नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन "नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो । [१] यसले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दछ । यस संस्थाले चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको पहिलो विद्यार्थी सन् १९९९ मा भर्ना लिएको थियो भने सन् २००२ मा पहिलो चार्टर्ड एकाउन्टेन्ट तयार गरेको थियो । सन् २०१३ को तथ्यांक अनुसार यस संस्थाको जम्मा सदस्यहरू ६९५ चार्टर्ड एकाउन्टेन्ट्स तथा ७२७७ पञ्जिकृत अडिटर गरी जम्मा ७९७२ सदस्य रहेका छन् ।[२]