कालिका गाउँपालिका
कालिका गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°Eनिर्देशाङ्कहरू: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | रसुवा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | हरीकृष्ण देवकोटा (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | मिरा तामाङ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १९२.५४ किमी२ (७४.३४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १०,११५ |
• घनत्व | ५३/किमी२ (१४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
वेबसाइट | आधिकारिक वेबसाइट |
कालिका गाउँपालिका रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट २४ किमी दक्षिण पूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूवनौटमा फैलिएको साबिक धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८ , राम्चे गाविस र भोर्ले गाविसको वडा नं १, ६, ८, ९ वडा मिलेर बनेको हो ।[३][४] ५ वटा वडा रहेको यस गाउँपालिकाका मुख्य स्थानहरूमा बेतिनी, धारापानी, कटुञ्जे, कालिकास्थान, धैबुङकोट, धुसेनी, रूप्सेपानी, भदौरे, जिबजिबे, ज्याङलाङ, पराङ्से, गोम्बोडाँडा, राम्चे, ग्राङ र पलेप रहेका छन् ।[५][६]
सीमाना
[सम्पादन गर्नुहोस्]यो गाउँपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत समुद्री सतहबाट ९५० मिटरदेखि २२०० मिटर उचाईसम्म फैलिएको छ । जसको पूर्वमा नौकुण्ड गाउँपालिका, पश्चिममा उत्तरगया गाउँपालिका, दक्षिणमा फलाँखु खोला (नुवाकोटसँग जोडिएको) र त्रिशुली खोला तथा गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको लाङटाङ राष्ट्रिय निकुञ्ज पर्दछ ।
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]धरातलीय स्वरूप अनुसार यस गाउँपालिकालाई तीन भागमा विभाजन गर्न सकिन्छ । १) ११००-१५००मी उचाईसम्मका भूभागलाई मध्यपहाडी भागमा राखिएको छ, जसमा मानव वस्ती बाक्लो रहेको छ । २) १५०० भन्दा माथि २२०० सम्मको भागलाई तल्लो लेकाली भागमा राखिएको छ । ३) ९५० देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ ।
हावापानी
[सम्पादन गर्नुहोस्]यस गाउँपालिकामा विशेष गरी पाँच किसिमका हावापानी पाईने गर्दछ । हावापानी पाईने क्षेत्र, तापक्रम, वर्षा तथा फैलिएको उचाईलाई यसरी तालिकामा राखिएको छ । कालिका गापामा पाईने हावापानीको विवरण
क्र.सं. पाईने हावापानी १ उष्ण मौसमी हावापानी २ अर्ध उष्ण हावापानी ३ समशीतोष्ण हावापानी ४ ठण्डा शीतोष्ण हावापानी ५ लेकाली हावापानी
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालिका गाउँपालिकाको कुल जनसङ्ख्या १०,११५ रहेको छ भने यहाँ २,४४७ घरधुरी रहेका छन्।[२]
कालिका गाउँपालिकाका अवसरहरू
[सम्पादन गर्नुहोस्]यस गाउँपालिकाका अवसरहरू : क) ग्रामीण तथा कृषि पर्यटन : यस गाउँपालिकामा रहेका विविध सांस्कृतिक, प्राकृतिक तथा ऐतिहाँसिक महत्त्वहरूको प्रचार-प्रसार, कृषि पर्यटनको प्रबल सम्भावना रहेको छ । गाउँगाउँमा होमस्टे (आवास) निर्माण गरी बाह्य तथा आन्तरिक पर्यटकहरूलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको छ । हालसम्म भएका केही लक्षणहरूले पनि यसको सम्भावनालाई नजिक्याउँदै छ । यस गाउँपालिकामा रहेका मिश्रित बस्ती, मिश्रित भेषभूषा, मिश्रित संस्कृतिलाई प्रचारप्रसार गर्न सकेमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै जनताको जीविकोपार्जमा सुधार ल्याउन सकिनेछ ।
ख) तरकारी उत्पादन तथा फलफूल खेती : यस गाउँपालिकाको विभिन्न स्थानमा विभिन्न समयमा मौषमी तथा बेमौषमी तरकारी खेती उत्पादन गर्न सकिन्छ । हालैको अवस्थालाई हेर्दा पनि यहाँको उत्पादनले रसुवा जिल्लाका स्थानीय बजारलाई केही हदसम्म बजार माग पुरा गर्न सकेको छ भने कुनै समयमा धेरै उत्पादन हुँदा कुशल बजारीकरणको अभावले पनि राम्रो मूल्य प्राप्त गर्न सकेको छैन । तरकारी तथा फलफूल उत्पादनलाई वस्तीस्तरीय पकेट क्षेत्र निर्मण गरी उत्पादित वस्तुलाई केरुङ लक्षित बजार प्रबर्दन तथा बिक्री वितरण गर्ने सम्भावना प्रबल रहेको छ ।
ग) कृषि तथा पशुपंक्षी पालन : यस गाउँपालिकाका प्राय स्थानहरूमा कृषि तथा पशु पंक्षी पालन गर्न सकिने सम्भावना रहेको छ । हालैको अवस्थालाई हेर्दा पनि यस गाउँपालिकामा पर्याप्त मात्रामा पशुपालन गरिएको पाईन्छ । व्यवसायिक तबरले पनि पशुपंक्षी पालन गरिएको अवस्था छ । सो को तथ्याङ्क विवरण नं मा हेर्न सकिन्छ । यही अवस्थालाई मध्यनजर गर्दै कालिका गाउँपालिकाको तेस्रो गाउँसभा (२०७५/०७६) ले कृषि, पर्यटन र पशुपंक्षी : कालिका गाउँपालिकाको संबृद्दि भन्ने मूलनारालाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको छ ।
घ) सौर्य उर्जा तथा बैकल्पिक उर्जाको विकास : यस गाउँपालिकाका प्राय भूभागमा बिहानदेखि बेलुकीसम्म सूर्यको किरण पर्ने भएकोले यहाँ सौर्य उर्जाको विकास र प्रयोग, सूर्यको किरणसहित पशुपालनमा पनि यहाँका समुदाय संलग्न भएको हिशाबले यहाँ गोबरग्याँस प्रविधिको उत्पादन र प्रयोग गरी खड्किँदो उर्जा तथा इन्धनको अभाव टार्न सकिन्छ । जसका कारण वातावरणीय संरक्षण, जीविकोपार्जनामा सुधार र बढ्दो खर्चलाई कम गर्न सकिन्छ । ङ) फोहोरबाट मोहोर : यस गाउँपालिकाभित्र रहेका बजारहरूमा पाईने फोहोरलाई बर्गीकरण गरी प्रशोधन गर्ने हो भने फोहोरबाट मल उत्पादन गरी फोहोरलाई मोहोरमा परिणत गर्न सकिने सम्भावना रहेको छ । यसैलाई मध्यनजर गर्दै कालिका गाउँपालिकाको तेस्रो गाउँ सभा (२०७५/७६) ले फोहोरलाई बर्गीकरण गरी उठाउने र त्यसलाई प्रशोधन गर्ने नीति लिएको छ । यसै वर्षबाट सो कार्यलाई मूर्तता दिन गाउँपालिकाले आफ्नै लगानीमा फोहोर सङ्कलन गर्ने गाडीको व्यवस्था गरेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।