विकिपिडिया:प्रयोगकर्ता नाम नीति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडिया सम्पादन गर्नको लागि जब तपाईँले खाता बनाउनुहुन्छ, त्यस समय तपाईँले एउटा प्रयोगकर्ता नाम छान्नुहुन्छ। खाता बनाएर गरिने सबै योगदानहरू त्यो प्रयोगकर्ता नामसँग जोडिदै जान्छ (कसैले खाता नबनाई प्रवेश गरेर गरेको योगदानहरू इन्टरनेट प्रोटोकल ठेगानाबाट गरिएको देखिन्छ)। तपाईँले आफ्नो विकिपिडियाको प्रयोगकर्ता नाम परिवर्तन गर्न सक्नुहुन्छ। प्रयोगकर्ता नाम परिवर्तन भएपछि तपाईँको पुरानो योगदानसमेत नयाँ प्रयोगकर्ता नाममा जोडिन्छ। यो नीति पृष्ठले नेपाली विकिपिडियामा कस्ता कस्ता प्रयोगकर्ता नाम स्वीकार्य छैन भन्ने कुराको जानकारी दिन्छ।

अनुचित प्रयोगकर्ता नाम

विघटनकारी वा आपत्तिजनक प्रयोगकर्ता नाम

प्रचारात्मक प्रयोगकर्ता नाम

  • प्रयोगकर्ता नाम जसले स्पष्ट रूपले कुनै कम्पनी, समूह, सङ्गठन, संस्था वा उत्पादनको नामलाई प्रतिनिधित्व गर्दछ।
  • इमेल ठेगानायुआरएल (जस्तै "Rahul@example.com" र "Example.com" को रूपमा) जसले कुनै व्यावसायिक वेब पृष्ठको प्रचार गर्छन्।

भ्रामक प्रयोगकर्ता नाम

निम्नलिखित प्रयोगकर्ता नाम राख्नको लागि अनुमति छैन किनभने यस्ता प्रयोगकर्ता नाम भ्रामक हुन सक्छन् र यो परियोजनालाई बाधा पुर्‍याउन सक्छ:

  • प्रयोगकर्ता नाम जसले अन्य प्रयोगकर्ता नामको नक्कल गरेको छ (कोही अरु भएर अरु नै हुने नाटक गर्ने), जस्तै सक्कली नाम र समान प्रयोगकर्ता नाम।
  • प्रयोगकर्ता नाम जसले यो धारणालाई जन्म दिन्छ कि त्यो खातासँग कुनै विशेष अधिकार छ तर असलमा त्यो अधिकार त्यो प्रयोगकर्तासँग छैन ("प्रशासक", "स्टेवार्ड", "प्रबन्धक", "चेकयुजर", "ओभरसाइट", "सिसप" वा "मोडरेटर" जस्ता शब्दहरू युक्त)।।
  • प्रयोगकर्ता नाम जसलाई सजिलै गलत रहेको बुझ्न सकिन्छ जस्तै प्रयोगकर्ता नामको पछि "बोट" राखेको छ।
  • "विकिपिडिया", "विकिमिडिया", WMF जस्ता वाक्यांशहरू सहित प्रयोगकर्ता नाम यदि त्यसले गलत धारणा दिइरहेको छ। यस्ता खाताहरू आधिकारिक रूपले विकिमिडिया फाउन्डेसन वा त्यस्कै कुनै परियोजनासँग सम्बद्ध भएमा ठीक छ अन्यथा त्यसलाई गलत मानिन्छ।
  • आइपी ठेगाना सरह प्रयोगकर्ता नाम भएमा।

यो पनि हेर्नुहोस्