सन् १९९०
स्वरूप
सन् १९९० ग्रेगोरियन पात्रोको सोमबारदेखि प्रारम्भ भएको सामान्य वर्ष थियो। हिन्दू पञ्चाङ्ग अनुसार यो विक्रम सम्वत्-को २०४६-४७ वर्ष रहेको थियो। यस वर्षको महत्त्वपूर्ण घट्नाहरूमा जर्मनीको पुन:एकीकरण, यमनको एकीकरण[१], हबल अन्तरिक्ष दूरदर्शी प्रक्षेपण, दक्षिण अफ्रिकाबाट नामिबिया छुट्टिनु, खाडी युद्धको विजारोपण, नेल्सन मन्डेलालाई जेलबाट रिहा गरिनु र ११ वर्षको लामोसमयसम्म संयुक्त अधिराज्यको प्रधानमन्त्रीको पदमा रहेकी मार्गरेट थ्याचरद्वारा राजिनामा दिनु रहेको थियो।
यो वर्ष इन्टरनेटको प्रारम्भिक इतिहासको लागि ज्यादै महत्त्वपूर्ण वर्ष रहेको थियो। यस वर्षको अन्त्यतिर टिम बर्नर्स लीले पहिलो वेब सर्भर बनाउनुका साथै वर्ल्ड वाइड वेबको जग बसालेका थिए।[२]
घटनाक्रम
[सम्पादन गर्नुहोस्]जनवरी
[सम्पादन गर्नुहोस्]- ७ जनवरी– इटालीमा रहेको पिसाको लेनिङ टावर आम जनताको लागि खतरापूर्ण रहेको भन्दै बन्द गरिएको थियो। लगभग ८०० वर्षको इतिहासमा पहिलो पटक यस्तो गरिएको थियो।[३]
- २५ जनवरी–पाकिस्तानको प्रधानमन्त्री बेनजिर भुट्टोले छोरी जन्म दिएकी थिइन्, आधुनिक समयमा सरकार प्रमुख रहेकै समय यसो गर्ने उनी पहिलो महिला बनेकी थिइन्।
- ३१ जनवरी– विश्वव्यापीकरण— म्याकडोनाल्ड्सले रुसको मस्कोमा आफ्नो शाखा विस्तार गरेको थियो।
फेब्रुअरी
[सम्पादन गर्नुहोस्]- फेब्रुअरी/मार्च–भारतीय राज्य जम्मु काश्मिरबाट १ लाख भन्दा बढी रैथाने कश्मीरी पण्डितहरू इस्लामिक कट्टरपन्थीको विद्रोहको कारण पलायन भएका थिए।[४]
- फेबुअरी–संयुक्त राज्य अमेरिकाको सबै अन्तर देशीय हवाई सेवामा धुम्रपानमाथि प्रतिबन्ध लगाइएको थियो।[५]
- १० फेब्रुअरी– दक्षिण अफ्रिकाको राष्ट्रपति फ्रेडरिक विलेम डी क्लार्कले अघिल्लो दिन नेल्सन मन्डेलालाई जेलमुक्त गरिने घोषणा गरेका थिए।
- ११ फेब्रुअरी– दक्षिण अफ्रिकाको केप टाउन नजिकै रहेको भिक्टर भर्स्टर जेलबाट २७ वर्षको लामो जेल जीवनपछि नेल्सन मन्डेला जेलमुक्त भएका थिए।
- १३ फेब्रुअरी– जर्मनी पुन:एकीकरण: जर्मनीलाई एकीकरण गर्ने दुई चरणको योजनाको लागि सहमति भएको थियो।
- २६ फेब्रुअरी– सोभियत सङ्घद्वारा चेकोस्लोभाकियाबाट आफ्नो ७३,५०० सेनालाई जुलाई, १९९१सम्म फिर्ता बोलाउने घोषणा गरेको थियो।
मार्च
[सम्पादन गर्नुहोस्]- १ मार्च– इजिप्टको कायरोस्थित सेराटन होटलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो।
- १५ मार्च– सोभियत सङ्घको पहिलो कार्यकारी राष्ट्रपतिको रूपमा मिखाइल गोर्भाचेभ निर्वाचित भएका थिए।
- १८ मार्च– अमेरिकाको बोस्टन अवस्थित इसाबेला स्टिवर्ट गार्डनर सङ्ग्रहालयबाट २ चोरहरू प्रहरीको भेषमा आई जम्माजम्मी १०० देखि ३०० मिलियन अमेरिकी डलर बराबरको १२ चित्र र साङ वंशको एउटा फुलदानी चोरेर लागेका थिए। यो हालसम्मको अमेरिकी इतिहासको सबैभन्दा ठुलो कला चोरी हो र सन् २०१८ सम्म सो चित्रहरू फेला पार्न सकिएको छैन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Yemen", Encyclopedia Britannica।
- ↑ "WWW Project History", w3.org।
- ↑ Kat Eschner (जनवरी ६, २०१७), "One Time, They Closed the Leaning Tower of Pisa Because It Leaned Too Much", Smithsonian Magazine, अन्तिम पहुँच जुन १३, २०१९।
- ↑ Bose, Sumantra (जुन १, २००९), "Kashmir: Roots of Conflict, Paths to Peace", Harvard University Press, पृ: १२०, आइएसबिएन 978-0-674-02855-5।
- ↑ "Case Against Smoker on Airline Ends in Mistrial", Los Angeles Times।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सन् १९९० सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।