सगोत्री
स्वरूप
सगोत्री
[सम्पादन गर्नुहोस्]सगोत्री भनेको दुई थरको गोत्र एउटी पर्न जानु हो। सगोत्री तब भनिन्छ जब हामी आफ्नो थरको गोत्र र दोस्रो व्यक्तिको थरको गोत्र एउटी हुन पुग्छ। यसलाई सरल भाषामा भन्नु पर्दा सगोत्री अर्थात आफ्नो गोत्रमा मेल हुनु हो।
उदाहरण
[सम्पादन गर्नुहोस्]उदाहरणको लागि
- आचार्य र पराजुली सगोत्री हुन किनकि यी दुवै थरहरूको गोत्र कौडिन्य गोत्र हो।
- निरौला र पन्त सगोत्री हुन किनकि यी दुवै थरहरूको गोत्र भारद्वाज गोत्र हो।
सगोत्री जाँचको आवश्यकता
[सम्पादन गर्नुहोस्]गोत्र प्राय विवाह मिलनको लागि हेरिन्छ। एउटै गोत्र हुनुको अर्थ एउटै ऋषिको वंशजको परिवारमा हुनु हो। सगोत्रीसङ्ग वा एउटै आमाका छोराछोरी बिच विवाह अथवा सम्भोग भएमा जन्मिएको सन्तान रोगी हुने गरुड पुराण आदिमा उल्लेख गरिएको छ।