जवाहरलाल नेहरु

नेपाली विकिपीडियाबाट
(जवाहर लाल नेहरु बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जवाहरलाल नेहरू


कार्यकाल
15 August 1947 – 27 May 1964
राष्ट्रपति : राजेन्द्र प्रसाद
सर्वपल्ली राधाकृष्णन
गभर्नर जनरल The Earl Mountbatten of Burma
Chakravarti Rajagopalachari
सहायक वल्लभभाइ पाटिल
अग्रज : प्रथम
उतराधिकारी : गुल्जारिलाल नन्दा (Acting)

कार्यकाल
31 October 1962 – 14 November 1962
अग्रज : Vengalil Krishnan Krishna Menon
उतराधिकारी : Yashwantrao Chavan
कार्यकाल
30 January 1957 – 17 April 1957
अग्रज : Kailash Nath Katju
उतराधिकारी : Vengalil Krishnan Krishna Menon
कार्यकाल
10 February 1953 – 10 January 1955
अग्रज : N. Gopalaswami Ayyangar
उतराधिकारी : Kailash Nath Katju

कार्यकाल
13 February 1958 – 13 March 1958
अग्रज : Tiruvellore Thattai Krishnamachariar
उतराधिकारी : मोरार्जी देसाई
कार्यकाल
24 July 1956 – 30 August 1956
अग्रज : Chintaman Dwarakanath Deshmukh
उतराधिकारी : Tiruvellore Thattai Krishnamachariar

कार्यकाल
15 August 1947 – 27 May 1964
अग्रज : प्रथम
उतराधिकारी : गुल्जारिलाल नन्दा

जन्म : 14 नोभेम्बर 1889
अहमदाबाद, भारत
मृत्यु : 27 मे 1964 (74वर्ष )
दिल्ली, भारत
राजनीतिक दल : Indian National Congress
जीवनसाथी : कमला कौल
सन्तान : इन्दिरा गान्धी
अध्ययन संस्था : Trinity College, Cambridge
Inns of Court
पेशा : Barrister
धर्म : Agnostic atheism[१][२][३]
हस्ताक्षर :

जवाहरलाल नेहरू (नोभेम्बर १४, १८८९ - मे २७, १९६४)को जन्म उत्तर प्रदेशको इलाहाबादमा भएको थियो। उनी स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री हुन्।

जीवनी[सम्पादन गर्ने]

जवाहर लाल नेहरूको जन्म इलाहाबादमा एक धनाढ्य वकील मोतीलाल नेहरूको घरमा भएको थियो। उनकी आमाको नाम स्वरूप रानी नेहरू थियो। उनी मोतीलाल नेहरूका एक्ला पुत्र थिए। इनका अलावा मोती लाल नेहरू का तीन छोरीहरू पनि थिए। नेहरू कश्मीरी वंशका सारस्वत ब्राह्मण थिए।

जवाहरलाल नेहरूले विश्वको केही राम्रा स्कूलहरू र विश्वविद्यालयमा शिक्षा प्राप्त गरेका थिए। उनले आफ्नो स्कूली शिक्षा हैरो र क्याम्पसको शिक्षा ट्रिनिटी क्याम्पस, लण्डन बाट पूरा गरेका थिए। यस पछि उनले आफ्नो कानूनको डिग्री क्याम्ब्रिज विश्वविद्यालय बाट पूरा गरे। बेलायतमा उनले सात साल व्यतीत गरे जसमा त्यहांको फैबियन समाजवाद र आइरिश राष्ट्रवादको लागि एक तर्कसंगत दृष्टिकोण विकसित गरे।

जवाहरलाल नेहरू १९१२मा भारत फर्केर वकालत शुरू गरे। १९१६मा उनको विवाह कमला नेहरू सँग भयो। १९१७मा जवाहर लाल नेहरू होम रूल लीगमा शामिल भए। राजनीतिमा उनकी असली दीक्षा दुई वर्ष १९१९मा भयो जब उनी महात्मा गान्धीको सम्पर्कमा आए। त्यस समय महात्मा गान्धीले रोलेट अधिनियमको विरूद्ध एक अभियान शुरू गरेको थियो। नेहरू, महात्मा गान्धीको सक्रिय तर शान्तिपूर्ण, सविनय अवज्ञा आन्दोलन प्रति आकर्षित भए। गान्धीले पनि युवा जवाहरलाल नेहरूमा भारतको भविष्य देखे र उनलाई अगाडी बढ्न प्रेरित गरे।

नेहरूले महात्मा गान्धीको उपदेश अनुसार आफ्नो परिवारलाई पनि परिणत गरे। जवाहरलाल र मोतीलाल नेहरूले पश्चिमी कपडा र महंगो संपत्ति त्याग गरे। उनी अब एक खादी कुर्ता र गाँधी टोपी लगाउन थाले। जवाहर लाल नेहरूले १९२०-१९२२मा असहयोग आन्दोलनमा सक्रिय रूपले भाग लागि र यसै क्रममा पहिलो चोटी गिरफ्तार भए। केही महिना पछि उनलाई रिहा गरियो।

जवाहरलाल नेहरू १९२४मा इलाहाबाद नगर निगमको अध्यक्ष चुनिए र उनले शहरको मुख्य कार्यकारी अधिकारीको रूपमा २ वर्ष सेवा गरे। यो उनको लागि एक मूल्यवान प्रशासनिक अनुभव थियो जो उनलाई तब काम आयो जब उनी देशको प्रधानमन्त्री बने। उनले आफ्नो कार्यकालको प्रयोग सार्वजनिक शिक्षाको विस्तार, स्वास्थ्यको देखभाल र स्वच्छताको लागि गरे। १९२६मा उनले ब्रिटिश अधिकारी हरू बाट सहयोगको कमी भएको भनेर राजीनामा गरे। १९२६बाट १९२८ सम्म, जवाहर लालले अखिल भारतीय काङ्ग्रेस समितिको महासचिवको रूपमासेवा गरे। १९२८-२९ मा, कांग्रेसको वार्षिक अधिवेशनको आयोजन मोतीलाल नेहरूको अध्यक्षतामा भयो। त्यस अधिवेशनमा जवाहरलाल नेहरू र सुवासचन्द्र बोसले पूर्ण राजनैतिक स्वतन्त्रताको मागको समर्थन गरे, जबकि मोतीलाल नेहरू र अन्य नेताहरूले ब्रिटिश साम्राज्यको भित्र नै प्रभुत्व सम्पन्न राज्यको दर्जा पाउनुपर्ने मागको समर्थन गरे। मुद्दाको हल गर्न गान्धीले बीचको बाटो निकालेर भने कि ब्रिटेनलाई भारतलाई राज्यको दर्जा दिनका लागि २ बर्षको समय दिइनेछ र यदि यस्तो नभएमा काङ्ग्रेस पूर्ण राजनैतिक स्वतन्त्रताको लागि एक राष्ट्रीय संघर्ष शुरू गर्नेछ। ब्रिटिश सरकारले यसको कुनै जवाफ दिएन।

डिसेम्बर १९२९ मा, कांग्रेसको वार्षिक अधिवेशन लाहौरमा आयोजित गरे जसमा जवाहरलाल नेहरू काङ्ग्रेस पार्टीको अध्यक्ष चुनिए। यही सत्रमा एक प्रस्ताव पनि पारित भयो जसमा भारत स्वतन्त्रताको माग गरियो। २६ जनवरी, १९३०मा लाहौरमा जवाहरलाल नेहरूले स्वतन्त्र भारतको झण्डा फहराए। गान्धी जीले पनि १९३०मा सविनय अवज्ञा आन्दोलनको आह्वान गरे। आन्दोलन निकै सफल रह्यो र यसले ब्रिटिश सरकारलाई प्रमुख राजनैतिक सुधारको आवश्यकता स्वीकार गर्न बाध्य बनायो।

जब ब्रिटिश सरकारले भारत अधिनियम १९३५ प्रख्यापित गरे तब काङ्ग्रेस पार्टीले चुनाव लडने फैसला गर्‍यो। नेहरू चुनाव भन्दा बाहिर रहे तर जोरका साथ पार्टीको लागि राष्ट्रव्यापी अभियान चलाए। कांग्रेसले लगभग हर प्रांतमा सरकार गठन गर्‍यो[ र केन्द्रीय असेंबलीमा सबैभन्दा बढी सीट जित्यो। नेहरू कांग्रेसको अध्यक्ष पदमा १९३६, १९३७ र १९४६मा चुनिएका थिए र राष्ट्रवादी आन्दोलनमा गान्धी पछाडी द्वितीय स्थान हासिल गरे। उनलाई १९४२मा भारत छोडो आन्दोलनमा गिरफ्तार पनि गरियो र १९४५मा छोडियो। १९४७ माभारतपाकिस्तानको मुक्तिको समय उनले अङ्ग्रेजी सरकारसँग भएको वार्तामा महत्वपूर्ण रूपमा भाग लिए।

१९४७मा उनी स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री बने। अङ्ग्रेजले करीब ५०० राज्य रजौटालाई एक साथ स्वतन्त्र गरेको थियो र त्यसबेला सबैभन्दा ठूलो चुनौती ती राज्य रजौटाहरूलाई एउटा झण्डा मुनी ल्याउनु। उनले भारतको पुनर्गठनको मार्गमा आएको हर चुनौतीको समझदारी पूर्वक सामना गरे। जवाहरलाल नेहरूले आधुनिक भारतको निर्माणमा महत्वपूर्ण भूमिका निभाए। उनले योजना आयोगको गठन गरे, विज्ञान र औद्योगिक विकासलाई प्रोत्साहित गरे र तीन लगातार पञ्चवर्षीय योजना शुभारंभ गरे। उनको नैतिको कारण देशमा कृषि र उद्योगको एक नया युग शुरु भयो। नेहरूले भारतको विदेश नैतिको विकासमा एक प्रमुख भूमिका निभाए।

जवाहर लाल नेहरूले जोसेफ ब्रज टीटो र अब्दुल गमाल नासिरको साथमा मिलेर एशिया र अफ्रीकामा उपनिवेशवादको अन्त्यका लागि एक असंलग्न आन्दोलनको रचना गरे। उनी कोरियाई युद्धको अन्त्य गर्न, स्वेज नहर विवाद सुल्झाउन र कंगो समझौतालाई मूर्तरूप दिन जस्ता अन्य अन्तरराष्ट्रीय समस्या हरूको समाधानमा मध्यस्थको भूमिकामा रहे। पश्चिम बर्लिन, अस्ट्रिया, र लाओस लगायत अन्य विस्फोटक मुद्दाको समाधानमा पर्दा पछाडी बाटै उनको महत्वपूर्ण योगदान रह्यो। उनलाई वर्ष १९५५मा भारत रत्न बाट सम्मनित गरियो।

तर नेहरूले पाकिस्तान र चीनसँग भारतको सम्बन्धमा सुधार ल्याउन सकेनन्। पाकिस्तान सँग एक सम्झौता सम्म पुग्नलाई कश्मीर मुद्दा र चीनको साथ मित्रतामा सीमा विवाद बाटाका काडा साबित भए। नेहरूले चीन सित मित्रताको हात पनि बढाए, तर १९६२मा चीनले धोकापूर्ण आक्रमण गर्‍यो। नेहरूको लागि यो एक ठूलो झटका थियो र शायद उनको मृत्यु पनि यही कारण भयो। २७ मे, १९६४मा जवाहरलाल नेहरू लाई हृदयघात भयो जसले उनको मृत्यु भयो।

आलोचना[सम्पादन गर्ने]

धेरै मानिसहरूको विचार छ कि नेहरूले अन्य नेताको तुलनामाभारतको स्वतन्त्रता संग्राममा कम योगदान दिएका थिए। तापनि गान्धीजीले उनलाई भारतको प्रथम प्रधानमन्त्री बनाए भारतका अरू विभिन्न समस्याहरूमा पनि नेहरूलाई जिम्मेवार मानिन्छ जसमध्ये केही तल उल्लेख गरिएको छ।

  • लेडी माउंटबेटनको साथ नजीकको सम्बन्ध
  • काश्मीरको समस्या
  • चीनद्वारा भारत माथि हमला
  • मुस्लिम तुष्टीकरण (मुसलमानलाई सन्तुष्ट गराईरहने)
  • भारत द्वारा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि चीनको समर्थन
  • भारतीय राजनीतिमा वंशवादलाई बढावा दिनु
  • हिन्दीलाई भारतको राष्ट्रभाषा बनाउनमा ढीलो गर्नु वा अन्तमा अनन्तकालका लागि स्थगन।
  • भारतीय राजनीतिमा कुलीनतन्त्र कायम गर्नु
  • गान्धीवादी अर्थव्यवस्थाको हत्या एवं ग्रामीण भारत लाई नदेख्नु
  • भारतीय इतिहास लेखनमा गैर-काङ्ग्रेसी तत्त्वको अवहेलना

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "The Montreal Gazette", Google News Archive, 9 June 1964, p. 4.
  2. Ramachandra Guha. "Inter-faith Harmony: Where Nehru and Gandhi Meet Times of India", The Times Of India, 23 September 2003.
  3. In Jawaharlal Nehru's autobiography, An Autobiography (1936), and in the Last Will & Testament of Jawaharlal Nehru, in Selected Works of Jawaharlal Nehru, 2nd series, vol. 26, p. 612,


बाहिरी कडीहरु[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]