नेपालमा घरेलु हिंसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालमा घरेलु हिंसा

नेपालका विभिन्न पिछडिएका या अविकसित स्थलहरूमा घरेलु हिंसाहरु देखिन्छन। नेपालमा घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिइन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ । महिला भएको कारणबाट महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुरव्यवहारहरूलाई महिला हिंसा भनिन्छ ।

बेइजिङ घोषणपत्र तथा कार्यनीति –१९९५ को पारित प्रस्तावमा महिला विरूद्धको हिंसा भन्नाले ‘‘निजी वा सार्वजनिक जीवनमा मानसिक वा शारीरिक रूपमा खतरा पु-याइने खालका लिङ्गमा आधारित गतिविधि हरूलाई बुझ्नु पर्दछ ।”

नेपालमा घरेलु हिंसाका कारक तत्वहरू[सम्पादन गर्नुहोस्]

  • मादकपदार्थ र लागूपदार्थको सेवन।
  • दाइजो प्रथा ।
  • चेतनाको कमि ।
  • महिला जागरणको कमि ।

हिंसाका शीर्षकहरू[सम्पादन गर्नुहोस्]

  • सम्बन्ध विच्छेद,
  • बहुविवाह,
  • बालविवाह, दाइजो प्रथा,
  • कुटपीट,
  • गालीगलाज,
  • अपहेलना,
  • यातना,
  • तिरस्कार,
  • बोक्सीको आरोप,
  • जवर्जस्ती करणी,
  • वैवाहिक करणी,
  • विधवा प्रथा,
  • घुम्टो प्रथा,
  • अनमेल विवाह,
  • छाउपडी प्रथा,
  • वादी प्रथा र देउकी प्रथा

नेपालमा घरेलु हिंसाका कारण देखिएका असरहरू[सम्पादन गर्नुहोस्]

  • महिला हिंसा।
  • बाल अधिकार हनन।

नेपालमा घरेलु हिंसाका रोक्न बनेका कानुनहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]