विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/दीपिका पादुकोण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दीपिका पादुकोण[सम्पादन गर्नुहोस्]

दीपिका पादुकोण

दीपिका पादुकोण (हिन्दुस्तानी उच्चारण: [d̪iːpɪkaː pəɖʊkoːɳ]; जन्म ५ जनवरी १९८६) एक भारतीय अभिनेत्री र मोडल हुन । उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक नगद लिने भारतीय महिला अभिनेत्री हुन । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिन र हालसम्म दुई फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

पादुकोण, ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन । उनको जन्म कोपनहेगनमा भएको हो र हुर्काई बेङ्गलोरमा भएको हो । वाल्यवस्थामा उनी राष्ट्रिय स्तरको ब्याडमिन्टन च्याम्पियनसिप खेलेकी छन् तर फ्यासन मोडल बन्नका लागि उनले ब्याडमिन्टन खेल छाडेकी थिइन । मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी उनले चाँडै चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन । सन् २००६ मा कन्नड चलचित्र ऐश्वर्यमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन । पादुकोण त्यसपछि दोहोरो भूमिकामा उनको पहिलो बलिउड ब्लकबस्टर सन् २००७ मा प्रदर्शित ओम शान्ति ओम बाट गरिन जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो । पादुकोणद्वारा अभिनित लभ आज कल (२००९) र  लफङ्गे परिन्दे (२०१०) चलचित्रमा गरिएको दमदार अभिनयको लागि उनले निकै चर्चा पाइन । साथै त्यसै समयमा उनीद्वारा अभिनित बच्ना ए हसिनो (२००८) र हाँस्य चलचित्र हाउसफुल (२०१०) चलचित्रले नाकारात्मक समीक्षा पाएको थियो । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: नबिन सापकोटा ,बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१०, २८ डिसेम्बर २०१५ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा जनवरी महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०१, ३१ डिसेम्बर २०१५ (युटिसी(UTC))