सारण जिल्ला
सारण भारतको बिहार प्रान्तमा स्थित एक प्रमण्डल र जिल्ला हो। यसको प्रशासनिक (सदरमुकाम) छपरा हो। गंगा, गण्डक र घाघरा नदीहरूले घेरिएको यो जिल्ला भारतमा मानव बसाईको सर्वाधिक प्राचीन केंद्रहरू मध्ये एक हो। संपूर्ण जिल्ला एक समतल र उपजाऊ क्षेत्र हो। भोजपुरी भाषी क्षेत्रको पूर्वको सीमानामा स्थित यो जिल्ला सोनपुर मेला र राजनैतिक चेतनाको लागि प्रसिद्ध छ।
[सम्पादन गर्ने] नामाकरण
प्राचीन कालमा सारणको भूमि वन-जंगलको असीम विस्तार र यसमा विचरण गर्ने हरिणहरूको कारण प्रसिद्ध थियो। हरिण (सारंग) र वन (अरण्य) कै कारण यसलाई सारंग अरण्य भनिन थालियो जुन कालक्रममा बदलियेर सारण भइहालो। ब्रिटिस विद्वान जनरल कनिंघमले यस्तो धारणा गरेको छ कि मौर्य सम्राट अशोकको कालमा यहाँ लगाईएको धम्म स्तंभहरूलाई 'शरण' भनिन्थ्यो जुन पछि सारण भनिन थाल्यो र यस क्षेत्रको नाम भइहाल्यो। सारणको सदरमुकाम छपरा धेरै प्रसिद्ध रहेको छ र यसलाई छपरा जिल्ला पनि भनिन्छ।
|
|||||||||||||||||||||||||||||