विकिपीडिया:लेखन शैली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Blue check.svg
यो निर्देशनात्मक पृष्ठ अङ्ग्रेजी विकिको wp:manual of style बाट विविध कुरा सङ्क्षेपमा लिई सोही अनुरुप नेपाली विकिमा बनाइएको हो । कुनै पनि कुरा सम्पादकीय सहमतिमा यहाँ भएका कुरालाई थप्न वा घटाउन सकिनेछ । कुनै कुराका लागि यस पृष्ठको वार्ता पृष्ठमा राख्न सकिनेछ ।

लेखन शैली वा विकि शैली भन्नाले नेपाली विकिपीडियामा भएका सम्पूर्ण लेखहरू बनाइँदा वा लेखिँदा ध्यान दिनुपर्ने कुराहरूलाई बताउँछ । विकिपीडियामा भएका लेखहरू सरल, सरस र अर्थपूर्ण हुनुपर्छ भन्ने 'लेखन शैली'को उद्देश्य हो र सम्पूर्ण लेखहरूमा लेख लेखिने तरिकामा एकरुपता बनाउनु यसको अर्को महत्त्वपूर्ण लक्ष्य हो ।

लेखमा गार्‍हो, नबुझीने अति नै अफ्ट्यारो शब्द प्रयोग नगर्नुहोस् । लेखाइ सम्पूर्ण नेपाली भाषीहरूले बुझिने खालका हुनु अत्यन्त आवश्यक छ । व्याकरण हिसाबले पनि वाक्य शुद्ध हुनु आवश्यक छ ।

लेखको शीर्षक, उप-शीर्षक र अन्य भाग

लेखको शीर्षक

लेखको शीर्षक प्रष्ट, लेखको सम्पूर्ण भागलाई प्रतिनिधित्व गर्ने र नेपालीमा नै लेखिएको हुनु आवश्यक छ । प्रत्येक लेखको शीर्षक आफैमा अन्य लेखको शीर्षकबाट फरक हुनु जरुरी छ ।

लेखका विभिन्न भागहरू

लेखका विविध भागहरू लेख अनुसार फरक पर्न हुन आउँछ । सम्पूर्ण लेखहरूको लिड सेक्सनको मुल उद्देश्य लेखको संक्षिप्त्त रूप दिनु हो । लेख अनुसार लेखको अन्य भागहरूको उप-शीर्षक लेखिनु आवश्यक छ जसमा सम्पादकहरूले प्रमुख लेखहरूको लेखन शैलीको सहायता लिन सक्नेछन् ।

लेखमा चार वटा वा सो भन्दा बढी उप-शीर्षक भएको खण्डमा स्वत: लेखमा विषय सूची, लेखको प्रमुख अनुच्छेद र पहिलो उप-शीर्षकको बीचमा देखिनेछ ।

उप-शीर्षकहरू

उप-शीर्षकहरू == शीर्षक == दिई लेखिन्छ । उप-शीर्षकहरू भन्दा पनि अन्य तहका शीर्षकहरू थप्न परेको खण्डमा ===शीर्षक ======== शीर्षक ===== दिई लेखिन्छन् ।

  • उप-शीर्षकहरू लेखको शीर्षक हुनुहुदैँन ।
  • उप-शीर्षकहरूले अरू लेखसँग जोड्न गरि [[]] लिङ्क दिएको हुनुहुदैँन ।
  • उप-शीर्षकमा सन्दर्भ सामग्री जोड्नु हुदैँन, यो तस्बिर वा कुनै आइकन हुनुहुदैँन ।
  • उप-शीर्षकमा अङ्क नलेख्नुहोस् ।

नेपाली भाषा शैली

  • लेखमा भाषा प्रयोग गर्दा व्याकरण मिलेको हुनु आवश्यक छ ।
  • वाक्य संयोजन र संरचना अर्थपूर्ण र प्रत्येक नेपाली भाषीले बुझिने हुनु जरुरी छ ।
  • कुनै पनि लेख लेख्दा वाक्यहरूलाई साहित्यिक रूप दिने हेतुले नलेख्नुहोस् ।

शब्दको लघुरुप

शब्दको लघुरूप (अङ्ग्रेजी: Abbreviations) शब्दको छोटो रूप हो । यस प्रकारका शब्द लेख्दा सुरूमा शब्दको पूर्णरूप र मात्र लघु रुप लेख्नुहोस् ।

जस्तै: काठमाडौं महानगरपालिका (का.म.न.पा.) वा काठमाडौं महानगरपालिका (कामनपा)

अङ्ग्रेजी शब्दको लघुरूप दिदाँ पूर्ण रुपमा नेपालीमा नै लेखेपनि छोटो रूप भने अङ्ग्रेजी/नेपाली मा लेख्नुहोस् ।

जस्तै: डिअक्सिराइबो न्युक्लिक एसिड (डिएनए) वा डिअक्सिराइबो न्युक्लिक एसिड (DNA)

नयाँ शब्दको नभएको छोटो रुप बनाएर भने प्रयास नगर्नुहोस् ।

इटालीक्स : शब्द ढल्काइ लेख्ने

कुनै लेखको शीर्षक (आवश्यक अनुसार), जीवको वैज्ञानिक नाम, नेपाली भन्दा अन्य भाषालाई ढल्काई लेख्नुहोस् ।

लाइन ब्रेक

उक्ति

चिह्न प्रयोग

नेपाली भाषामा प्रयोग हुने चिह्नको तपाईमा ज्ञान हुनु आवश्यक छ । लेख लेखिँदा त्यसै अनुरूपको लेख्य चिह्न प्रयोग गर्नुहोस् ।

मिति र समय

अङ्क

मुद्रा

मापन इकाई

गणितीय चिह्न

व्याकरण प्रयोग

व्याकरण सधैँ सकेसम्म शुद्ध लेख्नुहोस् । भाषा र व्याकरण शुद्धीकरणका विषयमा अन्य सम्पादक वा प्रबन्धकहरू सँग छलफल गर्नुहोस् । लेख सम्पूर्ण नेपाली भाषीहरूले बुझ्न सक्ने किसिमको हुनु आवश्यक छ ।

व्याकरण शुद्ध प्रयोगका थप जानकारीका लागि पृष्ठ १पृष्ठ २ पनि पढ्न सक्नुहुन्छ ।

चित्र

लेखका विषय अनुसार लेखमा चित्रमा सहुाउँदा चित्रहरू हुनु आवश्यक हुन्छ ।

बुलेट प्रयोग

जानकारीहरू अनुच्छेदमा भन्दा क्रमैसँग लेख्नु परेमा बुलेट को प्रयोग गर्न सकिन्छ । यसका लागी * वाक्यको अगाडि राख्नुहोस् । यसका साथै # पनि प्रयोग गर्न सकिन्छ ।

लिङ्क

बाह्य लिङ्कहरू

लेखको अन्तिम भागमा लेखसँग सम्बन्धित तर लेखमा सन्दर्भ सामग्रीका रुपमा प्रयोग नभएका वेवसाइटहरू राख्न सकिन्छ । यसका लागि ==बाह्य लिङ्कहरू== लेखी लिङकहरू क्रमैसँग निम्न प्रकारले राख्नुहोस् । जस्तै:

* [http://psc.gov.np लोकसेवा आयोग]
* [http://moe.gov.np शिक्षा मन्त्रालय]

यस्तो देखिनेछ:

* लोकसेवा आयोग
* शिक्षा मन्त्रालय

अन्य ढाँचाहरू {{Official website}}, {{Official websites}} and {{URL}} पनि प्रयोग गर्न सकिन्छन् ।

अन्य

  • समस्या परेको बेला प्रबन्धकसँग सहायता माग्नुहोस् ।
  • विकिपीडिया सम्पादनमा असजिलो/अफ्ठ्यारो भएमा अङ्ग्रेजी विकिपीडियाका सहयोगी पृष्ठहरूबाट सहायता लिन पनि सक्नुहुन्छ ।

यो पनि हेर्नुहोस्