।

२ तोला भिन्डीको फूल पिसेर एक कप गाईको दहीमा मिसाएर पिउँदा धातु झर्न रोकिन्छ । १ तोला चिनी, ३ तोला भिन्डीको जरा, सेतो अलैँची १ दाना, कालो खुर्सानी १/२ आधा मिसाएर पिउने वा काँचो भिंडी चिनीमा मिसाएर खाँदा गोनोरिया निको हुन्छ ।  भिन्डी झोल हालेर या सुख्खा  दुवै स्वादिष्ट हुछ।

भिन्डीको जराको धूलो बराबर मात्रामा चिनी मिसाएर खाँदा कमजोरी र बाथ रोग निको हुन्छ ।

भिन्डी खाँदा हामीलाई धेरै मात्रामा आइरन प्राप्त हुन्छ जुन हाम्रो शरीरको लागि धेरै राम्रो हुन्छ।

गर्भवती महिलाले भिन्डी खाँदा निकै फाइदा पुग्छ । किनकी यसले भ्रुणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ । क्यान्सरको जोखिम हटाउन पनि भिन्डी खानु फाइदाजनक हुन्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ । भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।

भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ । भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटा मानिसका लागि यसको प्रयोग फाइदाजनक हुन्छ । छालालाई स्वस्थ्य राख्न भिन्डीमा पाइने भिटामिन–सीलगायतको महत्वपूर्ण भूमिका हुन्छ । यसले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छसहयोग गर्छ ।आखाको ज्यातिका लागि भिन्डीको प्रयोग राम्रो हुन्छ ।

भिन्डीमा पाइने आइरन, भिटामिन–के आदि तत्वले रक्तअल्पता हुनबाट जोगाउँछ । रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ । अल्सरको असरलाई कम गर्न भिन्डीले मदत गर्छ । किनकी भिन्डीमा क्षार तत्व रहेको हुन्छ । भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्न मद्दत गर्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच ३ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ७ फेब्रुअरी २०१९ मिति

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]